शुभम् पावरले सर्वसाधारणका लागि माघ १८ गतेदेखि आईपीओ निष्कासन गर्दै

नेपालबहस संवाददाता
माघ १०, २०७९ मंगलबार २०:४६:१८

१० माघ, काठमाडौं । शुभम पावर लिमिटेडले माघ १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ४ लाख ८१ हजार ८२२ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि उक्त आईपीओ बिक्री खुला गर्न लागेको हो ।
कम्पनीले १० प्रतिशले हुनआउने ५८ हजार ५८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई खुला गरिसकेको र ५ प्रतिशतले हुनआउने २९ हजार ३० कित्ता सामूहिक लगानी कोषमा बाँडफाँट गरिसकेको छ । यसैगरी ११ हजार ६१० कित्ता कर्मचारीहरुका लागी छुट्याएको छ।
यस कम्पनीमा आवेदकले न्यूनतम १० कित्ता देखी अधिकतममा ५ हजार कित्ताका लागिसम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ।
उक्त सेयरमा माघ २२ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्म सबै शेयर बिक्री नभएमा निष्कासन अवधि फागुन ३ गतेसम्म लम्बिनेछ।
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेका सम्पूर्ण लगानीकर्ताले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू तथा सिडिएस एण्ड क्लियरिङबाट निर्माण तथा सञ्चालन गरिएको अनलाइन सफ्टवेयर मेरो सेयर प्रयोग गरी सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
कम्पनीको आईपीओलाई रेटिङ एजेन्सी केयर नेपालले ‘केयर एनपी डबल बी प्लस’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ आज बाँडफाँट गरिने
फागुन १२, २०८१ सोमबार
‘सानिमा फ्लेक्सि फन्ड’ मा आवेदन दिने समय फागुन २० गतेसम्म लम्बियो
फागुन ११, २०८१ आइतबार
दाउन्ने ‘एग्रो फार्म’ १० करोडको ‘शेयर’ जारी गर्दै
पुष १९, २०८१ शुक्रबार
अमेरिकामा ५० लाख डलर तिरेर नागरिकता पाउने अफर : यो एउटा बाटो हो, गन्तव्य होइन !
फागुन १४, २०८१ बुधबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
ईशानेश्वरमा रातभर उभिएर ठाडो बत्ती बाल्दै सयौं दम्पत्ति
फागुन १४, २०८१ बुधबार
रेणुका नगरकोटी बनिन् उत्कृष्ट खेलाडी
फागुन १४, २०८१ बुधबार
अमेरिका–युक्रेन खनिज सम्झौतामा के-के कुरा समेटिएको छ ?
फागुन १४, २०८१ बुधबार
शुक्रबार अमेरिकामा ट्रम्पसँग भेट्दै जेलेन्स्की, भविष्यको सहयोगबारे छलफल गर्ने
फागुन १४, २०८१ बुधबार
बाटो खन्नेक्रममा ढुंगा खसेर स्काभेटर चालकको मृत्यु
फागुन १४, २०८१ बुधबार
नेपालमा बीवाईडी हाई–टेक विकको शुभारम्भ, यस्ता छन् नयाँ मोडेलका कार
फागुन १४, २०८१ बुधबार