मोबाइल बैंकिङप्रति सेवाग्राहीको आकर्षण बढ्यो
नेपालबहस संवाददाता
माघ ६, २०७९ शनिबार २:५५:३५
६ माघ, मङ्गलबारे । पछिल्लो समय मोबाइल बैंकिङप्रति सेवाग्राहीको आकर्षण बढ्न थालेको छ । बैंकमा गएर पैसा निकाल्नेभन्दा मोबाइल बैंकिङबाट नै भुक्तानी गर्नेको सङ्ख्या बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकले इलाममा शुक्रबार आयोजना गरेको डिजिटल बैंकिङ साक्षरता कार्यक्रममा मोबाइल बैंकिङ, वालेट, क्युआर कोड प्रयोग गर्नेको सङ्ख्या वृद्धि हुँदै गएको जानकारी दिइएको हो । सो अवसरमा नेपाल राष्ट्र बैंकका सहायक निर्देशक प्रकाश राईका अनुसार १८ लाख जनाले डिजिटल बैंकिङ प्रयोग गर्ने गरेको बताए । त्यस्तै एक करोड ५५ लाख जनाले वालेट प्रयोग गर्ने गरेका छन् । क्युआरबाट मात्र हरेक महिना २० अर्बको कारोबार हुने गरेको छ ।
इन्टरनेट वालेट सञ्चालनका लागि २७ वटा कम्पनीले अनुमति पाएका छन् । सबै हाल सञ्चालनमा नरहेको सहायक कार्यकारी निर्देशक राईले बताए । वार्षिक रुपमा इन्टरनेटबाट कारोबार गर्नेको सङ्ख्या वृद्धि हुँदै गएको प्रतिवेदनमा उल्लेख छ । पछिल्लो समय इन्टरनेटबाट नै रकम कारोबार गर्ने बढे पनि यसमा चुनौती बढेको सहभागीको भनाइ छ । यसले नियामक निकायलाई चुनौती बढेको भन्दै सजग भएर प्रविधिको प्रयोग गर्न सेवाग्राहीलाई आग्रह गरिएको छ ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भगवत आचार्यले सो अवसरमा एक कार्यपत्र प्रस्तुत गरेका थिए। उनले पछिल्लो समय प्रविधिबाट कारोबार गर्ने बढे पनि झुक्याएर रकम निकाल्ने गिरोह सक्रिय रहेको बताए । उनले विद्यतुीय माध्यमबाट कारोबार बढेपछि देशलाई फाइदा मिल्ने उनको भनाइ थियो ।(
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छआजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ५, २०८१ शुक्रबार
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार