राष्ट्रपतिको निर्वाचनबारे कानुन संशोधनः पक्षमा कांग्रेस, विपक्षमा एमाले
नेपालबहस संवाददाता
माघ ६, २०७९ शुक्रबार १४:२१:१८
६ माघ, काठमाडौं । राष्ट्रपतिको निर्वाचन कानुन संशोधन गर्ने विषयमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मत बाझिएको छ । कांग्रेस केहि असजिला प्रावधानहरु ह्टाउनुपर्ने पक्षमा छ भने एमाले त्यसको विपक्षमा देखिएको छ । कांग्रेसले प्रतिनिधिसभाको बैठकमा नै यसबारेको कानुन संशोधन गरेर अमिल्दा प्रावधान हटाउनुपर्ने माग राखेको छ ।
कांग्रेसले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका विषयमा संविधान र ऐनका व्यवस्थाबीच विरोधाभास रहेको भन्दै संशोधन गर्नुपर्ने बताएको हो । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका विषयमा संविधान र ऐनमा फरक–फरक व्यवस्था भएकाले त्यस्ता विरोधाभास व्यवस्था हटाउनुपर्ने दावी गरेको छ । तर, एमाले भने अहिले यी कुनै पनि कानुन चलाउन नहुने पक्षमा देखिएको छ ।
कांग्रेसले संविधानबमोजिम ऐनको व्यवस्थालाई संशोधन गरेर राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा जानुपर्ने बताउँदै भनेको छ, ‘संविधानले राष्ट्रपतिको निर्वाचन भएकै दिनदेखि कार्यकाल सुरु हुने भनेको छ । तर, ऐनले कार्यकाल समाप्त हुनुभन्दा एक महिना पहिले नै निर्वाचन हुनुपर्ने भनेको छ । यो विरोधाभास हटाउनुपर्छ ।’ तर एमालेले यसो गर्दा हरेक कार्यकालमा एक–एक महिना कार्यकाल घटेर जाने भएकाले संशोधन गर्न नमिल्ने बताएको छ ।
कांग्रेसले राष्ट्रपति निर्वाचनमा माओवादीको मत लिने प्रयास गरिरहेका कारण पुस १० को सहमति कार्यान्वयनमा ढुक्क हुन नसकेको एमाले यसको विपक्ष्ँमा छ । सभामुख निर्वाचनपछि एमालेका ध्यान राष्ट्रपति निर्वाचनतर्फ सोझिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच पुस १० मा भएको सहमतिअनुसार राष्ट्रपतिमा छलफल हुनै नसक्ने उसको तर्क छ ।
विश्वासको मत दिएका कारण कांग्रेसलाई दाहालले साथ लिन चाहेका छन् । तर, यो कुरा ओलीलाई पचेको छैन् । उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजकसमेत रहेका ओलीको प्रभाव सन्तुलनमा राख्न पनि प्रधानमन्त्रीले कांग्रेससँग निकटता कायम राखिराख्न चाहेको नेताहरु बताउँछन् । एमालेको बलमा सरकार निर्माण भएकाले राष्ट्रपतिमा अर्को बाटो लिन एमालेले नदिने भएपछि दाहालले राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिलाई सन्तुलनमा राख्ने प्रयास गरेको माओवादी नेताको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
निगमले बढायो पेट्रोल र हवाई इन्धनको मूल्य
मंसिर १५, २०८१ शनिबार
जनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री ओलीको भेट
मंसिर १५, २०८१ शनिबार
त्रिवि क्रिकेट मैदानमा भीडमा च्यापिँदा दुई प्रहरीसहित सात घाइते
मंसिर १५, २०८१ शनिबार
बसको ढोकाबाट खसेर दुई जनाको मृत्यु
मंसिर १५, २०८१ शनिबार
चीनले घोषणा गरेको अनुदान लिनका लागि सरकारले पहल गर्नेछः उपप्रधानमन्त्री सिंह
मंसिर १५, २०८१ शनिबार