गैँडा संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय छलफल गर्न एसियाका उच्च अधिकारी नेपाल आउने

नेपालबहस संवाददाता
माघ ९, २०७९ सोमबार १९:२४:४

९ माघ, चितवन । दुर्लभ मानिएको एक सिङ्गे गैँडा संरक्षणसम्बन्धी छलफल गर्न एसियाका पाँच देशका उच्च अधिकारीहरु चितवन आउने भएका छन् ।
‘थर्ड राइनो रेञ्ज कन्ट्रिज मिटिङ’ का लागि उनीहरु नेपाल आउने भएका हुन् । यही फेब्रुअरी ३ देखि ५ सम्म चितवनको पटिहानीमा गैँडा संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय बैठक हुन लागेको हो ।
नेपाल, भारत, भूटान, इन्डोनेसिया र मलेसियाका उच्च अधिकारीहरु बैठकमा सहभागी हुने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी डा. गणेश पन्तले जानकारी दिए । नेपालबाट निकुञ्ज र वन विभागका महानिर्देशकसहित मन्त्रालयका सहसचिवहरु बैठकमा सहभागी हुने छन ।
अन्य देशबाट समकक्षीसहित गैँडाका क्षेत्रमा काम गर्ने विज्ञहरु सहभागी हुने उनले जानकारी दिए । फिल्डमा काम गर्ने कर्मचारीहरु भने पर्यवेक्षकका रुपमा सहभागी हुनेछन् । एकसिङ्गे गैँडा भारतमा सबैभन्दा बढी पाइन्छ भने नेपाल एकसिङ्गे गैँडा पाउने देशमध्ये दोस्रो स्थानमा पर्दछ ।
बैठकमा गैँडा संरक्षणमा देखिएका चुनौतीका विषयमा छलफल गरी आगामी योजनाहरु तय गरिने बताइएको छ । यसअघि गैँडा संरक्षणसम्बन्धी पहिलो अन्तर्राष्ट्रिय बैठक इन्डोनेसिया र दोस्राे भारतको दिल्लीमा भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहिमपातले मनास्लु क्षेत्रमा पुगेका पर्यटकलाई पदयात्रामा कठिनाइ
फागुन १६, २०८१ शुक्रबार
पर्यटकीय गन्तव्य नगरकोट जाने मुख्य सडक अब चाँगुनारायणले आफैँ निर्माण गर्ने
फागुन १५, २०८१ बिहिबार
गुराँसले जोगाउँदै फुङ्लिङको पर्यटन व्यवसाय
फागुन १५, २०८१ बिहिबार
राजा ज्ञानेन्द्रको अभिव्यक्तिले राप्रपामा उत्साहः दलहरुमा अघोषित एकता
नेपालबहस संवाददाता
फागुन १६, २०८१ शुक्रबार
शुक्रबार बिहानै काठमाडौंमा ६.१ म्याग्निच्यूडको भूकम्प
नेपालबहस संवाददाता
फागुन १५, २०८१ शुक्रबार
सिन्धुपाल्चोकमा भूकम्पमा भाग्दा एक कैदी घाइते
नेपालबहस संवाददाता
फागुन १६, २०८१ शुक्रबार
रुपन्देहीको मायादेवीमा गोली प्रहार गरी युवाको हत्या
फागुन १७, २०८१ शनिबार
अन्तर्राष्ट्रिय सहयोगको भविष्य : अमेरिका पछि हट्दा चीन अघि सर्ला ?
फागुन १७, २०८१ शनिबार
अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा, अन्य विदेशी मुद्रा कति पुग्यो ?
फागुन १८, २०८१ आइतबार
कटारी गोल्डकपको उपाधि च्याम्पियन ब्वाइज काठमाडौंलाई
फागुन १७, २०८१ शनिबार
कर्णालीमा स्वरोजगार तथा आर्थिक सशक्तीकरण कार्यक्रमका लागि २१ पालिकाले पायो बजेट
फागुन १७, २०८१ शनिबार
सिन्धुलीमा चट्याङ लागेर तीनजना घाइते
फागुन १७, २०८१ शनिबार
लागूऔषध विरुद्धको महाअभियान सुरु
फागुन १७, २०८१ शनिबार
खानेपानीमन्त्री प्रदीप यादव नयाँ दिल्लीमा
फागुन १७, २०८१ शनिबार