कांग्रेसलाई बामपन्थीको पीर र सरकारको मात्र चिन्ता छः ओली
नेपालबहस संवाददाता
माघ ११, २०७९ बुधबार २०:१८:९
११ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले देश र जनताको विषयमा कहिल्यै पनि चिन्ता नलिएको बताएका छन् । उनले कांग्रेसलाई बामपन्थी सदैव पीरको विषय बन्दै आएको र सरकारमा कसरी पुग्नेभन्दा अरु कुरामा सोच्न नसकेको बताएका छन् ।
बुधबार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले कांग्रेस जस्तो पार्टीमा देशको विकास जस्ता विषयमा बहस नै हुन छाडेको बताए । पार्टीभित्र जागरुग युवा नेता र राम्रो विज्ञता भएका नेताहरु रहेपनि उनीहरुलेसमेत देशको विकास र आर्थिक मोडलकाबारे कुनैपनि ठाउँमा कुरा नउठाएको दावी गरे ।
उनले देश विकास, संक्रमणकालीन न्यायलाई कसरी टुंगोमा पुर्याउने भन्नेलगायत विषयमा कांग्रेसको महाधिवेशनमा कुरा नउठाइएको र नीति महाधिवेशनसमेत राख्न नसकेको बताए । अध्यक्ष ओलीले भने, ‘कांग्रेसमा विकासबारे कहिल्यै छलफल नै भएन । देशहितबारे केही कुरा नै उठेनन् । खाली पदाधिकारी छान्ने कुरामा सीमित भएको कांग्रेसले नीति महाधिवेशनमा पनि जान नचाहेको देखियो ।’
कांग्रेसमा आफूलाई सचेत भन्ने वर्गले समेत आफ्नो विचार प्रकट गर्न नसक्ने जिकिर गर्दै उनले देशको बारेमा सोचे त्यसको फाइदा वामपन्थीले लिन्छन् भन्ने पीर कांग्रेसका नेता–कार्यकर्तालाई हुने गरेकोले कांग्रेसको नेतृत्वमा सरकार हुँदा विकास नहुने रोग देखिएको बताए । उनले कांग्रेसले आफू सरकारमा हुनु नै विकास ठान्ने गरेको आरोप लगाए ।
ओलीले अहिले कांग्रेसको एउटा मात्रै सूत्र भनेको आफू सरकारमा कसरी पुग्ने भन्ने मात्र भएको भन्दै कांग्रेसको यस्तो गतिविधिले लोकतन्त्रको विकास नहुने बताए । कांग्रेसबाट विस्तारै लोकतन्त्र हराउँदै गएको र उसबाट लोकतन्त्रको रक्षा पनि हुननसक्ने ओलीको टिप्पणी छ ।
उनले चलाखीले व्यक्तिगत चाहना पूरा गर्नेतर्फ लाग्न नभई निष्ठाले देश र जनताका पक्षमा लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन पनि दिए । अरु दलहरुले र ती दलका नेता तथा कार्यकर्ताले आफ्नो मात्र लाभ हेर्ने गरेको अरोप लगाउँदै उनले कार्यकर्ताहरुलाई भने, ‘उनीहरुको देखासिखी गरेर चलाखीले व्यक्तिगत चाहना पूरा गर्नेतर्फ नलाग्नुहोस् ।’
समाजलाई मार्गदर्शन गर्न सक्ने र समाजलाई बदल्न सक्ने राजनीतिक गर्न उनले निर्देशन दिए । एमाले दलबल गर्ने, केही प्राप्ति गर्ने र त्यो बाँडीचुँडी खाने पार्टी नभएको पनि उनले बताए । सामाजिक असन्तुष्टिलाई उपयोग गरेर र मौसमी खालका कुरा गरेर केही दल र नेताहरु ह्वात्त माथि आएको भन्दै उनले उनीहरुको राजनीति अस्थायी रहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिआरआईमा ऋण स्वीकार्न सकिँदैन : महामन्त्री शर्मा
मंसिर ८, २०८१ शनिबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार