बाजुरामा भूकम्पका कारण खसेको ढुंगा लागेर एक जनाको मृत्यु
नेपालबहस संवाददाता
माघ १०, २०७९ बुधबार १:५:२०
१० माघ, धनगढी । मंगलबार दिउँसो बाजुराको हिमाली गाउँपालिका केन्द्र विन्दु बनाएर गएको भूकम्पका कारण बाजुरामा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बाजुराको गौमुल गाउपालिका–२ की जमुना रोकायाको मृत्यु भएको हो । भूकम्पको समयमा माथिबाट खसेको ढुंगा लागि उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले बताए ।
उनका अनुसार गौमुल गाउँपालिका–१ मा भेडा चराउन गएका ३५ वर्षीय राजदल बोहरा पनि ढुंगा लागेर घाइते भएका छन् । उनका ३० भेडा, बाख्रा मरेको सूचना आएको प्रहरी प्रमुख थापाले बताए ।
उनका अनुसार हालसम्म बाजुरामा भूकम्पका कारण ३० घरमा क्षति भएको विवरण प्राप्त भएको छ । जसमा केही घरमा पूर्णरुपमा क्षति पुगेको र केही घरमा आंसिक क्षति पुगेको विवरण आए पनि पूर्ण विवरण नआइसकेको उनले बताए ।
बाजुरामा भएको भूकम्पको क्षतिको विवरण संकलनका लागि जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक किशोर ऐरीको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र पहरी सहितको टोली परिचालन गरिएको छ । भट्ठकम्पका कारण बझाङ र बाजुराका एक सय बढी घरमा क्षति भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोखराबाट घान्द्रुक जाँदै गरेको जीप सडकबाट खस्दा ५ जना घाइते
पुष ४, २०८१ बिहिबार
सिरहामा सडक दुर्घटनामा घट्यो, मृत्यु हुनेको सङ्ख्या बढ्दो
पुष ३, २०८१ बुधबार
मिनी बस दुर्घटना हुँदा २ जनाको मृत्यु, १२ घाइते
पुष १, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
मौसम छल्न आएका ठुलोजलेवा चरा
पुष ५, २०८१ शुक्रबार
गहुँको बीउ नपाएर हैरान भएका किसानलाई राहत
पुष ५, २०८१ शुक्रबार
भक्तपुर अस्पतालमा ‘सिटी स्क्यान’ र ‘मेमोग्राम’ सेवा सञ्चालनको तयारी
पुष ५, २०८१ शुक्रबार
सामुदायिक वनको सामूहिक धानखेती
पुष ५, २०८१ शुक्रबार
आइतबारदेखि मुग्लिन–नौबिसे सडक दिउँसो बन्द हुने
पुष ५, २०८१ शुक्रबार