आइन्दा बोतल र जर्किनमा पेट्रोलियम पदार्थ नबेच्नूः नेपाल प्रहरी
नेपालबहस संवाददाता
माघ ११, २०७९ बुधबार १६:३४:५६
११ माघ, काठमाडौं । नेपाल प्रहरीले इन्धन कारोवारीहरुलाई बोतल र जर्किनमा पेट्रोलियम पदार्थ बिक्री वितरण नगर्न चेतावनी दिएको छ । शरीरमा प्रज्वलनशील पदार्थ खन्याएर आत्मदाह गर्नेहरुको संख्या बढेको भन्दै यसलाई नियन्त्रण गर्न प्रहरीले राष्ट्रव्यापी रुपमा चेतावनीपूर्वक अपिल गरेको हो । प्रहरीको सूचना सार्वजनिक भए लगत्तै कतिपयले सामाजिक सञ्जालमा सस्तो प्रचार भनेर आलोचना पनि गरेका छन् ।
यसअघि पनि खुला रुपमा पेट्रोलियम पदार्थ बिक्री वितरण भएको पाइएको भन्दै प्रहरीले काठमाडौं लगायतका शहरमा कारवाहीको चेतावनीसमेत दिएको थियो । मंगलबार दिउँसो संघीय संसद भवनअगाडि आफैंलाई आगो लगाएर आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको मृत्यु भएपछि प्रहरीको यस्तो चेतावनी आएको हो । यस्ता घटना निरन्तर घट्दै आएका छन् । १८ मंसिरमा बुद्धनगरकी पुष्पा न्यौपानेले पनि आफैंलाई पेट्रोल छर्किएर आत्मदाह गरेकी थिइन् । हालै सिभिल मल अगाडि पनि एक युवकले आफैंलाई जलाएका थिए ।
समाजमा अनेकन विकृति, आर्थिक अभाव र वैदेशिक राजगारबाट उत्पन्न हुने पारिवारिक बेमेलका कारण प्रज्वलन पदार्थ प्रयोग गरेर आत्मदाह गर्नेहरुको संख्या पनि बढ्दै गएको छ । यस्ता घटना बढिरहेका बेला प्रहरीले सार्वजनिक सूचना जारी गर्दै पेट्रोल पम्पहरूबाट खुल्ला रूपमा बोतल, जर्किनलगायतका भाँडोमा पेट्रोलियम पदार्थको बिक्री वितरण भएकोबारे ध्यानाकर्षण भएको जनाएको छ ।
आत्मदाह मात्र नभएर यसरी खल्ला रुपमा यस्ता पदार्थ बच्दा आगलागी, मानवीय र भौतिक क्षतिका साथै सुरक्षा संवेदनशील हुने भएकोले खुला रुपमा बिक्री वितरण नगर्न प्रहरीले सचेत गराउँदै बिक्री गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिएको छ । सुरक्षा संवेदनशीलताको सूचना विपरीत पेट्रोलियम पदार्थको बिक्री वितरण गरिएको पाइएमा प्रचलित कानून बमोजिम हदैसम्मको कानूनी कारबाही हुने सूचनामा उल्लेख छ ।
अति प्रज्वलनशील पेट्रोलियम पदार्थलाई खुला रुपमा बिक्री गर्दा असुरक्षित ओसारपसार गर्दा र घर, पसलमा भण्डारण गर्दा आगलागी हुने र मानवीय एवंम भौतिक क्षतिसमेत हुने भएकोले यो सुरक्षा संवेदनशील विषय भएकोको प्रहरीको भनाइ छ । काठमाडौंमा पछिल्लो समय आत्महत्याका घटना पनि बढिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपझापामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु
मंसिर १२, २०८१ बुधबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
अफगानिस्तानमा गाडी दुर्घटना हुँदा छ जनाको मृत्यु
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
मंसिर १२, २०८१ बुधबार
रास्वपाका नेताहरुले गरेको भाषण उतारेर क्लिपसहित अदालतमा पेश गर्न सर्वोच्चको आदेश
मंसिर १२, २०८१ बुधबार
रोयल इन्फिल्डको क्लासिक ३५० सिग्नल्स एडिसनको मूल्य ५ लाख ५५ हजार: फोटोफिचर
मंसिर १२, २०८१ बुधबार
अब अस्पतालहरू सेवाका आधारमा वर्गीकरण हुन्छन्ः मन्त्री पौडेल
मंसिर १२, २०८१ बुधबार
इजरायल र हिजबुल्लाहले अमेरिकी प्रस्ताव स्वीकार गर्दा बाइडेन खुसी
मंसिर १२, २०८१ बुधबार