सशस्त्रद्वारा रातारात ९७ जना प्रहरी उपरीक्षको सरूवा
नेपालबहस संवाददाता
माघ ६, २०७९ शुक्रबार १८:१:९
६ माघ, काठमाडौं । सशस्त्र प्रहरी बलले ९७ जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) को सरुवा निकालेको छ । गत साउनमा नै सरुवा निकाल्नु पर्ने भए पनि विभिन्न कारणले रोकिएको थियो । गृहमन्त्री रवि लामिछानेको निर्देशनमा सशस्त्रका एसपीको सरुवा निकालेको हो ।
सशस्त्र प्रहरीको प्रधान कार्यालय हलचोकले बिहीबार राति ९७ जना एसपीको सरूवा गरेको हो । अहिलेको सरूवा विना राजनीतिक हस्तक्षेप र पूर्वसूचीअनुसार नै गरिएको सशस्त्र प्रहरीले जनाएको छ । गत कात्तिक १५ गते एपिएफको कर्मचारी प्रशासन शाखाले एसपीको सम्भावित सरूवा सूची प्रकाशन गरेको थियो । त्यसअनुसार नै अहिले एसपीको सरूवा भएको सशस्त्रको दावी छ ।
सशस्त्रका अनुसार युएन शान्ति स्थापना शिक्षालय ककनीका विर सिंह शाहूको नम्बर ४३ रिजर्भ गण हेडक्वार्टर बवबेहडा कैलालीमा, नम्बर ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीका जनक पुरीको एपिएफ हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन पोखरामा सरूवा भएको हो । त्यस्तै नेत्रबहादुर कार्कीको नम्बर १४ गण हेडक्वार्टर मकवानपुरबाट एपिएफ कमान्ड तथा स्टाफ कलेज काठमाडौंमा तानिएका छन् ।
नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीका एसपी राजेश उप्रेतीको प्रधान कार्यालय महानिरीक्षकको सचिवालयमा सरूवा भएको छ । भरत खनिया एपिएफ नम्बर १० गण सर्लाहीबाट मुक्तसनाथ बाहिनी मुख्यालय कास्कीमा पुगेका छन् । नम्बर ११ गण हेडक्वार्टर रौतहटका ध्रुवबहादुर कार्कीलाई राष्ट्रिय सुरक्षा परिषदको सचिवालय सिंहदरबारमा ल्याइएको छ ।
नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका रमेशकुमार पाण्डेको एपिएफ कमान्ड तथा स्टाफ कलेज काठमाडौंमा, युएन शान्ति स्थापना तालिम शिक्षालय ककनीका तिर्थराज पौडेलको ६ नम्बर गण हेडक्वार्टर सप्तरी, एपिएफ कमान्ड तथा स्टाफ कलेज काठमाडौंका रविनराज कर्णनितको युएन शान्ति स्थापना तालिम शिक्षालय ककनीमा पुगेका छन् ।
सरूवामा एक पटक पनि कमान्डको जिम्मेवारी प्राप्त नगरेका एसपीलाई पहिलो प्राथमिकतका कार्यालयमा सरूवा गरेको र तालिम शिक्षालयहरूमा कमाण्ड गरेका एसपीलाई दोस्रो प्राथमिकतामा राखेर सरूवा गरेको प्रधान कार्यालयले जनाएको छ । सरूवा सूचीका उम्मेदवार रहेका तर विभिन्न स्वदेश तथा विदेशमा तालिमरत रहेका र संगठनको आवश्यकताले महत्वपूर्ण जिम्मेवारीमा खटाएका एसपीहरूलाई रोकिएको छ । उनीहरु सरुवामा परेका छैनन् ।
यस्तो सूची:
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगोरखाको साम्दोमा सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्ट 'बिओपी' स्थापना
जेठ १५, २०८१ मंगलबार
गोरखाको साम्दोमा सशस्त्र प्रहरीको ‘बोर्डर आउट पोष्ट’ स्थापना
जेठ १४, २०८१ सोमबार
सगरमाथा आरोही सशस्त्र प्रहरी निरीक्षक पौडेलको स्वागत तथा सम्मान
जेठ १२, २०८१ शनिबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
आईपीएलमा कुन-कुन खेलाडीले के-के अवार्ड पाए ?
जेठ १४, २०८१ सोमबार
मंगलबार सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?
जेठ १५, २०८१ मंगलबार
वर्षाले अवरुद्ध भएको पूर्वपश्चिम राजमार्गको नवलपुर खण्ड एकतर्फी सञ्चालनमा
जेठ १५, २०८१ मंगलबार
तनहुँमा विकास बजेटको खर्च अवस्था निराशाजनक
जेठ १५, २०८१ मंगलबार
गोरखाको साम्दोमा सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्ट 'बिओपी' स्थापना
जेठ १५, २०८१ मंगलबार
क्षमता अभिवृद्धि गरेर सेवा प्रवाह गर्न बीमा अभिकर्ताहरूलाई निर्देशन
जेठ १५, २०८१ मंगलबार
एक मुरी मकै फल्ने बारीमा ५० हजारभन्दा बढीको तरकारी उत्पादन
जेठ १५, २०८१ मंगलबार