टी २० लिग ‘स्पट फिक्सिङ’ प्रकरणः फरारकाे संभावना बढेपछि अन्सारी र आलमलाई पक्राउ गर्ने तयारी
नेपालबहस संवाददाता
माघ ९, २०७९ सोमबार १८:४६:२४
९ माघ, काठमाडौं । त्रिवि क्रिकेट मैदानमा ९ देखि २७ पुसमा सकिएको नेपाल टी-२० लिगमा ‘स्पट फिक्सिङ’मा संलग्न भएको आरोपमा सीआईबीले पूर्वराष्ट्रिय क्रिकेटर मेहबुब आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारीमाथि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सीअाइबीले निगरानी सुरू गरेकाे छ ।
प्रतियोगितामा ‘स्पट फिक्सिङ’ भएको आशंका केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले छानबिनपश्चात प्रतिवेदन तयार भएकै समयमै उनीहरुलाई फरार हुनसक्ने भन्दै पक्राउकाे तयारी समेत गरिएको स्रोतले जनायो ।
आलम नेपाल राष्ट्रिय क्रिकेट टोलीका पूर्वअलराउण्डर हुन् । अन्सारी गत जेठमा मात्रै अमेरिकाविरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेका थिए ।
उनीहरुले नेपाल क्रिकेट संघ (क्यान) को रणनीति साझेदार भारतीय सेभेन थ्री स्पोर्टस्का मालिक जतिन अहुवालियाको योजना अनुसार ‘स्पट फिक्सिङ’मा सहयोग गरेको सीआईबी स्रोतको दाबी छ ।
खेलमा ‘म्याच फिक्सिङ’ गर्ने प्रयास भएपनि विफल भएपछि , ‘सट्टेबाजीबाट असूली गर्ने उद्देश्यबाट
‘स्पट फिक्सिङ’ गरेको पाइएको छ ।
निर्धारण खेलतालिकामा टिमबाट भएको खेलको नतिजा हेरफेर गर्ने गरी निश्चित खेलाडीसँग लेनदेन गर्ने कार्य ‘स्पष्ट फिक्सिङ’ हो । खेल चलिरहेका बेला फिक्सिङका लागि आफ्ना खेलाडीहरुलाई अफर आएको भन्दै राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले खुलासा गरेका थिए ।
‘स्पट फिक्सिङ’ भएको पाइएको जनाउँदै क्रिकेट कमेन्टेटर सचिन तिमेल्सिनाले बीचमै भूमिका छाडेका थिए । उनले देशको क्रिकेट क्षेत्रको इज्जत र भविष्यका लागि भूमिका त्याग गरेको भिडियो उनले सामाजिक संचजालमार्फत सार्वजनिक गरेका थिए ।
‘स्पट फिक्सिङ’को उजुरी क्यानमा समेत परेको र सोको आधारमा सीआईबीले प्रहरी नायब उपरीक्षक (डीएसपी) सुन्दर तिवारीको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेर अनुसन्धान थालेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्जुन ट्रफिको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस एचडी वानमा हुने
माघ ११, २०८१ शुक्रबार
अन्तिम खेलमा मलेसियालाई हराउँदै नेपालको सान्तवना जीत
माघ ११, २०८१ शुक्रबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार
गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा विशेष छुट
माघ १५, २०८१ मंगलबार
देशव्यापीरूपमा १६ लाख किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै, खोपदूतमा मनिषा कोइराला
माघ १५, २०८१ मंगलबार
स्वास्थ्य सेवा ऐनमा नर्सिङ पेसाको हकहित समेटिन्छ : स्वास्थ्यमन्त्री पौडेल
माघ १५, २०८१ मंगलबार
बङ्गलादेशद्वारा ‘डाटा केन्द्र’ स्थापना गर्न एडिबीसँग सम्झौता
माघ १५, २०८१ मंगलबार