प्रअसहित पाँच शिक्षक स्कुल नआएपछि विद्यार्थीले लगाए ताला, स्पष्टीकरण सोध्ने तयारी
नेपालबहस संवाददाता
माघ ७, २०७९ आइतबार २:४९:४३
७ माघ, खोटाङ । प्रअसहित पाँच शिक्षक अनुपस्थित भएको भन्दै खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित ज्योती माबिका छात्र र छात्राले विद्यालयमा ताला लगाएका छन् ।
गत पुष १७ गतेदेखि बिदा दिइएको विद्यालय माघ ३ गतेदेखि खुले पनि प्रअ रामदेव यादव सहित पाँच शिक्षक अनुपस्थित भएको भन्दै छात्ररछात्राले ताला लगाएका हुन् ।हिउँदे विदा सकिए पनि प्रअ र शिक्षक आइनपुगेपछि विद्यार्थीले पुष ५ गते विद्यालयमा ताला लगाएको राजापानीका वडाध्यक्ष अनिस कार्कीले बताए । स्वयं विद्यार्थीले ताला लगाएपछि पठन–पाठन ठप्प बनेको छ ।
माघ २ गतेदेखि खुल्नुपर्ने विद्यालय पोखरामा भएको विमान दुर्घटनाका कारण माघ ३ गतेदेखि खुलेको थियो । विद्यालय खुल्दा पनि विद्यालय नआएका शिक्षकलाई स्पष्टीकरण सोध्ने तयारी गरिएको छ ।
शुक्रबार विद्यालयमा उपलव्ध शिक्षकमार्फत पठनपाठन सुचारु गर्न आग्रह गर्दा विद्यार्थीले अस्वीकार गरेको वडाध्यक्ष कार्कीले बताए । ताला हालिएको विद्यालय खुलाउने विषयमा सोमबार छलफलको तयारी गरिएको छ । प्रअ यादवमाथि विद्यालय प्रशासन फितलो तरिकाले सञ्चालन गरेको आरोप छ ।
प्रअ यादवले राष्ट्रिय परिक्षा बोर्डको कार्यालय लाहान पुगेर कक्षा ११ को परिक्षा फर्म र कक्षा १२ को राजस्व बुझाउने काम लिएर घर गएकाले विद्यालय फर्कन ढिलाइ भएको बताए । उनले शिक्षक रामशंकर यादवलाई मौखिक रूपमा प्रअको जिम्मेवारी दिइएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
मंसिर ६, २०८१ बिहिबार
पहिचान पक्षधरले कोशीमा घोषणा गरे आन्दोलन
मंसिर ३, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै
मंसिर १२, २०८१ बुधबार
काठमाडौं उपत्यकाको तापक्रम निरन्तर घट्दो
मंसिर १२, २०८१ बुधबार
जासुसीको आरोप लगाउँदै रूसले बेलायती कुटनीतिज्ञलाइ दियो देश छाडने आदेश
मंसिर १२, २०८१ बुधबार
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १२, २०८१ बुधबार
एनपीएलः वेष्ट इन्डिजका चाडविक वाल्टन नेपाल आइपुगे
मंसिर १२, २०८१ बुधबार
हिजो सम्भवः नभए पछि रवि लामिछानेलाई आज साँझसम्म काठमाडौं ल्याइने
मंसिर १२, २०८१ बुधबार