पोर्चुगलमा ५ हजार ५ सय जना नेपाली राहदानीको पखाईमा, बेवास्ता गर्दै राजदूतावास
नेपालबहस संवाददाता
माघ ८, २०७९ आइतबार १३:१८:४२
♦ सिएल शर्मा
८ माघ, काठमाडौं । पोर्चुगलमा ५५०० जना नेपाली नयाँ राहदानी तथा नविकरणको पखाईमा छन् । सरकारले यन्त्रबाचक राहदानी (एमआरपी’ लाई स्थगन गरी विद्युतीय राहदानी (इ–पासपोर्ट) जारी गर्न सुरु गरेपछि पोर्चुगलमा यतिका नेपाली समस्यामा परेका हुन् । हाल पोर्चुगलमा ३० हजार बढि नेपाली बसोबास गर्ने अनुमान गरिएको छ ।
सरकारले विद्युतीय राहदानी जारी गर्न सुरु गरेपछि यन्त्रबाचक राहदानी पूर्ण रुपमा बन्द भएको छ । जसले गर्दा विदेशमा बस्ने नेपाली मारमा परेका छन् । युरोपियन मुलुक पोर्चुगलमा मात्रै तत्काल पाँच हजार ५ सय राहदानी जारी गर्नुपर्नेछ । जहाँ एक हजार भन्दा बढि हराएको, एक हजार ५ सय बढि म्याद नाघेको र तीन हजार बढि केही महिनामात्रै म्याद भएका राहदानी नविकरण तथा नयाँ जारी गर्नुपर्नेछ । अहिले सबैभन्दा धेरै मार राहदानी हराएका नेपालीलाई परेको छ । एकातिर कागजी कामकाजमा समस्या पैदा भएको छ भने अर्कोतिर आवतजावतमा समस्या भएको छ । पछिल्ला केही महिनायता विभिन्न मुलुकबाट पोर्चुगल आउने अधिकांश नेपालीसँग राहदानी छैन् । उनिहरुले यात्राका क्रममा बिचौलियालाई राहदानी बुझाउने, फ्याँकेर आउने कारणले गर्दा पोर्चुगलमा थप समस्या निम्तिएको हो ।
अहिले राहदानी बनाउनका लागि दैनिकजसो पोर्चुगलस्थित अवैतनिक नेपाली महाबाणिज्यदूतको कार्यालयमा सयौंको संख्यामा नेपालीहरुको भीड लाग्ने गरेको छ । उनिहरुले तत्काल राहदानी पाउनुपर्ने भन्दै कार्यालयलाई आग्रह समेत गर्दै आएका छन् । तर यसप्रति फ्रान्सस्थित नेपाली राजदूतावास भने बेखबर छ । अवैतनिक नेपाली महाबाणिज्यदूत मकर हमाल र कार्यरत कर्मचारीहरुले रादूतावासलाई राहदानीको समस्याबारे जानकारी गराइरहेपनि राजदूतावासले भने बेवास्ता गर्दै आएको छ । ‘व्यक्तिगत रुपमा र कन्सुलेटको कार्यालयको तर्फबाट महामहिम राजदूत ज्यूलाई बारम्बार कुरा गरेको छु ।
समस्यामा परेका नेपालीलाई सहयोग गर्न दूतावास र कन्सुलेटले सहयोग गर्नुपर्ने विषयमा पनि घनिभूत रुपमा छलफल भएको छ । यसमा उहाँ सहमत पनि हुनुहुन्छ ।’ उनले भने, ‘अहिले पहिलो चरणमा हराएका तथा म्याद नाघेका रहादानी र दोस्रो चरणमा म्याद सकिन लागेका राहदानी नविकरण गर्न आवश्यक छ । सहयोग र सहजीकरणका लागि कन्सुलेटको कार्यालय सदैव तयार छ ।’
त्यसो त पोर्चुगल हेर्ने जिम्मा पनि फ्रान्सस्थित नेपाली राजदूतावासलाई नै छ । तर राजदूत दीपक अधिकारी विगत एक बर्षयता एक पटक पनि पोर्चुगल आएका छैनन् । उनि उल्टै राजदूतावासमा थोरै कर्मचारी भएको भन्दै उम्किँदै आएका छन् । यसले गर्दा पोर्चुगलमा थप समस्या पैदा भएको छ । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् पोर्चुगलका अध्यक्ष रविन अधिकारीले रादूतावसले खासै चासो नदिएको भन्दै नेपाल सरकारको ध्यानाकर्षण गरेका छन् । उनले पोर्चुगलका धेरै नेपालीहरु राहदानी नभएकै कारण समस्यामा पर्दा राजदूतावासले कानमा तेल हालेर बस्नु राम्रो नभएको गुनासो गरे ।
संघकै युरोप क्षेत्रका उपसंयोजक समेत रहेका राष्ट्रिय समन्वय परिषद् पोर्चुगलका निवर्तमान अध्यक्ष तिलक गैरेले राहदानी नविकरण तथा हराएका राहदानी बनाउनुपर्ने दायित्वबाट राजदूतावास पछि हट्न नहुने बताए । उनले समस्यामा परेका नेपालीलाई राजदूत र दूतावासले तत्काल सहयोग गर्नुपर्नेमा जोड दिए । यस्तै राजदूतावासले राहदानीजस्तो संवेदनशिल विषयमा ढिलासुस्ती र गैरजिम्मेवारीपन देखाएको भन्दै नेपाली समाजका अगुवाहरुले पनि बिरोध गरेका छन् ।
एकपटक ‘एमाआरपी’ जारी गर्दा समस्याको समाधान हुन्छ
तथ्याकलाई आधार मान्दा पोर्चुगलमा हराएका र तत्काल नविकरण गर्नुपर्ने राहदानीको संख्या दुई हजार ५ सयको हाराहारीमा छ । यही अवस्थामा विद्युतीय राहदानी जारी गर्न फ्रान्सस्थित राजदूतावासलाई कम्तिमा १५ दिन लाग्छ । जबकी राजदूतावासमा भएको ‘मोबइल किट’ बाट दैनिक ५० देखि ६० वटामात्रै राहदानी जारी गर्न सकिन्छ । यही अनुपातमा काम गर्ने हो भने ५५०० थान राहदानी जारी गर्न एक महिना बढि समय खर्चनुपर्नेछ । यसैले पनि एकपटकको लागि सरकारले पोर्चुगलमा ‘एमआरपी’ जारी गर्दा छिटो र छरितो हुने देखिन्छ । यसो गर्दा समस्यामा परेका नेपालीलाई ठूलो राहत मिल्नेछ भने अर्कोतिर दूतावासलाई पनि सहज हुनेछ ।
सम्बन्धविच्छेद र अधिकृत वारेशनामाको समस्या पनि उस्तै
पोर्चुगलमा विगत एक बर्षयता राजदूतावासबाट कर्मचारी फर्केर पनि आएका छैनन् । यो बिचमा न राजदूत आए न अन्य कर्मचारी नै । जसले गर्दा पोर्चुगलमा सम्बन्धविच्छेद र अधिकृत वारेशनामा जस्ता समस्याको चाङ लागेको छ । अहिले पोर्चुगलमा सम्बन्धविच्छेद र अधिकृत वारेशनामाको तथ्यांक ५० माथि छ । दूतावासले यस्ता साना कामहरुलाई प्रत्येक ३÷३ महिनामा फस्र्योट गर्न सक्ने भएपनि त्यसो भने हुन नसकेको केही अगुवाहरुको गुनासो छ ।
समस्याका बारेमा कन्सुलेटको कार्यालयले दूतावासलाई जानकारी गराउँदै आएपनि आजसम्म समाधान भने हुन सकेको छैन् । त्यसो त कन्सुलेटको कार्यालयलाई सम्बन्धविच्छेद र अधिकृत वारेशनामाको समस्या समाधान गर्ने अधिकार छैन् । जसका कारण दैनिकजसो समस्या थपिएका छन् तर सम्बोधन गर्न दूतावासले चासो देखाएको छैन् ।
कन्सुलेटको कार्यालयलाई अधिकार थोरै, समस्या बढ्दै
पोर्चुगलस्थित कन्सुलेटको कार्यालयले हाल कागजात प्रमाणिकरण, विदेशी राहादानीमा भिसा, सामान्य मन्जुरीनामा लगायतका काम मात्रै गर्दै आएको छ । तर पोर्चुगलमा पछिल्ला दिनहरुमा बढ्दै गएको जनसंख्याले थप सोच्न बाध्य बनाएको् छ । राहदानी नविकरणदेखि सम्बन्धविच्छेद, अधिकृत वारेशनामा, यात्रा अनुमति पत्र लगायतका थुप्रै सेवाहरु नागरिकलाई आवश्यक भएपनि सरकारले कन्सुलेटको कार्यालयलाई संकुचनमा राखेको छ । जसका कारण कन्सुलेटको कार्यालयले चाहेर पनि थप सेवाहरु प्रदान गर्न सकेको छैन् । राजदूतावास नभएको पोर्चुगलमा सरकारले कन्सुलेटको कार्यालयलाई थप जिम्मेवारी दिएर नेपालीको कामकाजमा सहजता ल्यानुपर्नेमा एकाथरीको जोड छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिनियाँ महासंघको टोलीद्वारा भक्तपुर अवलोकन
कात्तिक २९, २०८१ बिहिबार
अमेरिकामा पनि मनाइयो छठ
कात्तिक २३, २०८१ शुक्रबार
राजनीतिक हस्तक्षेपले एनआरएनए अभियानमा समस्या : अध्यक्ष डा. बद्री केसी
कात्तिक ११, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीलाई राष्ट्रिय ज्यापु दिवसका लागि परम्परागत निमन्त्रणा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्रीले बोलाए मन्त्री र सचिवहरुको संयुक्त बैठक
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
एकै पटक तीन पुरी खाएका बालकको तत्कालै मृत्यु, भयो हंगामा !
मंसिर १२, २०८१ बुधबार
दुई दिन लगातार घटेको सुनको मूल्य बढ्यो
मंसिर १२, २०८१ बुधबार