सशस्त्र प्रहरीले पक्राउ गर्यो दुई लाख बराबरका खसीबोका, तस्करी नियन्त्रणमा सक्रिय
नेपालबहस संवाददाता
माघ ८, २०७९ आइतबार २०:२१:२२
८ माघ, भैरहवा । सीमामा कडाई गरेसँगै भारतबाट नेपाल भित्र्याइएका खसी सशस्त्र प्रहरीले बरामद गरेको छ । भन्सार छलेर नेपाल आयात गरिएका खसी सशस्त्र प्रहरी बल नेपाल, बीओपी बयरघाटले नियन्त्रणमा लिई भन्सार पठाएको हो ।
अवैध रुपमा मासुजन्य बस्तुको आयातमा थप कडाई गर्न गृहमन्त्रालयले निर्देशन गरेसँगै सशस्त्र प्रहरीले सक्रिय रुपमा ती बस्तुहरु पक्राउ गरिरहेको छ । भारतबाट भित्रिएका मासुजन्य पशुका कारण स्वदेशी व्यवसायी मर्कामा परेको भन्दै गृहमन्त्रालयले अवैध रुपमा नेपाल भित्रिने त्यस्ता बस्तुको आयात रोक्न सरोकारवाला निकायलाई निर्देशन गरेको थियो ।
भन्सार छलेर नेपाल भित्र्याउदै गरेको अवस्थामा लुम्बिनी सांस्कृतिक नगरपािलका १२ कालिदह आज्मा क्षेत्रबाट सशस्त्र प्रहरी निरीक्षक तेजराज शर्माको कमाण्डले ७ वटा खसी बरामद गरेको हो । व्यवसायिक प्रयोजनका लागि अवैध रुपमा खुला सीमा नाका हुँदै लुकाई छिपाई ल्याउदै गरेको अवस्थामा करिब २ लाख रूपैयाँ बराबरको खसीबोका बरामद गरी भन्सार पठाइएको सशस्त्र प्रहरी निरीक्षक शर्माले जानकारी दिए ।
पूर्ण रुपमा तस्करी न्यूनिकरण अभियानमा लागेको सुरक्षा निकायले तस्करको सम्भावित क्षेत्रको पहिचान गरी सीमा विन्दुमै कडाई गरेकोे छ । बीओपीको कमाण्ड सम्हालेसँगै शान्ति, सुरक्षा, चोरी निकासी नियन्त्रण गर्दै राजश्व बृद्धिमा योगदान भइरहेको छ ।
पछिल्लो ५ महिनाको अवधिमा मात्रै यो क्षेत्रबाट एक करोड बराबरको अवैध चोरी पैठारीका चिनी, कपडा, कुखुरा, माछा, मोटरपार्टस तथा हार्डवेयर, किराना लगायतका सामान नियन्त्रणमा लिई भन्सार दाखिला गरिएको सशस्त्र प्रहरी बल नेपाल, बीओपी बयरघाटले जानकारी दिएको छ ।
सरकारले आर्थिक वर्ष २०७७/७८ देखि खसी, बोका र राँगा आयातमा रोक लगाउने निर्णय गरेको थियो । खुला सीमा नाकाबाट भारतीय खसीबोकाको आयातमा रोक लगाएसँगै ग्रामीण क्षेत्रका नाकाबाट तस्करी बढेको छ । सरकारले भारतबाट स्वास्थ्य प्रमाणपत्र नलिइ ल्याइएका पशुपंक्षी, पशु उत्पादन सामग्री तथा पशुजन्य पदार्थको क्वारेन्टाइन नगर्ने नीति कार्यान्वयन गरेपछि खसीबोका तस्करी हुन थालेको हो ।
राजश्व संकलनमा पनि कमी आएको भन्दै सीमा सुरक्षा र अवैध चोरी निकासी रोकथाम तथा नियन्त्रणको जिम्मा पाएको सशस्त्र प्रहरीले सीमा विन्दुमै सक्रियता बढाएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतातोपानी नाका सुनसान, अधिकांश पसल र होटेल बन्द
जेठ १४, २०८१ सोमबार
खप्तड राष्ट्रिय निकुञ्जबाट संकलन हुने राजस्वमा कमी
जेठ ११, २०८१ शुक्रबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
कांग्रेस संसदीय दलको बैठक आज बस्दै
जेठ १५, २०८१ मंगलबार
आर्थिक वर्ष २०८१/०८२ को बजेट आज सार्वजनिक हुँदै
जेठ १५, २०८१ मंगलबार
आज गणतन्त्र दिवस, देशभर सार्वजनिक विदा
जेठ १५, २०८१ मंगलबार
नेपालको मौसममा रेमल चक्रवातको प्रभाव, देशका विभिन्न ठाउँमा वर्षा
जेठ १५, २०८१ मंगलबार
एकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने
जेठ १४, २०८१ सोमबार
मङ्गलबार गणतन्त्र दिवस मनाइँदै
जेठ १४, २०८१ सोमबार