प्रतिनिधिसभा स्वतन्त्र र निष्पक्ष रुपमा अगाडी जान्छः सभामुख
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_x6Vewor94V.jpeg
)
नेपालबहस संवाददाता
माघ ६, २०७९ शुक्रबार २१:३७:४८
![](https://nepalbahas.prixacdn.net/media/albums/devraj11-2012023075833-1000x0-1_lGCMfHeydG.jpg)
६ माघ, काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आफ्नो कार्यकाल भरी प्रतिनिधिसभामा कुनै प्रनि प्रकारका हस्तक्षेपकारी भूमिका हुननदिने बताएका छन् । राष्ट्रपति कार्यलयमा पद तथा गोपनीयतका शपथपछि पदभार ग्रहण गर्दै नवनियुक्त सभामुख घिमिरेले प्रतिनिधिसभाका कामकारवाही निष्पक्ष, स्वतन्त्र र भेदभावपूर्ण ढंगले अनुशासित रुपमा अगाडी जाने बताए ।
उनले प्रतिनिधिसभालाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि सबै पक्षको सहयोग आवश्यक पर्ने र आफुले पनि त्यसको अपेक्षा गरेको बताए । घिमिरेले नयाँ संविधान बनेपछि एक पटक संसद्को अभ्यास गरिसकेको भन्दै यसलाई अझै बढी मर्यादित र व्यवस्थित बनाउने बताए ।
’नयाँ संविधान बनेपछि संस्थाको एक पटक अभ्यास गरिसक्यौं । यसलाई नेपालीपनको हिसाबबाट अझै बढी व्यवस्थित, अझै बढी क्रियाशील, अझै मर्यादित बनाउनका लागि सबैको प्रयत्न हुने छ र त्यसको नेतृत्व गर्ने जिम्मेवारी मैले पाएको छु, प्रभावकारी ढंगबाट संघीय संसद्लाई अघि बढाउने कुरा विश्वस्त छु,’ घिमिरेले भने ’यसमा सबै पक्षको सहयोग हुन्छ भन्ने अपेक्षा गरेको छु ।’
झापा २ बाट नर्वाचित घिमिरे बिहीबार सभामुखमा निर्वाचित भएका हुन् । एमालेका नेता घिमिरेलाई सत्तारुढ गठबन्धनले साझा उम्मेदवार बनाएको थियो । उनले कांग्रेसकी उम्मेदवार इश्वरी न्यौपानेलाई पराजित गरेका हुन् । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई शपथ गराएकी थिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना
फागुन ५, २०८१ सोमबार
रुख कटान गरेको आरोपमा २ जना पक्राउ
फागुन ५, २०८१ सोमबार
रूसले गुगललाई गरायो ठुलो परिणामको जरिवाना
फागुन ५, २०८१ सोमबार
भद्रपुर झापा गोल्डकपमा नेपालसहित चार देशका १० टोली सहभागी हुँदै
फागुन ५, २०८१ सोमबार