झट्ट हेर्दा नेपाल आर्मी जस्तै ! मधेसमा छोरीप्रतिको दृष्टिकोणमा नै परिवर्तन

नेपालबहस संवाददाता
माघ १०, २०७९ मंगलबार १८:११:३८

♦ विशाल बस्नेत
१० माघ, महोत्तरी । दाइजो प्रथाको विकराल समस्या यथावत रहँदा छोरीहरुलाई विद्यालय नपठाउने, बालविवाह गरिदिनेजस्ता प्रवृत्तिले मधेश प्रदेशका गाउँहरु अझै आक्रान्त छन् । तर, पछिल्लो समय महोत्तरीमा कैद गरिएको एक तस्बिरले भने छोरीप्रतिको जिम्मेवारीलाई अभिभावकहरुले महसुस गरेको देखिन्छ ।
पत्रकार राजकरण महतोले खिचेको एनसीसी तालिममा सहभागी विद्यालय पढने छोरीहरुको तस्बिर नेपाल आर्मीको नोमिनेसनमा परेपछि मधेशमा छोरीप्रतिको दृष्टिकोणमा नै परिवर्तन विश्लेषण हुन थालेको छ ।
तस्बिरमा अधिकाशं छोरीहरुले सैन्य पोसाक पहिरिएका छन् । विद्यालयमा कक्षा लिइरहेका छात्राहरुको यो तस्बिर झट्ट हेर्दा नेपाल आर्मीको जस्तै लाग्छ । अनुशासित, सौम्य, उत्सुकता, प्रतिबद्धता व्यक्त गरेको जस्तो देखिने तस्बिरले सबैको ध्यान तानेको छ ।
तस्बिर खिच्ने पत्रकार राजकरण महतोले लेखेका छन्, ‘महोत्तरीको बर्दिवास नगरपालिका–९ पशुपतिनगरस्थित राष्ट्रिय मावि पशुपतिनाथ बनरझुल्लामा खिचेको तस्बिरले छोरीहरुमा राष्ट्रिय भावना मात्रै जगाएको छैन, घरभित्रको अँध्यारो जीवनबाट निस्किएर उज्यालो संसारमा आउन उक्साएको छ ।’
तस्बिरवाट प्राप्त पुरस्कारकोे हकदार मधेशका सबै अभिभावक र छोरीहरु भएको भन्दै खुसी व्यक्त गर्दै उनले भनेका छन्, ‘विद्यालय ज्ञानको मन्दिर मात्रै होइन, राष्ट्र भावना विकास गर्ने पुञ्ज पनि हो । त्यसैले हरेक छोरी विद्यालय जानैपर्छ ।’
मधेशमा छोरीहरु दाइजो र घरेलु हिंसाको चरम शिकार हुनुपरेको छ । पछिल्लो महोत्तरीकै नेहा चौधरीको घटनाले देशकै ध्यान खिचेको थियो ।
शिक्षित छोरीले आफुमाथि भएको दमनलाई प्रतिकार गरेको घटना बाहिरिए पनि लुकेका र लुकाइएका कयाँै घटनाहरुले छोरीहरु अहिले पनि दिनहुँ प्रताडित बनिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपठनपाठन अवरुद्ध गरी कक्षा कोठामा धार्मिक प्रवचन, विद्यार्थीद्वारा विरोध
फागुन १४, २०८१ बुधबार
वरिष्ठ पत्रकार आशुतोष झालाई विशेष सम्मान
फागुन १०, २०८१ शनिबार
ट्राफिक सचेतनाका लागि महोत्तरीमा एक हजार साइकलको सडक यात्रा
फागुन ८, २०८१ बिहिबार
भारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
भद्रपुर झापा गोल्डकप : झापा–११ फाइनलमा प्रवेश
फागुन १४, २०८१ बुधबार
राजदूत नेपालद्वारा स्पेनका राजासमक्ष ओहदाको प्रमाणपत्र पेस
फागुन १४, २०८१ बुधबार
पाल्पामा जन्मिएका मगर बेलायत ननिटनको मेयरमा मनोनीत
फागुन १४, २०८१ बुधबार
महाशिवरात्रिः राष्ट्रपति पौडेलले गरे पशुपतिनाथको दर्शन
फागुन १४, २०८१ बुधबार
जनकपुरधाममा लक्ष्यको तुलनामा कम धान खरिद
फागुन १४, २०८१ बुधबार
उपत्यकाबाहिरका शिवालयमा पनि भक्तजनको घुइँचो
फागुन १४, २०८१ बुधबार