उपसभामुखको निर्वाचन प्रक्रिया आजदेखि सुरु, कांग्रेसले उम्मेदवारी दिने
नेपालबहस संवाददाता
माघ ६, २०७९ शुक्रबार १३:४५:५५
६ माघ, काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचनको लागि आजदेखि प्रक्रिया सुरु हुँदैछ । संघीय संसद् सचिवालयका अनुसार आज उपसभामुख पदका लागि मनोनयन दर्ता हुनेछ । संघीय संसद् भवन नयाँबानेश्वरमा आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उमेदवारी दर्ताका लागि समय तोकिएको छ । उपसभामुख पदको लागि भोलि दिउँसो १ बजे संसदमा मतदान हुनेछ ।
सभामुख पदममा सत्ता गठबन्धनका देवराज घिमिरे निर्वाचित भएसँगै उपसभामुख पदको निर्वाचन कार्यक्रम सार्वजनिक गर्न प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले बिहीबार नै निर्देशन दिएका थिए । जबराले प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलाई बिहीबार नै उपसभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न निर्देशन दिएका हुन् ।
उपसभामुख सत्तारूढ गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीले पाउने सहमति भएको बताइएको छ । नेपाली कांग्रेसले पनि उपसभामुख निर्वाचनमा प्रतिस्पर्धा हुने बताएको छ । प्रतिनिधिसभामा बिहीबार सभामुखको निर्वाचनपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै प्रमुख सचेतक लेखकले सभामुखमा जस्तै उपसभामुखमा पनि कांग्रेसले प्रतिस्पर्धा गर्ने बताएका थिए ।
उपसभामुखको निर्वाचन आगामी शनिबार हुँदैछ । यो प्रतिस्पर्धात्मक व्यवस्था भएकाले उपसभामुखमा कांग्रेसले नै उम्मेदवारी दिने वा अन्य दलहरूबाट उम्मेदवार हुने भन्ने विषयमा भने छलफलपछि मात्रै टुंगो लाग्ने बताएको छ । यसका लगि सरकारमा नगएका दलहरुसँग कांग्रेसले छलफल गर्दैछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री ओलीको भेट
मंसिर १५, २०८१ शनिबार
चीनले घोषणा गरेको अनुदान लिनका लागि सरकारले पहल गर्नेछः उपप्रधानमन्त्री सिंह
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
निगमले बढायो पेट्रोल र हवाई इन्धनको मूल्य
मंसिर १५, २०८१ शनिबार
जनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री ओलीको भेट
मंसिर १५, २०८१ शनिबार
त्रिवि क्रिकेट मैदानमा भीडमा च्यापिँदा दुई प्रहरीसहित सात घाइते
मंसिर १५, २०८१ शनिबार
बसको ढोकाबाट खसेर दुई जनाको मृत्यु
मंसिर १५, २०८१ शनिबार
चीनले घोषणा गरेको अनुदान लिनका लागि सरकारले पहल गर्नेछः उपप्रधानमन्त्री सिंह
मंसिर १५, २०८१ शनिबार