बाँकेको दादुरा प्रभावित क्षेत्रमा अवलोकन गर्दै स्वास्थ्यमन्त्री
नेपालबहस संवाददाता
माघ ८, २०७९ आइतबार १७:५७:१२
८ माघ, नेपालगञ्ज । बाँकेमा देखिएको दादुरा महामारीको अवस्थाबारे जानकारी लिन स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले यहाँ स्थलगत अनुगमन गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिका–५ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा पुगेर दादुराका बिरामीको वास्तविक अवस्था बुझ्दै उनले नियन्त्रणका लागि सरकारले गर्नुपर्ने काममा कुनै कसर बाँकी नराख्ने बताए । उनले स्थानीयलाई खोप लगाउने विषयमा गम्भीर हुन सुझाव दिँदै दादुरा नियन्त्रणका लागि सरकारले खोप अभियान तीव्र बनाएको उल्लेख गरे ।
मन्त्री गिरीले खोपलाई प्रभावकारी बनाउन स्थानीय जनप्रतिनिधिको भूमिका महत्वपूर्ण रहेकाले अन्य काम छाडेर अहिले दादुरा नियन्त्रणमा सक्रिय हुन आग्रह गरे । मन्त्रीसँगै सांसदहरु सूर्य ढकाल, धवलशमशेर राणा र दीपा शर्मा, स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोख्रेल, महानिर्देशक डा दीपेन्द्ररमण सिंह, नीति योजना महाशाखाप्रमुख डा कृष्ण पौडेल, प्रदेश स्वास्थ्य निर्देशक डा विनोद गिरी, डेपुटी डाइरेक्टर डा रोशनलाल चौधरी, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेललगायत सहभागी छन् ।
बाँकेका पाँच स्थानीय तहमा दुई सय ६० जना दादुराबाट प्रभावित भएका छन् । यसमध्ये सबैभन्दा बढी नेपालगञ्जमा दुई सय तीनजना रहेका छन् । प्रभावित भएकामध्ये एक सय ९६ निको भएको तथा ६३ जना उपचार गराइरहेका र एकको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लामा अहिलेसम्म ६८ हजार दुई सय २१ जनाले खोप लगाएका छन् । अझै पनि ४८ हजार आठ सय २२ जनालाई खोप लगाउन बाँकी रहेको बताइएको छ । मन्त्री गिरीले नेपालगञ्जस्थित भेरी अस्पतालको समेत निरिक्षण गरेको छ । उनले अस्पतालमा रहेका बिरामीसँग कुराकानी गर्नाका साथै विभिन्न वार्डको समेत अनुगमन गरेको छ ।
उनले अस्पतालको फोहोर व्यवस्थापनका विषयमा पनि जानकारी लिएको छ । अस्पतालका बारेमा मेडिकल सुपरिटेन्डेन्ट डा बद्री चापागाईंले जानकारी गराएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार