कवाडी बनेको डोजर व्यवस्थापनमा जिससको चासो देखायो
नेपालबहस संवाददाता
माघ ६, २०७९ शुक्रबार १७:१०:५५
६ माघ, खोटाङ । जिल्ला समन्वय समिति खोटाङले कवाडी बनेको बुलडोजरको व्यवस्थापनमा चासो देखाएको छ । खोटाङमा सडक विस्तारका लागि २०५५ मा खरिद गरिएको डोजरको व्यवस्थापनमा जिल्ला समन्वय समितिले चासो देखाएको हो ।
खोटाङ र ओखलढुंगाको सिमानामा पर्ने जयरामघाट ‘ओखलढुंगातर्फ’ स्थित दूधकोसी किनारमा अलपत्र अवस्थामा मिल्किएको डोजरको व्यवस्थापनका सन्दर्भमा बिहिबार जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई नेतृत्वको सर्वदलीय टोलीले निरीक्षण गरेको छ ।
स्थलगत अध्ययन र अवलोकनका क्रममा थोत्रो भएर बेवारिसे अवस्थामा मिल्किएको डोजर मर्मत गरेर पुनः प्रयोगमा ल्याउन सकिने नदेखिएको टोलीले प्रतिवेदन तयार पारेको छ ।
सर्वदलीय अनुगमन प्रतिबेदनमा डोजरको पाटपुर्जा मक्किएको तथा खिया लागेकाले पुनः प्रयोग गर्न नसकिने प्रकृतिको देखिएको, वर्षायाममा डोजर रहेको ठाउँसम्म नदीको पानी आउने गरेकाले कुनै पनि समयमा डोजरलाई पुर्ने वा बगाउने सम्भावना भएको, डोजरको सिसा तथा प्लाष्टिकजन्य पार्टपुर्जा सबै टुटफुट भई डोजरको आकृतिमा परिवर्तन भएकोलगायतका बुँदा उल्लेख छ ।
कांग्रेसका सुमानबाबु आचार्य, एमालेका कुमार आचार्य, माओवादी केन्द्रका दिपक पाण्डे, जनता समाजवादीका नवीन राई, जिल्ला समन्वय समिति सदस्य ज्ञानेन्द्र राई, नेपाल पत्रकार महासंघका अध्यक्ष दिलीप खत्रीलगायतको टोलीले पाखामा मिल्किएको डोजरको निरीक्षण गरेको हो । ५ असार २०६२ को आगजनीमा डोजरसँग सम्वन्धित कागजात जलेका कारण कानुनीरुपमा लिलाम गर्ने अवस्था छैन । जिल्ला समन्वय समितिसँग डोजरलाई कवाडीमा बिक्री गर्ने वा संरक्षित वस्तुका रुपमा संरक्षण गर्ने विकल्प छन् ।
प्रतिवेदनका आधारमा जिल्लाका दल, नागरिक समाज, पत्रकारलगायतको बैठकमार्फत डोजरको व्यवस्थापनका विषयमा सुझाव लिएर निर्णय गरिने जिल्ला समन्वय समिति प्रमुख राईले बताए । कतिपयले डोजरको विषय उठाएर एकले अर्कालाई दोषी देखाउने र बदनाम गर्ने गरेकाले पनि यसको व्यवस्थापनमा चासो दिनुपरेको जिसस प्रमुख राईको भनाइ छ ।
यसअघि बबी चाम्लिङ नेतृत्वको जिल्ला समन्वय समितिको ९ असार २०७६ को बैठकले डोजरलाई संरक्षण गर्न स्थानीय सरकारलाई आग्रह गर्ने निर्णय गरेको थियो । इतिहास बोकेको डोजर संरक्षणका लागि माग आएमा हस्तान्तरण गर्ने निर्णय गरेपछि २६ असार २०७६ मा हलेसी तुवाचुङ नगरपालिकाले इतिहास बोकेको डोजर संरक्षण गर्ने भन्दै जिल्ला समन्वय समितिलाई पत्राचार गरेको थियो ।
सोही आधारमा जिल्ला समन्वय समितिले संग्रहालय बनाएर डोजरको संरक्षण गर्नका लागि २७ असारमा नगरपालिकालाई डोजर हस्तान्तरण गरेको थियो । यद्यपि, कवाडीका रुपमा थन्किएको डोजरलाई संग्रहालय बनाएर राख्ने योजना अधुरै रहेको थियो । लामो समयसम्म मध्यपहाडी लोकमार्गको कुनामा मिल्किएको डोजर सडकको डिलमुनि मिल्काइएको हो ।
उदयपुरको कटारी–घुर्मी–ओखलढुंगा सडकखण्डको हिलेपानीबाट दिक्तेल जोड्ने सडक निर्माणका लागि तत्कालीन ७६ गाविसको लगानीमा २०५५ सालमा डोजर खरिद गरिएको थियो । खोटाङ जोड्ने सडकको मूल ढोका खोल्ने लक्ष्यका साथ खरिद गरिएको डोजर खोटाङ तार्न नपाउँदै कवाडीमा परिणत भएको हो ।
कटारीबाट ओखलढुंगादेखि सोलुखुम्बु जोड्नेगरी सडक निर्माण सुरु गरिएपछि खोटाङका तत्कालिन सांसद टंक राईले हिलेपानीबाट दिक्तेल जोड्नेगरी हिले–हलेसी सडक निर्माण गर्ने परिकल्पना अघि सारेपछि तत्कालिन जिल्ला विकास समितिमार्फत डोजर खरिद गरिएको थियो ।
तत्कालीन सांसद राईको योजना सफल बनाउन तत्कालीन जिल्ला विकास समितिका सभापति पर्शुराम कार्की, हरि रोकालगायत लागिपरेको तत्कालीन जिविस सदस्यहरु बताउँछन् । प्रतिगाविस एक लाखका दरले संकलन गरिएको रकममध्ये ४२ लाखमा डोजर खरिद गरिएको थियो । अन्य रकमबाट एउटा ट्याक्टर खरिद गरिए पनि हाल ट्याक्टरको अत्तोपत्तो छैन । कतिपय गाविसले भने डोजर र ट्याक्टर खरिदका लागि तोकेको रकम विनियोजन गर्न अस्वीकार गरेको थियो ।
खोटाङको साझा सम्पत्तिका रुपमा रहेको डोजर प्रयोग गरेर ओखलढुंगाको हिलेपानीबाट जयरामसम्म करिब नौ किलोमिटर सडक खनिएको थियो । सडक खन्दै जयराममा दुधकोसी किनारमा आइपुगेको डोजर नदी नतार्दै कवाडीमा परिणत हुन पुगेको हो ।
२०५७ सालताका पहिला अप्पर माथिल्लो सगरमाथा कृषि बिकास आयोजना र त्यसपछि ग्रामिण पहुँच कार्यक्रमसँग जयराम ‘दूधकोसी किनार’ बाट हलेसीसम्मको सडक निर्माणमा हेभ्भी मेसिन प्रयोग नगर्ने सम्झौता भएपछि सो डोजर खोटाङ नतार्दै थन्किएको थियो । सडकमै थन्किएको डोजरको संरक्षणमा ध्यान दिइएन । उपयोगमा नआउने भएपछि दुधकोसी नतार्दै लामो समयसम्म राखिएपछि डोजर कवाडीमा परिणत भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
शिवसताक्षीका चार वडालाई नुनिया धानको पकेट क्षेत्र घोषणा
पुष २, २०८१ मंगलबार
स्थानीय उत्पादन बजारीकरण गर्न कोसेली घर कार्यक्रम
मंसिर २५, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार