संसदमा मधेशका शहीदको अपमान भयो भन्न पाइँदैन: लिङ्देन
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_x6Vewor94V.jpeg
)
नेपालबहस संवाददाता
माघ ७, २०७९ शनिबार २०:१३:१
![](https://nepalbahas.prixacdn.net/media/albums/rajendra-lingden-5-1024x621-1_oKhgAutH62.jpg)
७ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले ५ माघमा सांसद सीके राउतले मौन धारण गराउँदा नउठेकै आधारमा मधेश आन्दोलनका शहीदको सम्मान नगरेको भन्न नमिल्ने बताएका छन् ।
शनिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संसदमा सभामुखबाहेक अरु कसैको रुलिङ नचल्ने बताए । उक्त दिन संसदमा बोल्ने क्रममा जनमत पार्टीका अध्यक्ष सीके राउतले मधेश आन्दोलनका शहीदको सम्झनामा सबैलाई उठेर मौन धारण गर्न आग्रह गरेका थिए । त्यतिबेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनसहितका कतिपय उठेका थिएनन् । तर उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र कतिपय सांसद उठेका थिए ।
राप्रपाका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री लिङ्देनले उक्त दिन नउठ्दैमा मधेश आन्दोलाका शहीदको सम्मान नगरेको अर्थ लगाउन नमिल्ने बताए । ‘संसदको मर्यादा हुन्छ, उहाँ रुलिङ सभामुखको चल्छ, यति कुरा पनि दोस्रो पटक निर्वाचित भएको मैले बुझिन भने, म भावनामा बगेँ भने संसदमा परम्परामा राम्रो छोड्दैन’ उनले भने, ‘कि सभामुखले रुलिङ गर्नु पर्यो । कि मेरो प्रधानमन्त्री उठ्नुपर्याे ।’
उपप्रधानमन्त्री लिङ्देनले आफूहरुले संसदीय मर्यादा भंग गर्नु हुँदैन भनेर नउठेको बताए । ‘यसो भन्दैमा हामीले मधेश आन्दोलनको शहीदको अपमान गरेको भन्न पाइँदैन, यो गलत कुरा भइरहेको छ, यो गलत कुरा लान पाइँदैन’ उनले भने । उनले आफ्नो भनाइ मधेशका शहिदप्रति अपमान गर्ने उदेश्यले नभएको पनि बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना
फागुन ५, २०८१ सोमबार
रूसले गुगललाई गरायो ठुलो परिणामको जरिवाना
फागुन ५, २०८१ सोमबार
भद्रपुर झापा गोल्डकपमा नेपालसहित चार देशका १० टोली सहभागी हुँदै
फागुन ५, २०८१ सोमबार