झापामा हात्ती नियन्त्रणका लागि १५ किलोमिटर विद्युतीय तारबार
नेपालबहस संवाददाता
माघ ९, २०७९ सोमबार १९:२९:१५
९ माघ, बनियानी । झापामा जङ्गली हात्ती नियन्त्रणका लागि दुई क्षेत्रमा विद्युतीय तारबार ‘सोलार फेन्सिङ’ को काम भइरहेको छ । झापाको मेचीनगरस्थित चारआली वन क्षेत्रमा छ किलोमिटर र मागुरमाडी सामुदायिक वन क्षेत्रमा नौ किलोमिटर गरी १५ किलोमिटर विद्युतीय तारबारको काम भइरहेको राष्ट्रिय प्रकृति संरक्षण कोष, कोसी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमले जानकारी दिए ।
त्यसमध्ये चारआली वन क्षेत्रको छ किलोमिटर विद्युतीय तारबारको काम सकिएको छ । दुवै वन क्षेत्रमा आगामी चैतसम्म काम सम्पन्न गर्ने गरी ठेकेदार कम्पनीसँग सम्झौता गरिएको छ । भ्याटबाहेक रू दुई करोड ३५ लाख १५ हजारको लागतमा दुई वनमा विद्युतीय तारबारको काम भइरहेको हो । नेपाल सरकारको लगानीमा प्रकृति संरक्षण कोषमार्फत काम भइरहेको प्रमुख गौतमले बताए । यहाँ जडान गरिएको ‘अफसेट’ सोलार प्यानलको विद्युतीय तारबार हूलमा आउने हात्ती नियणन्त्रका लागि प्रभावकारी हुने उनको भनाइ छ ।
“हात्तीको मनोविज्ञानलाई अध्ययन गरी यो प्रविधि निर्माण गरिएको छ, बाहुनडाँगीमा जडान गरिएको यही प्रविधि हो”, उनले भने, “त्यहाँ ६÷७ वर्ष राम्रो काम ग¥यो, हूलमा आउने हात्ती नियन्त्रणका लागि झापामा यो सफल मोडल मानिन्छ ।” अन्यको तुलनामा यो विद्युतीय तारबारभन्दा केही महँगो रहेको छ ।
हात्ती संरक्षणसँगै मानव बस्ती जोगाउने उद्देश्यले विद्युतीय तारबार निर्माण गरिएको हो । झापा, मोरङ र सुनसरीमा हात्ती नियन्त्रणका लागि काम भइरहेको प्रमुख गौतमले बताए । टुक्रा–टुक्रामा सोलार फेन्सिङको काम हुँदा हात्ती नियन्त्रणको काम प्रभावकारी हुन सकेको छैन । जलथलदेखि चुरेसम्म एकै पटक सोलार फेन्सिङको काम हुन सके प्रभावकारी हुने प्रमुख गौतम बताउछन। “वनसँगै बीचबीचमा रहेको बस्ती चुनौतीका रुपमा रहेको छ”, उनले भने, “त्यसले मानव–हात्ती द्वन्द्व न्यूनीकरण हुन सकेको छैन ।”
झापा, मोरङ र सुनसरीमा बर्सेनि पाँच÷छवटा हात्ती करेन्ट लागेर मर्ने गरेका छन् । त्यसमा पनि झापामा हात्तीको मृत्यु सङ्ख्या धेरै छ । पछिल्लो समय झापामा तीन हात्तीको मृत्यु भएको छ । हात्तीलाई ठूलो क्षेत्रफल र धेरै आहार चाहिने तर यहाँका वनमा पर्याप्त हात्तीको आहारा नहुँदा बस्ती पस्ने गरेका छन् । त्यसका कारण जनधनको क्षति हुने गरेको छ ।
वन क्षेत्रमा हात्तीले मन पराउने बाँस, जङ्गली केरा, सिसौ, सिमललगायत वनस्पति लगाए हात्ती नियन्त्रणमा टेवा मिल्ने प्रमुख गौतमले बताए । सामुदायिक वनसँगको सहकार्यमा जलथल र मागुरमाडी वनमा हात्तीले मन पराउने वनस्पति लगाउन थालिएको प्रमुख गौतमले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरातो कारमा ल्याइएको १ सय ९० केजी गाँजा सशस्त्र प्रहरी सुनसरीद्धारा बरामद
पुष २, २०८१ मंगलबार
महारानीझोडामा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण शुभारम्भ
मंसिर २४, २०८१ सोमबार
दमकमा बन्यो एक अर्ब ४५ करोडको १८ तले भवन, भोलि प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
मंसिर २२, २०८१ शनिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार