सहमती जुटाएर विद्यालयमा विद्यार्थीले लगाएको ताला खोलियो
नेपालबहस संवाददाता
माघ १०, २०७९ मंगलबार १७:४२:१९
१० माघ, खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित ज्योती माबिमा विद्यार्थीले लगाएको ताला खोलिएको छ । गत पुस १७ गतेदेखि बिदा दिइएको विद्यालय माघ ३ गतेदेखि खुले पनि प्रअ रामदेव यादव सहित पाँच शिक्षक अनुपस्थित भएको भन्दै छात्र÷छात्राले पुष ५ गते लगाएको ताला सोमबार खोलिएको हो ।
नगरपालिकाका सामाजिक विकास समितिका संयोजक रुद्र कुमार राई, शिक्षा शाखा प्रमुख पदम कार्की, वडाध्यक्ष अनिश कार्की, व्यवस्थापन समिति, शिक्षक अभिभाबक संघ, अभिभाबक लगायतको छलफलबाट सहमती जुटाएर विद्यालयको ताला खोलिएको हो । ताखा खोलिएपछि विद्यालयको पठनपाठन नियमित रुपमा सुचारु भएको वडाध्यक्ष कार्कीले बताए ।
हिउँदे बिदा सकिएर बिद्यालय खुल्दासम्म पनि उपस्थित नहुने प्रअ यादव, शिक्षक रञ्जन नेपाल, अम्बिरलाल ठाकुर, जिबछ यादब र बदन हास्दालाई वडा शिक्षा समितिले तीन दिनभित्र लिखित स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ ।
चित्तबुझ्दो जवाफ नआए कानुन अनुसार कारबाहीका लागि सिफारिस गर्ने निर्णय भएको वडाध्यक्ष कार्कीले बताए । पटक–पटक विद्यालयमा लापरबाही गरेकाले प्रधानाध्यापक यादबलाई भने कारबाहीका लागि सिफारिस गरिएको छ । कसैलाई जानकारी नगराइ र लिखित रुपमा निमित्त प्रधानाध्यापक नदिइ विद्यालयबाट पटक–पटक बेखबर बनेकाले यादवमाथि कारबाहीको लागि सिफारिस गरिएको हो ।
वडा शिक्षक समितिले गरेका कतिपय निर्णय पालना नगरेको प्रअ यादवमाथि आरोप छ । प्रधानाध्यापक र शिक्षकलाई नगरपालिकाबाट पनि स्पष्टीकरण सोधिने शिक्षा शाखा प्रमुख कार्कीले बताए । प्रअ यादवले राष्ट्रिय परिक्षा बोर्डको कार्यालय लाहान पुगेर कक्षा ११ को परिक्षा फर्म र कक्षा १२ को राजस्व बुझाउने काम लिएर घर गएकाले विद्यालय फर्कन ढिलाइ भएको प्रतिक्रिया दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रदेश क्षेत्रका गरिब तथा जेहेन्दारलाई शैक्षिक सामग्री
कात्तिक २६, २०८१ सोमबार
सकियो एकेडेमिक इनाभेसन इन इण्डष्ट्री विषयमा एकदिवसीय सेमिनार
असोज १७, २०८१ बिहिबार
गर्मी बढेपछि महोत्तरीका विद्यालय धमाधम बन्द
असोज ८, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
अडानीलाई केन्यामा झट्का, एक अर्ब ८२ करोड डलरको सम्झौता रद्द
मंसिर ८, २०८१ शनिबार
काठमाडौं उपत्यकाको बागमती कोरिडोर क्षेत्रको बाढीबस्तीमा सरकारको अझै पुगेन ध्यान
मंसिर ८, २०८१ शनिबार
विभिन्न कार्यक्रमहरु गरी गरिमा विकास बैंकले मनायो १८औं वार्षिकोत्सव
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार