सभामुखमा निर्वाचित ओलीका विश्वास पात्र घिमिरेको विगत !
नेपालबहस संवाददाता
माघ ५, २०७९ बिहिबार २१:४२:३४
५ माघ, काठमाडौं । विहीबार सम्पन्न मतदानमा सत्ता गठबन्धनबाट एमालेका सांसद देवराज घिमिरे सभामुखमा निर्वाचित भए । प्रतिनिधिसभामा भएको निर्वाचनमा प्रतिस्पर्धी नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपानेलाई पराजित गर्दै उनी सभामुख चुनिए । घिमिरेको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ, समर्थकमा हितराज पाण्डे, राजेन्द्रप्रसाद लिङ्देन र रवि लामिछाने थिए भने न्यौपानेको प्रस्तावकमा विश्वप्रकाश शर्मा र समर्थकमा प्रकाश ज्वाला रहेका थिए ।
प्रतिनिधिसभामा मत विभाजन प्रक्रियामार्फत् भएको चुनावमा घिमिरेको पक्षमा १६७ मत खस्यो । २७५ सदस्यीय प्रतिनिधिसभामा बिहीबार २६८ सांसद उपस्थित थिए । घिमिरेको विपक्षमा १०० मत पर्यो । पहिलो प्रस्तावमै घिमिरेको पक्षमा सभामुख निर्वाचित हुन आवश्यक न्यूनतम १ सय ३८ मत कटेकाले उनलाई ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले निर्वाचित भएको घोषणा गरेका थिए ।
सभामुखको पदका लागि एमालेका घिमिरे र कांग्रेस सांसद ईश्वरी न्यौपानेले उम्मेदवारी दिएका थिए । घिमिरेलाई सभाको बहुमत प्राप्त भएपछि न्यौपानेलाई सभामुख बनाइयोस् भन्ने प्रस्तावमा मतविभाजन गरिएन । नेमकिपाका प्रेम सुवालले घिमिरेको पक्ष र विपक्षमा मत नदिई तटस्थमा मतदान गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथग्रहण गरेपछि घिमिरेको कार्यकाल सुरु हुनेछ ।
झन्डै पाँच दशकदेखि कम्युनिस्ट आन्दोलनमा सक्रिय घिमिरेले प्रतिनिधिसभाको पहिलो यात्रामै सभामुख बन्ने अवसर पाए । घिमिरे एमाले अध्यक्ष केपी शर्मा ओलीका निकटतम विश्वासपात्र मध्येका एक थिए । २०३३ सालमा विद्यार्थी पृष्ठभूमिबाट कम्युनिस्ट आन्दोलनमा जोडिएका उनी २०३३ मा विद्यार्थी संगठनको जिम्मेवारीकै क्रममा बुर्जुवा शिक्षा बहिष्कार अभियानमा लागेका थिए । छैटौं महाधिवेशनदेखि निरन्तररुपमा उनी ओलीका पक्षमा थिए । उमेर घिमिरे ६६ वर्षमा छन् । ओलीको हरेक दुःख, अफ्ठ्यारामा उनले बिना कुनै सर्त साथ सहयोग गरेको एमाले नेताहरु बताउँछन् ।
२०१३ जेठ १३ गते ताप्लेजुङ सिकैंचामा जन्मिएका घिमिरेले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी मालेबाट तेह्रथुम र पाँचथर जिल्लामा संगठन विस्तारको जिम्मेवारी समेत निर्वाह गरेका थिए । २०३९ देखि इलाम जिल्लाको पार्टी प्रमुखको जिम्मेवारी र इलाममा पार्टी संगठन निर्माण तथा विस्तारमा प्रमुख भूमिका निर्वाह गरेका थिए । उनले पार्टी संगठन निर्माणमा इलाम जिल्लामा मात्र लगातार १० वर्ष बिताएका थिए । तकसम्म अध्ययन गरेका उनले १२ वर्ष भूमिगत जीवन विताएका छन् । यस क्रममा उनी पटकपटक हिरासतमा समेत बसेका थिए ।
उनी २०४६ भदौमा सिरहामा सम्पन्न मालेको चौथो महाधिवेशनमा प्रतिनिधिका रुपमा सहभागी भएका थिए । उनी २०४९ मा सम्पन्न नेकपा एमालेको पाँचौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । घिमिरेले २०५० देखि साबिकको मेची अञ्चल इन्चार्जको जिम्मेवारी बहन गरेका थिए । तत्कालीन मेची अञ्चलका चार जिल्ला झापा, इलाम, पाँचथर र ताप्लेजुङमा उनी समेतले निर्माण गरेको संगठनकै बलमा २०४८ को संसदीय चुनावमा एमालेका सबै उम्मेदवारहरु निर्वाचित भएका थिए ।
उनी २०५६ सालमा राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए । संसदीय अनुभवमा उनको त्यो पहिलो यात्रा थियो । त्यसपछि पनि घिमिरे पुनः पार्टी कै काममा फर्किएका थिए । २०५८ मा पार्टीको केन्द्रीय विभागअन्तर्गत स्वास्थ्य विभाग इन्चार्जको जिम्मेवारीमा रहेर काम गरेका उनले इन्जिनियरिङ विभाग, युवा संघ नेपाल, नेपाल राष्ट्रिय शिक्षक संगठन, प्रगतिशील प्राध्यापक संगठन लगायतका विभाग र संगठनको जिम्मेवारी निभाएका छन् । पार्टीमा उनको खासै विवादीत पुष्ठभूमी छैन् ।
एमालेको नवौं राष्ट्रिय महाधिवेशनपछि अध्यक्ष ओलीको सचिवालयको संयोजन गर्ने जिम्मेवारी समेत घिमिरेलाई नै दिइएको थियो । उनले उक्त जिम्मेवारी समेत सफलतापूर्वक सम्पन्न गरेका थए । एमाले र माओवादी केन्द्रबीच वाम एकता भइ नेकपा गठन भएपछि घिमिरेलाई प्रदेश १ को अध्यक्षको जिम्मेवारी प्राप्त भएको थियो । एमालेको दसौं महाधिवेशनबाट उनी पार्टीको स्थायी कमिटी सदस्य तथा प्रदेश नं. १ को इन्चार्जको भूमिकामा रहेका थिए । मंसिर ४ को निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै घिमिरे पहिलो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
निम्नमध्मम परिवारमा जन्मिएका घिमिरेले गाउँकै श्री सिंहदेवी प्राथमिक विद्यालयबाट स्कुले शिक्षाको सुरुवात गरी ताप्लेजुङ सदरमुकामको भानु पब्लिक हाइस्कुलबाट ०२९ सालमा एसएलसी उत्तीर्ण गरेका थिए । उनले धरानको महेन्द्र बहुमुखी क्याप्पसबाट आई.ए. र त्रिचन्द्र क्याम्पस काठमाडौंमा स्नातक अध्ययन पूरा गरेका छन् । ०३१ सालमा झापा विद्रोहपछि नेपाल कम्युनिस्ट पार्टीको सम्पर्कमा रहेका घिमिरे ०३२ माघदेखि अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी को–अर्डिनेसन कमिटी (कोके)गठनपछि विद्यार्थी संगठनमार्फत पार्टी काममा होमिएका थिए ।
०३३ सालमा आफ्नो अध्ययनलाई थाती राखेर गाउँ–गाउँमा पार्टीको संगठन निर्माणमा खटिएका थिए । घिमिरेले भूमिगत भएर कोकेमा काम गरेको तीन वर्षपछि ०३५ साल भदौमा नेपाल कम्युनिसट पार्टीको सदस्यता प्राप्त गरेका थिए । पार्टीको सदस्यता प्राप्तपछि आफ्नो ४५ वर्षे लामो औपचारिक राजनीतिक जीवनमा पार्टीका महत्वपूर्ण भूमिकामा रहेर जिम्मेवारी निर्वाह गर्दै आएका घिमिरे बिहीबार बाट प्रतिनिधिसभाको सभामुखको जिम्मेवारीमा पुगेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
निगमले बढायो पेट्रोल र हवाई इन्धनको मूल्य
मंसिर १५, २०८१ शनिबार
जनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री ओलीको भेट
मंसिर १५, २०८१ शनिबार
त्रिवि क्रिकेट मैदानमा भीडमा च्यापिँदा दुई प्रहरीसहित सात घाइते
मंसिर १५, २०८१ शनिबार
बसको ढोकाबाट खसेर दुई जनाको मृत्यु
मंसिर १५, २०८१ शनिबार
चीनले घोषणा गरेको अनुदान लिनका लागि सरकारले पहल गर्नेछः उपप्रधानमन्त्री सिंह
मंसिर १५, २०८१ शनिबार