सभामुख घिमिरेले भने,‘अब म एमाले रहिन’
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_x6Vewor94V.jpeg
)
नेपालबहस संवाददाता
माघ ६, २०७९ शुक्रबार १७:३२:८
![](https://nepalbahas.prixacdn.net/media/albums/thumb-15_iqdRXMuLmK.jpg)
६ माघ, काठमाडौं । नवनिर्वाचित सभामुख देवराज घिमिरे एमालेको पार्टीगत जिम्मेवारीबाट अलग भएको बताएका छन् । उनले शुक्रबार विज्ञप्ति जारी गर्दै सभामुखको निष्पक्ष भूमिका निर्वाह गर्नुपर्ने भएकाले पार्टीको जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन् ।
’म प्रतिनिधि सभाको समाभुख पदमा निर्वाचित भएको र यस पदको भूमिकालाई स्वतन्त्र र निष्पक्ष रुपमा निर्वाह गर्नका लागि नेकपा (एमाले) को पार्टी सदस्यता र पार्टी सम्बद्ध सम्पूर्ण राजनीतिक, सांगठनिक जिम्मेवारीबाट अलग भएको जानकारी गराउँदछु’ घिमिरेले भनेका छन् । उनी हाल एमालेको स्थायी कमिटी सदस्य थिए । बिहीबार सभामुख निर्वाचित भएका घिमिरेले शपथ ग्रहणपछि आजैबाट पदभार सम्हाल्दैछन् ।
बिहीबार सत्ता गठबन्धनकातर्फबाट सभामुखमा निर्वाचित भएका घिमिरेले आज विज्ञप्ति जारी गर्दै आफै एमालेको सदस्यता त्यागेको जानकारी गराएका हुन् । यससँगै उनी एमालेको सबै जिम्मेवारीबाट अगल भएका छन् । घिमिरे नेकपा एमालेकातर्फबाट झापा–२ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
इजरायली सुरक्षा क्याबिनेटले गाजा युद्धविरामको नयाँ चरणबारे छलफल गर्दै
फागुन ५, २०८१ सोमबार
बजेट कोष बढाउन कार करमा निर्भर श्रीलङ्का
फागुन ५, २०८१ सोमबार
कुमारी बैंकका ग्राहकहरुलाई मिसन हस्पिटलमा विशेष छुट
फागुन ५, २०८१ सोमबार