पार्टीका भावि कार्यक्रम र केन्द्रीय समितिबारे कांग्रेसले थाल्यो छलफल
नेपालबहस संवाददाता
माघ ९, २०७९ सोमबार १५:५५:३७
९ माघ, काठमाडौं । नेपाली कांग्रेसले माघ १५ देखि बस्ने केन्द्रीय समिति बैठक र समसामयिक राजनीतिक विषयमा छलफल सुरु गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकमा छलफल सुरु भएको हो ।
सभापति देउवाले धुम्बाराहीमा पछिल्ला राजनीतिक घटनाक्रमको बारेमा छलफल पदाधिकारी बैठक बोलाएका हुन् । केहीबेर अघि सुरु भएको छलफलमा केन्द्रीय समिति विस्तार, विभागको कार्य विभाजन र भातृसंस्थाको नेतृत्वका विषय उठाइएको छ । यस अघिको पदाधिकारी बैठकमा सभापति देउवाले केन्द्रीय समितिलाई पुर्र्णता दिने जानकारी गराएका थिए ।
यस्तै भातृ र शुभेच्छुक संस्थामा पनि नेतृत्व चयन गर्ने तयारी भइरहेको छ । ती संस्थामा तत्काल पदाधिकारी भने नियुक्ति नगर्ने यसअघिका बैठकमा भनिएको थियो । बैठकमा सरकारलाई समर्थन दिएपछि उत्पन्न परिस्थिति, प्रतिपक्ष दलको मान्यता, सभामुख र उपसभामुख निर्वाचनको समीक्षा र राष्ट्रपति निर्वाचनको तयारीबारे पनि छलफल हुने बताइएको छ ।
आइतबार मात्रै कांग्रेसको शेखर कोइराला पक्षका नेताहरूको बैठक बसेको थियो । उनीहरूले प्रधानमन्त्रीलाई विश्वासको मत दिनु गल्ती भएको बताएका थिए । आजको पदाधिकारी बैठकमा पनि पछिल्लो राष्ट्रिय राजनीतिका बारेमा छलफल र समीक्षा हुने नेताहरूले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिआरआईमा ऋण स्वीकार्न सकिँदैन : महामन्त्री शर्मा
मंसिर ८, २०८१ शनिबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार