सुर्खेतमा पाँच जनामा दादुरा संक्रमणको पुष्टि, सतर्कता अपाउन सुझाव
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
माघ १२, २०७९ बिहिबार १७:३:४८
![](https://nepalbahas.prixacdn.net/media/albums/dadura_0aruKVM3hX.jpg)
१२ माघ, सुर्खेत । सुर्खेतमा पाँच जनामा दादुरा संक्रमण पुष्टि भएको छ । यहाँका तीन पालिकाका पाँच जनामा दादुरा संक्रमण पुष्टि भएको हो ।
अहिले वीरेन्द्रनगरमा तीन, गुर्भाकोट र चिङ्गाड गाउँपालिकामा एक–एक जनामा दादुरा सङ्क्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसीले जानकारी दिए। छिमेकी जिल्ला बाँकेमा दादुरको सङ्क्रमण तीव्र भइहहेका बेला सुर्खेतमा पनि संक्रमण देखिएकाले सतर्कता अपाउन उनले सुझाव दिए ।
दादुरासँग मिल्दोजुल्दो लक्षण भएका बिरामी देखिएपछि परीक्षण गर्दा दादुरा पुष्टि भएको केसीको भनाइ छ । दादुराका बिरामी भेटिएपछि प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतले अहिले विभिन्न ठाँउमा परीक्षण र खोप अभियानलाई तीव्रता दिएको छ । नेपालले सन् २०१९ भित्र दादुरा उन्मूलन गर्ने लक्ष्य राखेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुम्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर भूकम्प
माघ ३०, २०८१ बुधबार
‘समाज बदल्न उपदेश दिनेले आफैँ बदलिनुपर्छ’
माघ २२, २०८१ मंगलबार
कर्णालीमा अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव
माघ २२, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार