जाडो सकिएपछि मात्रै देउवाले केन्द्रीय समिति बैठक डाक्ने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_x6Vewor94V.jpeg
)
नेपालबहस संवाददाता
माघ १३, २०७९ शुक्रबार १६:१८:४१
![](https://nepalbahas.prixacdn.net/media/albums/deuwa-scaled-1_C3YjdhXTbU.jpg)
१३ माघ, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक तत्काल नडाँकिने भएको छ । सभापति शेरबहादुर देउवा निकट एक नेताले नेपालबहसलाई दिएको जानकारी अनुसार चैतको पहिलो सातासम्म बैठक डाँकिने छैन । सम्भवतः चैत्र दोस्रो साता मात्रै केन्द्रीय समितिको बैठक आह्वान हुनेछ । बिहीबार सूचना जारी गर्दै कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक तेस्रोपल्ट स्थगित गरिएको थियो ।
प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि यसको समीक्षाका लागि भन्दै सभापति देउवाले पुष २२ मा बैठक राख्न लगाएका थिए । तर, बस्न सकेन । निर्वाचनपछि पार्टीबाट समानुपातिक सांसद चयन गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसे पनि केन्द्रीय समिति बैठक बसेको छैन् । आफ्नै नेतृत्वको गठबन्धन जोगाउन नसकेपछि बदलिएको राजनीतिक घटनाक्रमबारे जवाफ दिनुपर्ने भएपछि सभापति देउवाले बैठक सार्दै आएका छन् ।
माघ १५ गते तेस्रो पटक बोलाइएको बैठक पनि देउवाले अनिश्तिचकालका लागि स्थगित गर्न लगाएका छन् । कांग्रेसले प्रधानमन्त्रीमा हठ राख्दा गठबन्धन भत्किन पुगेको र राज्यसत्ताका सबै पदबाट विमुख हुनुपरेको भन्दै कांग्रेसभित्रकै असन्तुष्ट समूहले देउवालाई नेतृत्वबाट हटाउन विशेष महाधिवेशन माग गरिरहेको छ । संस्थापन इतरसमूहका नेताहरूले भने तत्काल केन्द्रीय कार्यसमिति बैठक बोलाएर नीति महाधिवेशनको मिति तोक्न दवाव बढेपछि देउवाले बैठक राख्न अनिच्छा देखाउँदै आएका छन् ।
पछिल्लोपटक सरकारलाई विश्वासको मत दिएको विषयलाई लिएर पनि कांग्रेसभित्र विवाद छ । संसदीय अभ्यास र चरित्रविपरीत प्रतिपक्षीय भूमिकाबाटै विमुख हुने गरी सरकारलाई विश्वासको मत दिनु गम्भीर गल्ती रहेको अधिकांश कांग्रेस नेताहरूको भनाइ छ । शेखर कोइराला समूहको आइतबार बसेको बैठकले पनि यस्तै निष्कर्ष निकालेको थियो ।
राष्ट्रपति आफ्नो पक्षमा पार्ने रणनीतिअन्तर्गत विश्वासको मत दिइएकाले राष्ट्रपतिको निर्वाचनअघिसम्म यस विषयमा नबोल्न सभापति देउवाले नेता शेखरलाई आग्रह गरेपछि उक्त समूहको दोस्रो दिन हुने भनिएको बैठक पनि स्थगित भएको थियो । यसैलाई आधार बनाएर माघ १५ को केन्द्रीय समिति पनि सरिएको हो । अब चैतमा मात्र बैठक बोलाइनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
इजरायली सुरक्षा क्याबिनेटले गाजा युद्धविरामको नयाँ चरणबारे छलफल गर्दै
फागुन ५, २०८१ सोमबार
बजेट कोष बढाउन कार करमा निर्भर श्रीलङ्का
फागुन ५, २०८१ सोमबार
कुमारी बैंकका ग्राहकहरुलाई मिसन हस्पिटलमा विशेष छुट
फागुन ५, २०८१ सोमबार