गैरकानुनी सम्पति लुकाउन रविको नागरिकतालाई नजिर बनाइँदै
केदार भट्टराई (काका)
माघ १२, २०७९ बिहिबार १६:३१:०
१२ माघ, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता प्रकरणलाई नजिर बनाएर गैरकानुनी रुपमा कमाएको सम्पति विदेश लाने चलखेल भइरहेको रहस्य खुलेको छ । अहिले उनको नागरिकताबाट यो नजिर स्थपित गर्न सरकारी संयन्त्रहरुलाई अगाडी सारिएको छ । गृहमन्त्री लामिछानेका पक्षमा फैसला आउने वित्तिकै १० लाख बढीले दोहोरो नागरिकता प्रयोग गर्न पाउने नजिर स्थपित हुने कानुनका जानकारहरु बताउँछन् ।
अहिले रविको नेपाली नागरिकतासम्बन्धी बहस सर्वोच्च अदालतमा जारी छ । एकपटक त्यागेको नागरिकता फेरी लिनुनपर्ने भन्दै सरकारी पक्षले दोहोरो नागरिकता पनि चलाउन सकिने नजिर अदालतबाट स्थापित गराउन खोजिरहेको स्पष्ट नै छ । लामिछानको नागरिकता कुनै छलफलको विषय नै नभएको भन्दै सरकारी पक्षले रिट नै खारेज गर्नुपर्ने माग नै गरेका छन् । तर, यस्तो नजिर बस्दा पर्ने असरबारे कसैले ध्यान दिएका छैनन् ।
संसदबाट नागरिकतासम्बन्धी विधेयक पारित हुन नसक्दा हजारौं नेपाली नागरिकले नागरिकता नपाएको अवस्था विद्यमान छ भने अर्कोतिर दोहोरो नागरिकता भएका विदेशमा बस्ने नेपालीको नागरिकहरुको विषय पनि बहसकै क्रममा छ । यस्तो अवस्थामा कायमै नरहेको नागरिकता प्रयोग गरी पार्टी दर्ता गराएको, प्रतिनिधिसभामा उम्मेदवार बनेको, एकै पटक नेपाल र अमेरिकाको नागरिकता र राहदानी प्रयोग गरेको आरोप लागेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा बहस भइरहेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, प्रतिनिधिसभा, निर्वाचन आयोग र महान्यायाधिवक्ता कार्यालयसमेत लामिछानेको प्रतिरक्षामा कम्बर कसेर लागेका छन । यसको पछाडी अनेकन कारणहरुमध्ये धेरै जसो सरकारी ओहोदामा बसेकाहरुका सन्तान विदेश रहनु र उनीहरुसँग दोहोरो नागरिकता हुनु मुख्य हो । गृहमन्त्री बनेका रवि लामिछानेको नागरिकता प्रकरणबाट यस्तो नजिर बसाउन सके भोलि यसलाई आधार बनाएर दोहोरो नागरिकताको फाइदा उठाउन पाइने भयो । यस्तो नागरिकता भ्रष्टाचार र गैरकानूनी रुपमा कमाएको अकुत सम्पति लुकाउन निकै उपयोग मानिन्छ ।
अर्को डरलाग्दो पक्ष भनेको गैरआवासीय नेपालीहरुसँग भएको दोहोरो नागरिकता हो । यसअघि पटक पटक संसदको राज्य ब्यवस्था तथा सुशासन समितिले गैरआवासीय नेपाली नागरिकता लिने व्यक्तिको पहिलेको नेपाली नागरिकता स्वतः खारेज हुनेगरी नागरिकता विधेयकमा सहमति जुटाउने र क्यान्सिल गर्ने गदै आएको थियो । नागरिकता विधेयकमा पनि यो विषयमा सहमति भइसकेको छैन् । खारेज भएको नागरिकता प्रचलनमा ल्याए कस्तो कारबाही गर्ने भन्ने विषयमा समिति निर्णयमा पुग्न बाँकी नै छ ।
जुन रविको नागरिकता प्रकरणसँग मेल खान्छ । सर्वोच्चले सरकारी पक्षको दवाव र प्रभावमा रविको पक्षमा फैसला दिए गैर आवासीय नेपालीहरुको दोहोरो नागरिकता सम्बन्धमा कुनै बहस गरिहनुपर्ने आवश्यकता नपर्ने कानुन व्यवसायीहरु बताउँछन् । रविकै नजिरले उनीहरुलाई दोहोरो नागरिकता बोकेर दुवै देशमा काम गर्ने अधिकार दिन्छ । सांसदहरुले खारेज भएको नागरिकता प्रचलनमा ल्याए पाँचदेखि सात वर्षसम्म कैद र तीनदेखि पाँच लाखसम्म जरिवाना गर्नुपर्ने प्रस्ताव गरेका थिए । त्यो पनि विचारधिन छ ।
गैरआवासीय नेपालीको माग आंशिक रूपमा भए पनि सम्बोधन गर्न बाँकी छ । तर, रविको केसले केही जटिलता सिर्जना गर्ने देखिन्छ । अहिले बहसमा जो गैरआवासीय नेपाली हुन् र नेपाली नागरिकता प्राप्त गरेको छैन भने नागरिकता प्राप्त गर्न सकिने भनिएको छ । अन्य देशको नागरिकता लिएका तर नेपाली नागरिकता त्यागिनसकेकाहरूको संख्या ६ लाखभन्दा बढी छ । विदेशको नागरिकता भएपछि उनीहरुको नेपाली नागरिकता स्वतः रद्द भएको मानिनुपर्ने हो । तर, त्यसको न अभिलेख छ, न त रद्द गर्ने प्रक्रिया नै अगाडि बढेको छ ।
कुनै कुनै व्यक्तिले दरखास्त दिए र कतै उजुरी दिएर मात्रै रद्द भएका छन् । दुई वटा नागरिकता भएकी छोरीले अंशको दाबी गर्दा बुबाले उजुरी दिएर नेपाल सरकारबाट रद्द गराएका दृष्टान्त पनि छन् । यो ऐन लागू भएको बखतमा जसको नेपाली नागरिकता औपचारिक रूपमा रद्द भएको छैन, उनीहरूले एकैपटक घोषणा गरेर गैरआवासीय हैसियतको नागरिकता पाउनेछन् भन्ने प्रावधान राखिएको छैन् । यस्तो गर्न सकेको भए भविष्यमा आउन सक्ने उजुरबाजुर लगायतका जटिलता कम हुने थियो ।
गैरआवासीय नेपालीलाई दिने नागरिकता सार्क बाहेकका देशका लागि भन्ने प्रावधान पनि राखिएको छ । राष्ट्रिय सुरक्षाको हिसाबले पनि यो व्यवस्था उपयुक्त भएको कतिपयको भनाइ छ । यसमा बिर्सन नहुने एउटा अर्को कुरा, नेपालीभाषी विदेशीका लागि यो प्रावधान आएको नभइ नेपालमा लगानी बढोस् भन्ने उद्देश्य राखिएको प्रष्टै छ । व्यक्ति गैरआवासीय नेपाली हो । तर, नेपालमा उसको सम्पति छ, पहिले लिएको नागरिकता पनि छ । सोही नागरिकताअनुसार गतिविधि गरिरहन्छ भने कारबाहीको दायरामा ल्याउनुपर्ने विषय यसअघि मुल बनेको थियो ।
गैरआवासीय नेपालीमात्र नभई अरुको पनि नागरिकता खारेज हुन सक्ने र यस्ता नागरिकता प्रचलनमा ल्याए हदैसम्मको कारबाही गर्नुपर्ने सांसदहरुले माग पनि गरेका थिए । समितिले खारेज भएको नागरिकता प्रचलनमा ल्याएको पाइए कस्तो कारबाही गर्ने भन्ने विषयमा प्रस्ताव ल्याउन गृहमन्त्रालयलाई निर्देशन पनि दिएको थियो । दोहोरो गैरआवासीय नागरिकताका बारेमा संसारका २०० भन्दा धेरै मुलुक मध्ये करीब ६० मुलुकहरुले मात्र विभिन्न शर्तसहित दोहोरो नागरिकता राख्न पाउने व्यवस्था भएको विज्ञ बताउँछन् ।
भारत चीन लगायतका करीब डेढसय मुलुकले दिएका छैनन् । चाखलाग्दो कुरा दिएका देशमध्ये अधिकांश पश्चिमा विकसित देश छन् भने बाँकी तेस्रो विश्वका देश रहेका छन् जो भ्रष्टाचारका लागि कहलिएका छन् । गरीब देशका भ्रष्टहरुमार्फत विकसित देशमा श्रोत र साधन ओसार्ने जुक्तिका लागि दोहोरो नागरिकता चलाउने गरिन्छ । नेपालमा अहिलेका अधिकांश नेता, उच्चपदस्थ र बिचौलियाहरुका सन्तान विदेशमा छन् । नेपालको सम्पत्ति बेचेर उतै ओसार्नु उनीहरुको मुख्य उदेश्य रहेकाले पनि रविको नागरिकतालाई नजिर बनाउन खोजिएको केहीको तर्कछ ।
खाडीमा गरीब नेपालीले पसीना बगाएर कमाएको धन नेपालबाट उतै लैजान सजिलोका लागि दोहोरा नागरिकता चलाउने प्रावधान आवश्यक हुन्छ । कानुनी शासन भएको कुनै पनि मुलुकमा सार्वजनिक पद धारण गरेको कुनै पदाधिकारीमाथि यस्ता आरोप लाग्दा पदबाट हटाएर अनुसन्धान गरिन्छ वा सम्बन्धित व्यक्तिले नै स्वेच्छाले पद त्याग गरेर अनुसन्धानमा सघाउँछन् । तर रविका विषयमा प्रधानमन्त्रीसमेत ठीक उल्टो बाटो समातिरहेका छन् ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपसर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार
पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन सडक खण्ड एक साता बन्द हुने
पुष ४, २०८१ बिहिबार
एनआरटी क्लब झापा कपको सेमिफाइनलमा
पुष ४, २०८१ बिहिबार
प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव हुने
पुष ४, २०८१ बिहिबार