सिन्धुलीमा जनकुर करिडोरको स्वामित्व ग्रहण कार्याशाला

नेपालबहस संवाददाता
माघ ५, २०७९ बिहिबार १९:०:३६

५ माघ, महोत्तरी । ग्रामीण उद्यम तथा विप्रेषण आयोजना जनकपुर करिडोरले परियोजना अवधिभर गरेका कार्यहरूको स्वामित्व ग्रहण कार्याशालालाई तिव्रता दिएको छ । परियोजना सम्झौता अवधि एक बर्ष बाँकी रहदै आयोजनाले मधेश प्रदेशका सात जिल्ला र बागमती प्रदेशको एक जिल्लामा स्वामित्व ग्रहण कार्याशालालाई तीव्रता दिएको हो ।
विशेषगरी वित्तिय शिक्षा तथा व्यवसायिक ज्ञानको लागि स्थानीय कृषि सहकारीहरूसँग समन्वय गरी परियोजना संचालन गर्दै आएको समृद्धि नामक आयोजनाले प्रशिक्षणका कार्यक्रम संचालन गर्दै आएको छ ।
मधेश प्रदेशमा पर्सा बाहेक सात जिल्ला र बागमती प्रदेशको सिन्धुलीमा परियोजना सन्चालन गरिएको करिडोर संयोजक मोती गिरीले जानकारी दिए । सन् २०१५ मा सम्झौता भएर २०१७ बाट सन्चालनमा आएको परियोजना उद्योग वाणिज्य आपूर्ति मन्त्रालयको संयोजकत्वमा रहेको छ ।
प्रदेश(१ को लागि ८ जिल्ला, मधेश प्रदेशमा ७ जिल्ला, बागमती प्रदेशको १ जिल्ला गरि आयोजनाले १६ जिल्लामा आयोजना कार्यान्वयन गर्दै आएको छ ।
आयोजनाको प्रमुख साझेदारमा नेपाल उधोग वाणिज्य माहासंघअन्तर्गत रहेका कृषि उद्यम केन्द्र, हेल्भाटस स्विस इन्टर को(अपरेसन नेपाल, अन्तराष्ट्रिय आप्रवासन संस्था छन् ।
गरिबी न्यूनिकरण तथा देशमा दिगो शान्ति हासिलका लागि रोजगारीका अवसर सिर्जना गर्दै समतामूलक तथा समावेशी आर्थिक विकास गर्ने मुख्य लक्ष्य बोकेको आयोजनाले सोहीअनुसार काम गर्दै आएको छ ।
बुधबार महोत्तरीको बर्दिवासमा सम्पन्न गोष्ठीमा बर्दिबास नगरपालिकाका नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले परियोजनाले गरेका कार्यप्रति खुसी ब्यक्त गरे ।
कृषि तथा गैरकृषि क्षेत्रमा उद्यम प्रवर्द्धनका लागि उत्पादन कलष्टरहरूको सबलिकरण गर्ने मुख्य क्रियाकलापअनुसार अहिले बर्दिवासको उत्तरी क्षेत्र खयरमाराका धेरै युवा आत्मनिर्भर बनेका छन् ।
बर्दिवास नगरपालिकाका एक हजार ६ जनालाई वित्तीय शिक्षा तथा व्यवसायिक ज्ञान तालिममा सहभागी गराएर सिपयुक्त जनशक्ति उत्पादन गरेको परियोजनाले नगरप्रमुख क्षेत्रीलाई परियोजना अवधिभरको प्रतिवेदन समेत बुझाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपठनपाठन अवरुद्ध गरी कक्षा कोठामा धार्मिक प्रवचन, विद्यार्थीद्वारा विरोध
फागुन १४, २०८१ बुधबार
वरिष्ठ पत्रकार आशुतोष झालाई विशेष सम्मान
फागुन १०, २०८१ शनिबार
ट्राफिक सचेतनाका लागि महोत्तरीमा एक हजार साइकलको सडक यात्रा
फागुन ८, २०८१ बिहिबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
भारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार
माछा मार्न गएका युवकको मृत्यु
फागुन १४, २०८१ बुधबार
एमालेको सचिवालय बैठक बोलाइयो
फागुन १४, २०८१ बुधबार
पाल्पाका शिव मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
फागुन १४, २०८१ बुधबार
कैदी सम्झौतापछि गाजाबारे दोस्रो चरणको युद्धविराम वार्ता पुनः सुरु
फागुन १४, २०८१ बुधबार
रश्मिका मन्दनाका तीन फिल्मले कमायो तीन हजार एक सय ६५ करोड
फागुन १४, २०८१ बुधबार