जनमत पार्टीले चिसै पानीले नुहाउने !
नेपालबहस संवाददाता
माघ ११, २०७९ बुधबार १९:१३:३८
११ माघ, काठमाडौं । सीके राउतले नेतृत्व गरेको जनमत पार्टीले अन्तत खानेपानी मन्त्रालय नै लिने निर्णय गरेको छ । सत्ता गठबन्धनमा शुरुदेखि नै सहभागी रहेको जनमत पार्टीले उधोग, बाणिज्य तथा आपूर्ति मन्त्रालयको बार्गेनिङ गर्दै बिना विभागीय मन्त्रीका रुपमा शपथ खाएको थियो ।
मन्त्रिपरिषदको दोस्रो बिस्तार हुँदा सो पार्टीलाई खानेपानी मन्त्रालय दिदा राष्ट्रपति समक्ष शपथ खान ईन्कार गर्दै उधोग मन्त्रालय नपाए सत्ताबाट बाहिरीने चेतावनी दिएको थियो । तर उसले मागेको मन्त्रालय एमालेले खोसिदिएपछि की दुई मन्त्रालय दिनु पर्ने की सत्ताबाट बाहिरीने बताउँदै आएको थियो ।
तर आज एमाले अध्यक्ष केपी ओली र प्रधानमन्त्री प्रचण्डसँगको वार्तापछि जनमत पार्टीले खानेपानी मन्त्रालयमै चित्त बुझाउन बाध्य भएको छ । आजै दुई बजे खानेपानी मन्त्रीका रुपमा सो पार्टीका सांसद अब्दुल खानले राष्ट्रपति समक्ष शपथ लिने भएका छन् ।
यसलाई राजनीतिक वृत्तमा जनमत पार्टीले चिसै पानीले नुहाएको भन्दै व्यङग गरिएको छ । पार्टी महासचिव चन्दन सिंहका अनुसार अहिलेलाई खानेपानी मन्त्रालय लिने सहमति भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहिजो सम्भवः नभए पछि रवि लामिछानेलाई आज साँझसम्म काठमाडौं ल्याइने
मंसिर १२, २०८१ बुधबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
स्वयंसेवा तालिमले सहज बन्दै हात्तीपाइलेपीडितको दैनिकी
मंसिर १२, २०८१ बुधबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
गढीमाई मेला भब्य र सभ्य बनाउन मास्टर प्लान बनाईएको छ: नगरप्रमुख उपेन्द्र यादव
मंसिर १२, २०८१ बुधबार
एलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
पूर्वराजा शाह अर्को साता नेपालगञ्ज भ्रमणमा
मंसिर १२, २०८१ बुधबार
मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै
मंसिर १२, २०८१ बुधबार