आजकाे बजार : सबैभन्दा महँगो अकबरे हरीयो खुर्सानी
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
माघ ६, २०७९ शुक्रबार १६:४१:३७
![](https://nepalbahas.prixacdn.net/media/albums/aakabare_RetxhyxBf6.jpg)
६ माघ, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि हरियो तरकारी र फलफुलको मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार आज कालीमाटीमा साढे १५ रुपैयाँदेखि ५०० रुपैयाँसम्मको तरकारी र फलफूल पाइने भएको छ । सबैभन्दा सस्तो सानो लोकल गोलभेडा न्यूनतम मूल्य प्रतिकेजी १५ रुपैयाँ र सबैभन्दा महँगो अकबरे हरीयो खुर्सानी प्रतिकेजी ५०० रुपैयाँ रहेको छ ।
अनार प्रतिकेजी ३०० रुपैयाँ, अमला ६० रुपैयाँ, अम्बा १०० रुपैयाँ, आभोकाडो ३०० रुपैयाँ, रातो आलु ३२ रुपैयाँ, भारतीय रातो आलु २६ रुपैयाँ, सेतो आलु २५ रुपैयाँ, उखु प्रतिवटा ८० रुपैयाँ, स्थानीय काउली ५०, र लोकल बन्दा २० रुपैयाँ, लोकल काक्रो ७० रुपैयाँ, कागती १२० रुपैयाँ, किवी २५० रुपैयाँ, सुकेको खुर्सानी ४४० रुपैयाँ, लोकल गाजर ३० रुपैयाँ, गुन्द्रुक २५० रुपैयाँ र नेपाली ठूलो गोलभेडा ५० रुपैयाँ रहेको छ ।
यसैगरी, चमसुरको साग ११० रुपैयाँ, चुकुन्दर ७० रुपैयाँ, कन्य च्याउ १४० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, जिरीको साग ४० रुपैयाँ, तरुल ६० रुपैयाँ, छडी ताजा माछा २४० रुपैयाँ र रहु माछा ३६० रुपैयाँ, तितो करेला १३० रुपैयाँ, तोरीको साग ४० रुपैयाँ, पालूगो साग ११० रुपैयाँ, पुदीना ३५० रुपैयाँ, बकुला ६० रुपैयाँ, तने बोडी ९० रुपैयाँ, ब्रोकाउली ६० रुपैयाँ, भिण्डी १२० रुपैयाँ, मटरकोसा ५० रुपैयाँ, मेथीको साग ११० रुपैया र रायोको साग ५० रुपैयाँ रहेको छ ।
यस्तै, हरियो लसुन १२० रुपैयाँ, लौका ६० रुपैयाँ, सखरखण्ड ७० रुपैयाँ, सलगम ५० रुपैयाँ, नेपाली सुन्तला १२० रुपैयाँ, सेलरी २०० रुपैयाँ, सौफको साग ११० रुपैयाँ, ज्यापु काउली ६० रुपैयाँ, फूजी स्याउ २५० रुपैयाँ र हरियो धनिया १०० रुपैयाँ रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिसान र होन्डाका मर्जर वार्ता रद्द, शेयर मूल्यमा बृद्धि
फागुन २, २०८१ शुक्रबार
एडिडासलाई १५ हजार डलर जरिवाना
फागुन २, २०८१ शुक्रबार
जनवरीमा नर्वेको बजारमा विद्युतीय कारको बिक्री ९६ प्रतिशत
माघ २१, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना
फागुन ५, २०८१ सोमबार
इजरायली सुरक्षा क्याबिनेटले गाजा युद्धविरामको नयाँ चरणबारे छलफल गर्दै
फागुन ५, २०८१ सोमबार
बजेट कोष बढाउन कार करमा निर्भर श्रीलङ्का
फागुन ५, २०८१ सोमबार