बालकृष्ण शिवाकोटी स्मृति फाउण्डेशनद्वारा कविता लेखन प्रतियोगितामा एरिका प्रजापती प्रथम
नेपालबहस संवाददाता
माघ १२, २०७९ शुक्रबार १:५०:२२
१२ माघ, काठमाडौं । स्वर्गीय बालकृष्ण शिवाकोटीको ७९औँ जन्मजयन्ति तथा चौँथो स्मृति दिवसका अवसरमा आयोजना गरिएको कविता लेखन प्रतियोगितामा एरिका प्रजापती प्रथम भएकी छिन् ।
फाउण्डेशनले बिहीबार काठमाडौंको ईष्टपोल माध्यामिक विद्यालय, जोरपाटीमा आयोजना गरेको कविता लेखन तथा वाचन प्रतियोगितामा डीएभी शुशिल केडिया स्कूलकी एरिका प्रजापती प्रथम स्थान हासिल गर्न सफल भएकी हुन् ।
नेपाली भाषा तथा साहित्यको प्रवर्धन गर्ने उद्देश्यले बालकृष्ण शिवाकोटी स्मृति फाउण्डेशनले हरेक वर्ष श्रीपञ्चमीका दिन कविता लेखन तथा वाचनसहित पुरस्कार वितरण कार्यक्रम आयोजना गर्ने गरेको छ । श्रीपञ्चमीको दिन स्वर्गीय बालकृष्ण शिवाकोटीको जन्म दिन पनि परेको छ ।
काठमाडौंको ईष्टपोल माध्यामिक विद्यालय, जोरपाटीमा आयोजित उक्त कार्यक्रममा उत्कृष्ट तीनजनालाई नगद रुपैयाँ क्रमशः २० हजार, १५ हजार र १० हजारसहित पुरस्कृतसमेत गरिएको थियो ।
यस्तै प्रतियोगितामा लिभरपुल स्कूलकी अन्शु वाग्ले द्वितीय र ईष्टपोल स्कूलकी प्रियन्शा कार्की तेस्रो भएका छन् । विजयीहरुलाई फाउन्डेशनका अध्यक्ष शान्ता शिवाकोटीले नगद तथा साझा प्रकाशनका महाप्रबन्धक प्रल्हाद पोखरेलले प्रमाणपत्र प्रदान गरेका थिए ।
फाउन्डेशनले नेपाली भाषा, साहित्य तथा संस्कृतिको जगेर्ना गर्ने उद्देश्यसहित नेपाली भाषामा कविता लेखन तथा वाचन कार्यक्रम गर्ने गरेको अध्यक्ष शिवाकोटीले बताए । उनले यस किसिमको पुरस्कारले नयाँ पुस्तालाई नेपाली भाषा तथा साहित्यप्रति आकर्षित गर्नुका साथै उनीहरुलाई नेपाली भाषा, साहित्य तथा संस्कृतिको संरक्षण तथा पवद्र्धनमा सकारात्मक भूमिका निर्वाह गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा भाषाविद्, साहित्यकार, फाउण्डेशनका सल्लाहकार तथा सदस्यहरु, स्वर्गीय बालकृष्ण शिवाकोटीका परिवारका सदस्य, पत्रकार तथा अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचन्द्रागिरि पुगेर प्रधानमन्त्री ओलीले लेखे यस्ता कविता
कात्तिक १६, २०८१ शुक्रबार
मुक्तकमणि तीर्थराज अधिकारीको मुक्तकसङ्ग्रह 'सारवत्' विमोचन
भदौ ९, २०८१ आइतबार
उ मर्यो र त, उ शहिद भयो
भदौ ८, २०८१ शनिबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
सुदूरपश्चिम रोयल्सका विदेशी खेलाडी मेन्टर हज नेपालमा
मंसिर १०, २०८१ सोमबार
अपहरण गरी २ लाख फिरौती मागेको आरोपमा बीरगञ्जमा दुई जना पक्राउ
मंसिर १०, २०८१ सोमबार
बयानका लागि रवि लामिछानेलाई भोलि काठमाडौं ल्याइने
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
पुल नबन्दा स्थानीयलाई सास्ती
मंसिर १०, २०८१ सोमबार
पाँचखालमा ‘सेज’ निर्माण सुस्त
मंसिर १०, २०८१ सोमबार