ग्लोबल नेपाली फिल्म अवार्डको छैठौं संस्करण अमेरिकाको न्युयोर्कमा हुने
नेपालबहस संवाददाता
माघ १०, २०७९ मंगलबार २२:३:३७
१० माघ, काठमाडौं । आफ्नै नाम, शान र पहिचान सहित सम्पन्न भएको‘पाँचौ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड’को पाँचौ संस्करण २०२२ को समापन तथा विभिन्न कारणले अवार्ड कार्यक्रममा उपस्थित हुन नसकी अवार्ड लिन नसकेका चलचित्रकर्मीहरुलाई अवार्ड वितरण कार्यक्रम काठमाडौंमा भव्यताको साथ सम्पन्न भएकोछ।
संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यको डेनभर शहरमा आयोजना गरिएको उक्त अवार्ड सभ्य तथा भब्यताको साथ सम्पन्न भएको थियो । बिगत ५ बर्ष देखि चलचित्रकर्मीहरुलाई सम्मान पुरस्कार र प्रोत्साहन गर्ने हेतुले ‘ग्लोबल नेपाली फिल्म अवार्ड’को आयोजना गरिदैं आएको उक्त अबसरमा ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष नबराज श्रेष्ठले बताएका छन् ।
‘नेपाली सिनेमा भिलेज टु ग्लोब’ भन्ने नारा लिएर अघि बढेको ग्लोबल नेपाली फिल्म अवार्डले प्राबिधिक कारणले अवार्ड कार्यक्रममा भाग लिन अमेरिका जान नपाएका तर अवार्ड बिजेता चलचित्रकर्मी, संचारकर्मी तथा स्पोन्सरहरुलाई अवार्ड सम्मान तथा मायाको चिनो प्रदान गरिएको नेपाल फिल्म सोसाईटीका अध्यक्ष कृष्ण मल्लले जानकारी गराएका छन् ।
अवार्ड समापन कार्यक्रममा प्रदेश सभा सदस्य माननीय मदु कुमार श्रेष्ठ, चलचित्र बिकाश बोर्डका अध्यक्ष भुवन केसी बिशिष्ठ चलचित्रकर्मी तथा कलाकारहरु निर शाह, मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्य, प्रेमराजा महत, रबिन्द्र खड्का, नवल खड्का, मोहन निरौला, शर्मिला मल्ल, बसुन्धरा भुसाल, चैत्य देबी, शर्मिला मल्ल, बिष्णु गोपाल श्रेष्ठ, नारायण प्रधान, अर्जुन जंग शाही, दिनेश डिसी, नारायण पुरी, यज्ञलाल श्रेष्ठ, छविराज जोशी लगायतका व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो।
नेपाली चलचित्रकर्मीहरुलाई सम्मान, पुरस्कार र प्रोत्साहनका साथै बिशुद्द नेपाली सिनेमाको बजार प्रबर्धन, कलाकार पुनर्मिलन र चलचित्र पर्यटन अवार्डका उद्देश्य रहेको ग्लोबल नेपाली फिल्म अवार्डको आयोजना गरिदैं आएको र अब आउदो ग्लोबल नेपाली फिल्मअवार्ड(२०२३ को छैठौं संस्करण संयुक्त राज्य अमेरिकाको न्युयोर्क शहरमा आगामी २०२३ अगष्ट १२ तारिखमा हुने नेपाल फिल्म सोसाईटीका अध्यक्ष कृष्ण मल्लले घोषणा गरेका छन्।
अवार्ड समापन कार्यक्रममा बिशिष्ठ संगीतकार संगीत रत्न शम्भुजीत बास्कोटालाइ लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो। त्यसैगरी हरि बहादुर थापालाइ गेहेन्द्र धिमाल स्मृति अवार्ड, बेष्ट एक्टर अफ द ईयर दिपक राज गिरीलाई प्रदान गरिएको थियो भने चलचित्रकर्मी, संचारकर्मी तथा स्पोन्सरहरुलाई समेत मायाको चिनो प्रदान गरिएको थियो।
‘पाँचौ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड’, ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी, नेपाल फिल्म सोसाइटी र गोल्डेन स्टेट मुभी मेकर एलएलसीको आयोजना तथा ८८४८ मिडिया हाउस एलएलसीले अवार्ड कार्यक्रम संयुक्त रुपमा आयोजना गरेको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
उत्कृष्ट शिक्षा प्रदान गर्ने शिक्षिका सम्मानित
मंसिर १६, २०८१ आइतबार
नेत्रहिन विश्वकप क्रिकेटः सेमिफाइनलमा नेपाल पाकिस्तानसँग पराजित
मंसिर १६, २०८१ आइतबार
साहारा चितवनको रकम ठगीबारे बयान गराउन छबिलाल जोशीलाई चितवन पुर्याइयो
मंसिर १६, २०८१ आइतबार
एघार महिनामा १० लाख ५५ हजार विदेशी पर्यटक भित्रिए
मंसिर १६, २०८१ आइतबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
छत्तीसगढ–तेलंगाना सीमामा भएको मुठभेडमा सात संदिग्ध माओवादी लडाकूको मृत्यु
मंसिर १६, २०८१ आइतबार