प्रधानमन्त्री प्रचण्डले किन दाेहोर्याए श्रेष्ठलाई योजना आयोगमा ?
नेपालबहस संवाददाता
माघ ९, २०७९ सोमबार २०:२२:३२
९ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक क्षेत्रमा मध्यम पहुँच भएका मीनबहादुर श्रेष्ठलाई दोहोर्याएर राष्ट्रिय योजना आयोगमा ल्याएका छन् । श्रेष्ठ सोमबार उपाध्यक्षमा नियुक्त पनि भइसकेका छन् । प्रधानमन्त्री प्रचण्डले श्रेष्ठलाई राष्ट्रिय योजनाको उपाध्यक्षमा नियुक्त गरेर पद तथा गोपनियताको शपथग्रहण पनि गराएका छन् ।
नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकका रूपमा काम गरिसकेका श्रेष्ठ म्याग्दीका स्थायी बासिन्दा हुन् । उनी यसअघि पनि प्रचण्ड प्रधानमन्त्री हुँदा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनाइएका थिए । विकास योजना निर्माण तथा नीति तर्जुमा गर्ने उपल्लो निकायका रुपमा रहेको उपाध्यक्ष पद निकै जिम्मेवारपूर्ण भएपनि पछिल्लो समय सरकारको सेतो हाती बन्दै गएको आयोग विज्ञ थन्क्याउने डम्पिङ जस्तै भएको छ ।
योजना आयोगले बृहत योजना र आयोजनाको तर्जुमा गर्नुपर्ने भएकाले यसमा प्रधानमन्त्रीले आफु अनुकुलका व्यक्तिलाई ल्याउने प्रचलन पनि छ । विकास निर्माणमा सरकारले आफ्ना प्राथमिकता निर्धारण गर्न, योजना बनाउन र त्यसको कार्यान्वयनमा सघाउन आफू अनुकुल हुनेगरी योजना आयोगको उपाध्यक्ष र सदस्य नियुक्त गर्ने परम्परा छ । विकास सम्बन्धी नीति र कार्यक्रम कार्यान्वयनका लागि सहजीकरण गर्ने मुख्य जिम्मेवारी यसको हो । तर, आयोगले गरिरहेका कामको प्रभावकारिताबारे लगातार प्रश्न उठिरहेका छन् ।
योजना आयोगले परिकल्पना गरेको उपाध्यक्ष भनेको समग्रमा विज्ञता नै हो । जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतको शुक्ष्म विषयहरुमा दक्षता राख्न सकोस । अहिले समय बदलिएको पनि छ । विश्वमा उदाएका राष्ट्र र संस्था हाम्रो जस्ता मुलुकका दाता हुँदै गएका छन् । उनीहरुप्रति निर्भर बन्दै गइरहेका छन आन्तरिक र बाह्य अर्थतन्त्रका स्रोतहरु पनि । १० औँ पञ्चवर्षीय योजनाभन्दा पछाडी राष्ट्रिय योजना आयोगले के गर्दैछ भन्ने जानकारी आर्थिक क्षेत्रका विज्ञले पनि नपाइरहेको अवस्था छ यति बेला ।
निकै ठूलो आर्थिक क्रान्तिको उदेश्य बोकेर प्रधानमन्त्री भएका प्रचण्डले मध्यमार्गी श्रेष्ठलाई उपाध्यक्षमा दोहोर्याएका छन् । तर, उनी पहिले प्रधानमन्त्री भएकोभन्दा समय र परिस्थितिमा धेरै परिवर्तन भइसको छ । राष्ट्रिय योजना आयोगले तयार गरेको दीर्घकालीन सोचसहितको १५औँ योजनाभित्र अहिले नेपाल चलिरहेको छ । जसको आधारपत्रले विसं २०९९ सम्ममा नेपाललाई समुन्नत राष्ट्रको स्तरमा पुर्याउने लक्ष्य लिएको थियो । तर, योजनता कता छ र के हुँदैछ पत्तो छैन् ।
मुलतः नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकारले बनाएको नारा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय लक्ष्यलाई सार्थक बनाउन यो ५ वर्षे दीर्घकालीन योजना तयार गरिएको थियो। आर्थिक वर्ष २०७६ र ७७ देखि २०८० र ८१ सम्म छ यो योजनाको समय । यसले मुलुकको प्रतिव्यक्ति आय १२ हजार ५०० अमेरिकी डलरमा पुर्याउने सोच रखेको हो । हाल मुलुकको प्रतिव्यक्ति आय र कूल ग्राहस्थ उत्पादनको स्थिति हेर्दा सम्भव देखिदैन ।
खासगरी अन्तराष्ट्रिय दातृ निकाय र देशहरुसाँगको सम्बन्ध पनि योजना आयोगको नेतृत्वले खोज्छ । अन्यथा प्रधानमन्त्री, मन्त्री, सम्बन्धित मन्त्रालय, प्रदेश तह, स्थानीय तह हुँदै निजी, सामुदायिक तथा बौद्धिक क्षेत्रसँग परामर्श गरेर बनाएको योजना काम लाग्दैन् । योजना तिनै बन्ने हुन पहिले जसरी बनाइएको थिए । आर्थिक उद्योग, वाणिज्य, आपूर्ति,पर्यटन, पूर्वाधार, कृषि तथा प्राकृतिक स्रोत व्यवस्थान, सामाजिक, पूर्वाधार, लोकतन्त्र र सुशासन तथा अन्तरसम्बन्धित विषयको सोच, लक्ष्य र रणनीति लहड र अवेगमा मात्र बन्दैन् ।
आफु अनुकुल खोज्दा विषयगत सोच, लक्ष्य र रणनीति प्रस्ताव प्राथमिकतामा नरेका धेरै उदाहरण पनि छन् । यसैले राष्ट्रिय योजना आयोगको विकल्प खोजिएको हो । यसको बहस भएको तीन दशकभन्दा बढी भइसकेको छ । २०४७ सालपछि आर्थिक रुपान्तरणको पहिलो चरण भनेर शुरु भएको उदारीकरण र निजीकरणपछि यसको भूमिका हेरफेर गर्नुपर्ने र पुनर्संरचना गर्ने विषय उठ्न थालेको थिए । अहिलेसम्म भएका छैनन् । र राष्ट्रिय योजना आगोयकाबारे अहिले तत्काल सोच्नुपर्ने विषय पनि यही छ । तर, यसमा प्रधानमन्त्री र नयाँ उपाध्यक्षले कति बुझेका छन यसै भन्न सकिने अवस्था छैन् ।
शुशिल कोइराला प्रधानमनत्री भएको तत्कालिन सकारमा आयोग खारेजीकै विषयसमेत जोडतोडले उठेको थियो । यो बहस पछि बिस्तारै पुनर्संरचना र आयोगको काम, कर्तब्य र अधिकार पुनःपरिभाषित गरिनुपर्नेतर्फ मोडेर पछि आएका उपाध्यक्षहरुले जागिर खाने काम गरे । जुन अहिले पनि सोच्न आवश्यक छ । योजना आयोगको सान्दर्भिकता, आवश्यकता र औचित्य समायानुकल परिमार्जन गर्नुपर्ने अवस्था छ ।
यसमा परिवर्तन र परिमार्जन नगरी प्रधानमन्त्री संघीयता त के केन्द्रिकृत संरचनाको नियन्त्रणमुखी भूमिका निभाउन पनि सक्षम हुने छैनन् । १५ औँ पछि योजना निर्माणमा बृहत परिवर्तनको आवश्यकता छ । अब ७० को आसपासमा रहेको राष्ट्रिय योजना आयोगबाट कुनै पनि योजनाले लक्षित उद्देश्य हासिल गर्न सक्ने देखिदैन् । अब विगतका आवधिक योजना यथार्थपरक थिए कि थिएनन् ? या हचुवाका भरमा महत्वाकांक्षी योजना बनाइयो भन्नेतर्फ जाने समय भइसकेको छ । यी विषयमा अहिले प्रधानमन्त्रीले ल्याएका उपाध्यक्षले कति कल्पना गरेका छन् । यो उनको आगामी कामले बताउँला ।
प्रधानमन्त्री प्रचण्डले श्रेष्ठलाई आयोगमा ल्याउनुका पछाडी केही रणनीतक कामको उदेश्य भएको अनुमान पनि गरिएको छ । उनले पहिले प्रधानमन्त्री हुँदा जस्ता खालका योजना र कार्यक्रम बनाउन चाहेका थिए त्यो पुरा नभएकाले त्यसैलाई निरन्तरता दिन पनि ल्याएको कतिपयको अनुमाान छ । संयुक्त सरकारले बजेट बनाउँदा एमाले हावी हुने र त्यसमा आफ्ना याजनानपर्ने भएकाले आफुलाई बुझेको व्यत्तिलाई उनले लिएको हुनुपर्छ । तर, नेपालमा योजना आयोग र त्यहाँ जान रुचाउनहरुको औचित्य भने सावित हुन सकिरहेको छैन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार