व्यापार घाटा ७ खर्ब ११ अर्बभन्दा माथि, सुन खरिदमै बाहिरियो २९ अर्ब २० करोड
नेपालबहस संवाददाता
माघ १०, २०७९ मंगलबार १६:२२:२९
१० माघ, काठमाडौं । निर्यात घटेर अयात बढ्दा ६ महिनामा नै व्यापार घाटा अकासिएको छ । निर्यातभन्दा आयत उच्च दरले बढेका कारण व्यापार घाटा बढेको हो । चालु वर्षको ६ महिनामा आयात व्यापार २०.६८, निर्यात व्यापार ३२ र व्यापार घाटा १९.१५ प्रतिशत रहेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ६ महिनामा ७ खर्ब ९२ अर्ब ६६ करोड रुपैयाँ बराबरको आयात भएको छ । जब कि यही अवधिमा जम्मा ८० अर्ब ८० करोड रुपैयाँको मात्रै निर्यात भएको छ ।
६ महिनामा २९ अर्ब २० करोडको सुन आयात भएको विभागले जनाएको छ । यही अवधीमा इन्धनको आयात भने घटेको छ । भारतमा भन्दा नेपालमा पेट्रोल र डिजेल महंगिएपछि वीरगन्ज नाका हुँदै दुवै इन्धनको आयात घटेको छ । भन्सार कार्यालयको तथ्यांक अनुसार गत आर्थिक वर्षको पुस मसान्तको तुलनामा चालु आर्थिक वर्षको पुस मसान्तसम्म वीरगन्ज नाका हुँदै डिजेलको आयातमा ३३ र पेट्रोलको आयातमा ६ प्रतिशतले गिरावट आएको छ ।
६ महिनामा आयात र निर्यात दुवै घटेको विभागको भनाइ छ । गत आर्थिक वषमा ९ खर्ब ९९ अर्ब ३४ करोडको आयात भएकामा यो वर्षको ६ महिनामा २०.६८ प्रतिशतले घटेको छ । गत वर्षमा १ खर्ब १८ अर्ब ८५ करोडको निर्यात भएकामायो वर्षको पहिलो ६ महिनामा ३२.०१ प्रतिशतले घटेको छ । ६ महिनामा मुलुकको व्यापार घाटा ७ खर्ब ११ अर्ब ८५ करोड पुगेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १९.१५ प्रतिशतले कम हो ।
गत वर्षको पहिलो ६ महिनाको व्यापार घाटा ८ खर्ब ८० अर्ब ४९ करोड रुपैयाँ थियो । विलासिताको वस्तुसँगै कृषिजन्य वस्तुको समेत आयात बढ्दा व्यापार घाटा उच्च देखिएको हो । विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि सरकारले गत वैशाख १३ देखि मदिरा, तास, महँगा मोबाइल, टीभी, मोटरसाइकललगायत १० वस्तुको आयात बन्देज गरेको थियो । मुद्रा सञ्चितिमा झिनो सुधार आएपछि गत मंसिर मसान्तदेखि भने आयात खुला गरेको थियो ।
६ महिनामा २९ अर्ब २० करोडको सुन आयात हुँदा परिमाणमा आयात वृद्धि नभएपनि रकम भने अस्वाभाविक रूपमा बढेको देखिएको छ । चौथो नम्बरमा खाना पकाउने एलपी ग्यास २८ अर्ब २० करोड रुपैयाँको आयात भएको छ । भटमासको तेल कच्चा आयातमा २३ अर्ब ७५ करोड रुपैयाँ बाहिरिएको छ । शुद्ध फलाम आयातमा १९ अर्ब २२ करोड रुपैयाँ बाहिरिएको छ । ६ महिनामा १६ अर्ब २२ करोडको कच्चा पाम तेल र १४ अर्ब ३२ करोडको मोबाइल टेलिफोन आयात भएको छ ।
निर्यातको हकमा सबैभन्दा अगाडि प्रशोधित पाम तेल नै छ । ६ महिनामा १३ अर्ब ८ करोड रुपैयाँको निर्यात भएको छ । दोस्रो नम्बरमा भटमासको प्रशोधित तेल ८ अर्बको निर्यात भएको विभागको तथ्यांक छ । मुलुकको समग्र व्यापार खाने तेल (भटमास, सनफ्लावर, पाम) ले धानेको देखिएको छ । कच्चा पदार्थको आयातमा छुट र निर्यातमा प्रोत्साहन पाएको यी वस्तुले समग्र निर्यात–आयात व्यापारलाई बढाइदिएको छ ।
व्यापार घाटा बढ्नुको प्रमुख कारण उत्पादन र उत्पादकत्व बढाउन नसक्नु हो । तुलनात्मक लाभका वस्तुलाई रणनीतिक रूपमा अघि बढाउन नसक्दा पनि घाटा बढेको हो । आयात हुने वस्तुमध्ये सबैभन्दा अगाडि डिजेल रहेको विभागको तथ्यांक छ । ६ महिनामा ७० अर्ब १० करोडको डिजेल आयात भएको छ । दोस्रोमा पेट्रोल ३३ अर्ब ५३ करोडको आएको छ । इन्धन तथा विलासिताका वस्तुको आयात पनि अस्वाभाविक रूपमा बढेको छ । विलासिताकै वस्तुको सूचीमा रहेको सुन पनि अस्वाभाविक रूपमा आयात भएको देखिन्छ ।
यद्यपी भारतमा भन्दा नेपालमा पेट्रोल र डिजेल महंगिएपछि वीरगन्ज नाका हुँदै दुवै इन्धनको आयात घटेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्म यो नाकाबाट ५१ अर्ब ६५ करोड ९५ लाख १८ हजार रुपैयाँँ बराबरको ४ लाख ९ हजार ५ सय ४६ किलो लिटर डिजेल आयात भएको छ । जवकि गत आर्थिक वर्षको यसै अवधिमा ४४ अर्ब ४१ करोड ८१ लाख ३५ हजार रुपैयाँँ बराबरको ६ लाख १४ हजार ३ सय ४९ किलो लिटर डिजेल आयात भएको थियो ।
त्यसैगरी, चालु आर्थिक वर्षको पुस मसान्त सम्ममा यो नाका हुदै १९ अर्ब ३१ करोड ४९ लाख २१ हजार रुपैयाँ बराबरको १ लाख ९२ हजार ६ सय ३९ किलोलिटर पेट्रोल आयात भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा १६ अर्ब १२ करोड ९ लाख १६ हजार रुपैयाँ बराबरको २ लाख ५ हजार २ सय ५२ किलोलिटर पेट्रोल आयात भएको थियो ।
मुलुकमा वर्षेनि मोटर साइकल, जिप, कार, भ्यान तथा बस–ट्रक जस्ता सवारी साधनको संख्या बढ्दो क्रममा छ । यस्तो अवस्थामा अचानक इन्धनको आयात घट्नुले भारततर्फ हुने तस्करी घटेको बताइन्छ । वीरगन्ज नाका इन्धन आयात हुने मुलुककै मुख्य नाका हो । डिजेलको ठूलो हिस्सा पेट्रोलियम पाइपलाइनबाट आयात हुन्छ भने पेट्रोल ट्यांकरबाट आयात हुन्छ ।
हाल वीरगन्जको सीमावर्ती भारतीय बजार रक्सौलमा पेट्रोलको प्रति लिटर मूल्य १ सय ७४ रुपैयाँ ७२ पैसा (नेरु) र डिजेलको प्रति लिटर मूल्य १ सय ५३ रुपैयाँ ३९ पैसा (नेरु) रहेको छ । यता वीरगन्जमा पेट्रोल प्रति लिटर १ सय ७५ रुपैयाँ ७५ पैसा र डिजेल प्रति लिटर १ सय ७२ रुपैयाँ ७५ पैसा रहेको छ । भारतमा इन्धनको मूल्य बढेपछि नेपालभन्दा भारतमा डिजेल करिब २० रुपैयाँ महगो भएको हो । हाल दुवै मुलुकमा पेट्रोलको मूल्यमा करिब १ रुपैयाँ मात्र अन्तर छ । भारतभन्दा नेपालमा पेट्रोल करिब १ रुपैयाँ महगो छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार