अनेरास्ववियुले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा
नेपालबहस संवाददाता
माघ ११, २०७९ बुधबार २१:४६:५१
११ माघ, काठमाडौं । सत्ताबाहिर रहेको नेकपा एकीकृत समाजवादीनिकट भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)ले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ । उसले विभिन्न आरोप र मुद्दा खेपिरहेका गृहमन्त्री लामिछानेलाई कुर्सीमा बस्ने नैतिक अधिकार नभएको भन्दै राजीनामा माागेको हो ।
अनेरास्ववियुले केन्द्रीय कमिटी र पदाधिकारीको बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्दै गृहमन्त्रीको राजीनामा मागेको हो । अनेरास्ववियूले प्रेस विज्ञप्ति सार्वजनिक जारी गर्दै अहिलेको सरकारका मन्त्रीहरु बहुरुपी र बहुरङ्गी भएको आरोप लगाएको छ । कोही मन्त्रीहरु संघीयता खारेजीको वकालत र कोही मन्त्रीहरु काम र परिणामभन्दा पनि मिडिया स्ट्रन्टमा केन्द्रित भएको उसको भनाइ छ ।
हत्या अभियोग लागेका अपराधीहरु संसदीय अभ्यासमा सहभागी भइरहदा खोजि गर्न नसक्नु लाजमर्दो भएको विज्ञप्तीमा उल्लेख छ ।
अनेरास्ववियुले आफ्नै नागरिकता सम्बन्धि प्रश्न उठेका गृहमन्त्री शान्ति सुरक्षाप्रति जवाफदेही हुननसक्ने र राज्यलाई जनउत्तरदायी बनाउन पनि गृहमन्त्रीले राजीनामा दिनुपर्ने भनेको छ । बैठकले मध्यपश्चिम विश्वविद्यालयले चैत्र ३ गते गरेको स्ववियू निर्वाचन घोषणाको स्वागत गर्ने, मंगलबारमात्रै आत्मदाह गरेका प्रेमप्रसाद आचार्यलगायतका विषयमा विभिन्न निर्णय भएको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिआरआईमा ऋण स्वीकार्न सकिँदैन : महामन्त्री शर्मा
मंसिर ८, २०८१ शनिबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार