आत्मदाहको घटना र कारणबारे राज्य गम्भिर बन्नुपर्छः कोइराला
नेपालबहस संवाददाता
माघ ११, २०७९ बुधबार १७:१०:४३
११ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसद भवन अगाडी आत्मदाहको प्रयासबाट भएको इलामका प्रेमप्रसाद आचायको मृत्यु सामान्य विषय नभएको भन्दै यसप्रति राज्य गम्भिर हुनुपर्ने बताएका छन् । उनले यो घटनाले राज्यलाई लज्जित बनाएको भन्दै यस्तो वातावरण बन्नुको कारण पनि राम्राे नभएको बताएका छन् ।
समाजिक सञ्जालमा नेता कोइरालाले यस्ता घटना सिर्जना हुनुका पछाडी राज्य जिम्मेवार रहेकाले आम नागरिकप्रति राज्यले उत्तरदायित्व विर्सिएको उल्लेख गरेका छन् । उनले अझै युवाले गरेको आत्मदाह र त्यस पछाडिको कारणबारे बहस गर्नुको साटो राजनीतिक दल र नेताहरु सत्ताको लुछाचुडीमा व्यस्त रहनु लज्जास्पद भएको टिप्पणी गरेका छन् ।
यस्तो परिस्थिति दोहोरिन नदिने वातावरणको श्रृजना गर्ने कि सत्ताको अंकगणितमा मै सरकार अल्झिरहने हो सरकारले यसको उत्तर दिनुपर्ने उनको भनाइ छ ।
आत्मदाहको प्रयास गर्ने इलामका ३६ वर्षीय प्रेमप्रसाद आचार्यको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उनको मृत्यु भएको हो । अस्पतालका प्लाष्टिक सर्जरी विभाग प्रमुख किरण नकर्मीले आज बिहान ५ बजे आचार्यको मृत्यु भएको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपझापामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु
मंसिर १२, २०८१ बुधबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
अफगानिस्तानमा गाडी दुर्घटना हुँदा छ जनाको मृत्यु
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
एमालेको जागरणसभा स्थलमा रक्सीका बोलत असरल्ल थिए, फोहोर २ ट्रक भयोः वेस्ट मेनेजमेन्ट
मंसिर १२, २०८१ बुधबार
भरतपुर अस्पतालमा ‘प्ले थेरापी’ सेवा
मंसिर १२, २०८१ बुधबार
चिसोसँगै रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढे
मंसिर १२, २०८१ बुधबार
पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान
मंसिर १२, २०८१ बुधबार
घरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान
मंसिर १२, २०८१ बुधबार