रोज ब्युटी एकेडेमीका २२ औं वार्षिक उत्सबमा विभिन्न ब्यक्ति सम्मानित तथा दिक्षित
नेपालबहस संवाददाता
माघ ८, २०७९ आइतबार २२:३३:१२
८ माघ, काठमाडौं । रोज ब्युटी एकडेमी तथा रोज स्किल डेभलपमेन्ट सेन्टरको २२ औं स्थापना दिवसका विभिन्न ब्यक्तिलाई सम्मान गरेकाे छ ।
काठमाडौंको रविभवनमा रहेको यो एकेडेमीको २२ औं वार्षिक उत्सबमा बागमती प्रदेशका साँसद बिन्दु श्रेष्ठ, सिटिईभिटीका सदस्य सचिब जीव नारायण काफ्ले, लायन्स डिस्ट्रिक ३२५ एल नेपालका गर्भनर मणीश्री रत्न बज्राचार्यलगायतले पानसमा बत्ति बालेर उद्घाटन गरेका हुन ।
आ-आफ्नो क्षेत्रमा लामो समयदेखि योगदान पु¥याएको भन्दै उनीहरुलाई सम्मान गरिएको रोज ब्युटी एकेडेमीकी अध्यक्ष एवम् बरिष्ट ब्युटिसियन सोनी कारँजितले कार्यक्रममा जानकारी गराईन् ।
कार्यक्रममा वरिष्ठ साहित्यकार दुर्गा किरण तिवारी, अभिनेत्री सँचिता लुईटेल, अग्रज गायिका मञ्जु पौडेल, समाजसेवी गणेश शाही, समाजसेवी सृजना नेवा, समाजसेवी इश्वरी खत्री, सौन्दर्यकर्मी सकुन्तला अवाले, समाजसेवी तथा लायन सञ्जय अधिकारी, समाजसेवी तथा व्यबसायी मिलन दाहाललगायत सम्मानित भए ।
रोज ब्युटी एकेडेमीबाट सिटिईभिटीमा ब्युटिसियन कोर्षमा लेवल वान र लेवल टु ‘डिप्लोमा’ गरेका ६० जना ब्युटिसियनहरुलाई कार्यक्रममा टोपी लगाएर प्रमाणपत्र प्रदान गर्दै दिक्षित गरियो । यस्तै रोज ब्युटी एकेडेमीबाट ब्युटिसियन कोर्षमा डिप्लोमा गरेका ६८ जनालाई कार्यक्रममा प्रमाणपत्र प्रदान गरियो ।
रोज व्युटी एकेडेमीकी अध्यक्ष एवम् बरिष्ट सौन्दयकर्मी सोनी कारँजितले आफुहरुले २२ वर्ष अघिबाट रोज ब्युटी एकेडेमी सुरु गरेको र हालसम्म १२ हजार ब्युटिसियनलाई ब्युटिसियन सम्बन्धि प्रशिक्षण दिएर आत्मनिर्भर बनाएको बताईन् । बिगतमा रोज ब्युटी पार्लरको रुपमा परिचित आफ्नो सँस्था यसैवर्षबाट रोज ब्युटी एकेडेमीमा परिणत भएको पनि उनले जानकारी गराईन् ।
यस्तै कार्यक्रममा बोल्दै बागमती प्रदेशकी साँसद बिन्दु श्रेष्ठले नेपालमा महिलाहरुलाई व्युटीसम्बन्धि पेशा सिकाई रोजगारी दिएर आर्थिक रुपमा सक्षम बनाउन रोज ब्युटी एकेडेमीको ठुलो योगदान रहेको बताईन् । एकेडेमीले निकै राम्रो काम गरेको भन्दै आगामी दिनमा आफुले पनि एकेडेमीको लागि सहयोग गर्ने उनले जनाईन् । सिटिईभिटीका सदस्य सचिब जीव नारायण काफ्लेले कार्यक्रमलाई सम्बोधन गर्दै रोज ब्युटी एकेडेमी अब्बल रहेको र यसले ब्युटी क्षेत्रमा लामो समयदेखि योगदान पुर्याएको भन्दै २२ औं वार्षित उत्सबको शुभकामना प्रकाट गरे ।
लायन्स डिस्ट्रिक ३२५ एल नेपालका गर्भनर मणीश्री रत्न बज्राचार्यलगायतले लायन क्षेत्रमा उत्कृष्ट कार्य गर्दै आएकी सोनी कारँजितले नेपाली ब्युटिसियन क्षेत्रमा एउटा फरक इतिहास बनाएको बताए । दिक्षित ब्युटिसियनहरुलाई सर्टिफिकेट प्रदान गरेका थिए । कार्यक्रममा रोजका विधार्थीहरुले विभिन्न नाचगान तथा फेशन शो प्रस्तुत गर्दै कार्यक्रमलाई मनोरञ्जन प्रधान तुल्याए । कार्यक्रममा केक काटेर रोज ब्युटी एकेडेमीका अध्यक्ष एवम् बरिष्ट व्युटिसियन सोनी कारँजितको जन्म दिन माउँदै सो वार्षिक उत्सब समारोहसमापन गरिएको थियो ।
वरिष्ठ सौन्दर्यकर्मी राज्यश्री श्रेष्ठ, सिटिईभिटीका निर्देशक टैलेन्द्र आचार्य, लायन्स क्लब डिस्ट्रिक २२५ एलका भाईस गर्भनर सुमन भट्ट, एफ डब्लु कोअर्डिनेटर रेश्मा श्रेष्ठ, नेपाल चलचित्र कलाकार संघकी बरिष्ट उपाध्यक्ष रेजिना उप्रेती, अभिनेता यसराज गराच, अभिनेता दिक्पाल कार्की, गायक आशिष सचिन गौतम, लायन्स क्लब अफ काठमाडौं अभियानका अध्यक्ष सुन्दर थापा, बरिष्ट सञ्चारकर्मी डब्बु क्षत्री, बरिष्ट सञ्चारकर्मी एवम कोरियोग्राफर जयन सुब्बा मानन्धरसहित विभिन्न अग्रज ब्युटिसियनहरुले कार्यक्रममा कार्यक्रमलाई बिष्णुमाया पौडेलले सञ्चालन गरेकी थिईन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसानेपाको हेरिटेज गार्डेनमा नेपाल फेसन फेस्टिबल
जेठ ११, २०८१ शुक्रबार
विश्वको सबैभन्दा ठूलो मेट गाला सुरु
बैशाख २५, २०८१ मंगलबार
निहारा र अदितिलाई ‘किड्स क्यापिटल नेपाल’ को उपाधि
बैशाख २४, २०८१ सोमबार
भारतीय मूलका विनोद चौधरीका कर्तुत खोजिँदै, कसरी छिरे नेपाल ?
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
जेठ १३, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १३, २०८१ आइतबार
अस्पतालमा आगलागी हुँदा सात नवजात शिशुको मृत्यु
जेठ १३, २०८१ आइतबार
सुक्खा पहिरोले आरुघाट–लार्के सडक अवरुद्ध
जेठ १३, २०८१ आइतबार
अत्यधिक गर्मी बढेपछि तीन दिन विद्यालय बन्द
जेठ १३, २०८१ आइतबार
निजामतीमा महिलाको प्रतिनिधित्व १३ दशमलव ६ प्रतिशत
जेठ १३, २०८१ आइतबार
स्वास्थ्य मन्त्रालयको बेरुजु ३ अर्ब
जेठ १३, २०८१ आइतबार
पत्नी बलात्कार मुद्दामा निलम्बित न्यायाधीश गिरी दोषी ठहर
जेठ १३, २०८१ आइतबार
ब्रोडब्यान्ड इन्टरनेट सेवाको पहुँच सबै स्थानीय तहको केन्द्रसम्म
जेठ १३, २०८१ आइतबार