सिर्सिया नदी प्रदुषण नियन्त्रणका लागि उद्योगहरु प्रशोधन केन्द्र स्थापना गर्न तयार

आबिद हुसेन
माघ ११, २०७९ बुधबार १७:४७:३९

११ माघ, बीरगञ्ज । सिर्सिया नदी प्रदुषण नियन्त्रणका लागि ७ दिनभित्र पानी प्रशोधन केन्द्र स्थापना गर्न बीरगञ्ज पथलैया औद्योगिक करिडोरका उद्योगहरु तयार भएका छन् । बीरगञ्ज उद्योग वाणिज्य संघको पहलमा बसेको उद्योगीहरुको बैठकले अबको सात दिनभित्र उद्योगहरुमा अनिवार्य प्रशोधन केन्द्र स्थापना गर्न तयार भएका हुन् ।
बीरगञ्ज महानगरपालिकाले नदी प्रदुषणको मुख्य कारक उद्योगहरु रहेको निष्कर्ष निकाल्दै उद्योगबाट निस्कने फोहोर पानी नियन्त्रण गर्न ताकेता गरेपछि उद्योग वाणिज्यसंघले उद्योगीहरुलाई तत्काल प्रशोधन केन्द्र बनाउन लगाउने निर्णय गरेको हो ।
गएको शुक्रबार उद्योग वाणिज्य संघको सभाहलमा बसेको यस क्षेत्रका उद्योगीहरुको भेलाले उद्योगबाट निस्कने फोहोर पानी प्रशोधन गरेर मात्रै नदीमा विसर्जन गर्ने, प्लान्ट नभएका उद्योगले सात दिनभित्र प्लान्ट निर्माण गर्ने र दैनिक १६ घण्टा बोरिङ चलाएर स्वच्छ पानी नदीमा विसर्जन गर्ने निर्णय गरेको छ ।
सिर्सिया नदी प्रदुषण नियन्त्रण गर्ने जिम्मेवारी आफूहरुको पनि रहेकाले अब हरेक उद्योगले फोहोर पानी सोझै नदीमा फाल्न बन्द गर्न प्रशोधन केन्द्र बनाउन लगाउने निर्णय गरेको उद्योग वाणिज्य संघ वीरगञ्जका अध्यक्ष सुबोधकुमार गुप्ताले बताए ।
बारा पर्साका उद्योगीहरुको सहभागिता रहेको बैठकमा उद्योगीहरुकै सहमतिमा यस्तो निर्णय भएको पनि उनले जानकारी दिए । बैठकमा संघका वरिष्ठ उपाध्यक्ष अनिल कुमार अग्रवाल, उपाध्यक्ष माधव राजपाल, शिवशक्ति प्याकेजिङ, भास्कर हर्बल, एभरेस्ट लेदर, नेपाल लेदरसहित यस क्षेत्रबाट संचालित उद्योगका संचालक तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
बीरगञ्ज महानगरपालिकाको अगुवाईमा सिर्सिया नदी प्रदुषण नियन्त्रण समिति गठन भएर अहिले नदीको स्थलगत अनुगमनको काम अघि बढीरहेको छ । नदी प्रदुषण नियन्त्रणका लागि वीरगञ्ज महानगरपालिकाको नेतृत्वमा गठित समितिमा जितपुर सिमरा उप–महानगरपालिका, परवानीपुर गाउँपालिका, उद्योग वाणिज्य संघ, स्थानीय प्रशासनका पदाधिकारी सदस्य रहेका छन् ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपपठनपाठन अवरुद्ध गरी कक्षा कोठामा धार्मिक प्रवचन, विद्यार्थीद्वारा विरोध
फागुन १४, २०८१ बुधबार
वरिष्ठ पत्रकार आशुतोष झालाई विशेष सम्मान
फागुन १०, २०८१ शनिबार
ट्राफिक सचेतनाका लागि महोत्तरीमा एक हजार साइकलको सडक यात्रा
फागुन ८, २०८१ बिहिबार
भारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
भद्रपुर झापा गोल्डकप : झापा–११ फाइनलमा प्रवेश
फागुन १४, २०८१ बुधबार
राजदूत नेपालद्वारा स्पेनका राजासमक्ष ओहदाको प्रमाणपत्र पेस
फागुन १४, २०८१ बुधबार
पाल्पामा जन्मिएका मगर बेलायत ननिटनको मेयरमा मनोनीत
फागुन १४, २०८१ बुधबार
महाशिवरात्रिः राष्ट्रपति पौडेलले गरे पशुपतिनाथको दर्शन
फागुन १४, २०८१ बुधबार
जनकपुरधाममा लक्ष्यको तुलनामा कम धान खरिद
फागुन १४, २०८१ बुधबार
उपत्यकाबाहिरका शिवालयमा पनि भक्तजनको घुइँचो
फागुन १४, २०८१ बुधबार