सक्छौ निगम सुधार गर, सक्दैनौं राजीनामा देउः पर्यटनमन्त्री
नेपालबहस संवाददाता
माघ ९, २०७९ सोमबार २२:२१:३४
९ माघ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल वायुसेवा निगमले मात्र सधैं घाटामा गइरहनुपर्ने कारण माग्दै सञ्चालक समितिमा रहेका सदस्यसहित कार्यकारी अध्यक्षलाई नाफामुलक संस्था बनाउन नसक्ने भए राजीनामा दिन भनेका छन् । उनले सरकारी स्वामित्वको निगमभित्र बसेर खाने कामभन्दा पनि घिच्ने काम भएको भन्दै एक महिनाभित्र नाफामा लान सक्ने गर्न, नसके राजीनामा दिएर घर जान कर्मचारीहरूलाई चेतावनी दिएका छन् ।
उनले कर्मचारी प्रसासनसँग हरेक दिनको विवरण आफुलाई पठाउन निर्देशन दिएका छन् । सोमबार मन्त्रीका लागि निगम व्यवस्थापनले आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री किराँतीले आफ्ना जहाजहरुको अवस्थाबारे जानकारी नराख्ने प्रशासन र कर्मचारीलाई पालेर राख्नुपर्ने बाध्याता नरहने बताए । उनले जहाज डिले भएको रिपोर्ट हरेक दिन मन्त्रालयमा पेस गर्न निर्देशन दिए ।
कुन जहाज, कति बजे, कहाँ डिले भयो रु भन्नेबारे रिपोर्ट आफूलाई हरेक दिन बुझाउन निगमका पदाधिकारीलाई मन्त्री किराँतीले निर्देशन दिँदै निगमको समस्या समाधान हुने गरी बिजनेस प्लान तत्काल बनाएर आफू समक्ष पेस गर्न पनि निगम पदाधिकारीलाई सचेत गराए । नेपाल वायुसेवा निगमलाई गौरवको विषय बनाउने गरी तत्काल कार्ययोजना बनाउनुपर्ने र त्यसो गर्न नसक्ने हो भने निगम पदाधिकारीहरुले तत्काल राजीनामा दिनुपर्ने मन्त्री किराँतीको सर्त छ ।
किरातीले भने, ‘अब बिजनेस प्लान चाहियो । प्रत्येक दिन यहाँको रिपोर्ट हामीलाई मन्त्रालयमा चाहिन्छ । कुन जहाज, कहाँ, कति मिनेट, कति घण्टा डिले भयो रु किन भयो रु कुन जहाज कहाँ, कहिले, कसरी त्यसको चक्का हरायो, मुसाले तार काट्यो रु त्यो रिपोर्ट हामीलाई चाहिन्छ ।हामीले पनि त जवाफ दिनुपर्यो । बेलुका हामीलाई सोध्छन् मान्छेले । मन्त्रालयबाट फर्कँदा म जहाजको रिपोर्ट हेर्दै फर्कन्छु । म ढिलो फर्कन्छु कहिलेकाहीँ त ११ पनि बज्दैछ ।’
उनले आजसम्म जे जे भयो भइसक्यो अब आइन्दा त्यस्तो हुनै छैन, कार्ययोजना, कार्यक्रम लिएर यसलाई साँच्चै गौरवको विषय बनाउन प्लान चाहिने बताए । उनले यति एयरलाइन्स, सीता र बुद्ध एयरले गर्नसक्ने काम नेपाल एयरलाइन्सले किन गर्न नसक्ने भन्दै प्रश्न गरेका थिए ।उनले पटक पटक काम गर्न नसक्नेले राजीनामा दिनुपर्ने दोहोर्याए ।
मन्त्री किराँतीले १ महिनाभित्र अनलाइन टिकट पाउने गरी आवश्यक व्यवस्था मिलाउन निगमलाई निर्देशन पनि दिएका थिए । त्यसका लागि आवश्यक नीतिगत व्यवस्था आफूहरुले तत्काल गरिदिने पनि उनको भनाइ थियो । मन्त्री किराँतीले निगमलाई मान्छेहरुले घृणा गर्ने गरेको टिप्पणी गर्दै त्यसलाई असफल बनाउने छुट कसैलाई पनि नभएको बताएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल एयरलाइन्सले रुट अनुसार अन्तर्राष्ट्रिय उडानमा २५०० देखि ५ हजारसम्म घटायो भाडा
मंसिर ६, २०८१ बिहिबार
अन्तरदेशीय उडानको प्रतीक्षामा पोखरा विमानस्थल
मंसिर ५, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार