पाँच जना सवार गाडी दुर्घटनामा ४ को मृत्यु, एक जना घाइते
नेपालबहस संवाददाता
माघ ८, २०७९ आइतबार १४:३२:२०
८ माघ, वीरेन्द्रनगर । सुर्खेतमा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । आज बिहान साढे २ बजे छिन्चुबाट वीरेन्द्रनगरतर्फ जाँदै गरेको बा.प्र.०१०२६ च ९२१३ नं.को डबल क्याप हाइलेक्स गाडी वीरेन्द्रनगर–११ झुप्राखोलास्थित रत्नराजमार्गमा दुर्घटना भएको हो ।
दुर्घटनामा गाडी चालक वीरेन्द्रनगर– ७ का २७ वर्षीय सागर शाही, दैलेख डुङ्गेश्वर गाउँपालिका–५ का ३३ वर्षीय दीपेन्द्रजंग शाही, दैलेख भगवतीमाई गाउँपालिका–५ का ३१ वर्षीय बबिन शाही र दैलेख गुराँस गाउँपालिका–३ का ३६ वर्षीय राजेन्द्र बि.सीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी सुरज कार्कीले जानकारी दिए ।
दुर्घटनापछि प्रहरीले उनीहरूलाई प्रहरीले उद्धार गरी अस्पताल पुर्याइएको थियो । अस्पतालमा तीन जनाले चिकित्सकले मृत घोषणा गरेका थिए भने एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रवक्ता कार्कीले बताए । घाइते भएका दैलेख भैरवी गाउँपालिका–५ का वीरेन्द्रराज शाहीको उपचार भइरहेको छ । छातीमा चोट लागेका उनी बोल्ने सक्छन् । गाडी सडकबाट ७०÷८० मिटर तल खसेको छ । गाडीमा पाँच जना सावार थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते, दुईको अवस्था गम्भीर
मंसिर ८, २०८१ शनिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार