गरिब विद्यार्थीलाई डस्ने काम गरेपछि शिक्षामन्त्रीको पुत्ला जलाएका हौंं : अनेरास्ववियू
नेपालबहस संवाददाता
माघ १३, २०७९ शुक्रबार १७:२८:८
१३ माघ, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)निकट विद्यार्थी संगठन अनेरास्ववियूले शिक्षामन्त्री शिशिर खनालको विरोध गर्दै पुत्ला जलाएको छ ।
शुक्रबार काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसअगाडि अनेरास्ववियूले मन्त्री खनालको पुत्लामा पेट्रोल छर्केर जलाएको हो ।
शिक्षा मन्त्री खनालले निजी क्षेत्रलाई पोस्ने काम गरेको र गरिब विद्यार्थी तथा अभिभावकलाई डस्ने काम गरेको भन्दै विरोधमा पुत्ला जलाएको अनेरास्ववियूका नेताहरुले बताएका छन् । मन्त्री खनालले सरकारमा गएर पहिलो निर्णयबाटै आधारभूत तहका विद्यालयका पाठ्यपुस्तकको छपाई निजी क्षेत्रलाई दिने काम गरेर अन्याय सुरु गरेको विद्यार्थी नेताहरुले बताए ।
पुस्तक छपाईमा घुस खाएर निजी क्षेत्रलाई पाठ्यपुस्तक छपाउन दिएको उनीहरुको आरोप छ । जलाउने क्रममा प्रहरीसँग केहीबेर घम्साघम्सी चलेको थियो । पुत्लालाई प्रहरीले नियन्त्रणमा लिएर आगो निभाएको थियो ।
निजी क्षेत्रले छपाउने पुस्तक महंगो हुने र त्यही पुस्तक किन्न बाध्य हुने भएपछि निर्णय खारेज गर्र्नुपर्ने उनीहरुको माग छ ।
शिक्षामन्त्रीको पुत्ला जलाएपछि सञ्चारकर्मीसँग बोल्दै नेकपा अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले जनक शिक्षा सामग्रीमा भएको अनियमितताको अध्ययन गरेर निराकरण गर्नुको साटो मन्त्री खनालले छपाई कमिसनको चक्करमा परेर छपाईजस्तो महत्वपूर्ण काम निजी क्षेत्रलाई दिइनु सर्वथा गदत भएको बताए ।
उनले मन्त्री खनालको निर्णयले जनक शिक्षा सामग्रीलाई मास्ने र समाप्त पारेर शैक्षिक माफियालाई थप बलियो बनाएको आरोप उनले लगाए । मन्त्री खनालको निर्णय अस्वीकार्य हुने उनले बताए । जनक शिक्षाका प्रवन्ध निर्देशक अनिलकुमार झालाई तत्काल हटाउन पनि उनले माग गरे ।
जनताका पक्षमा काम गर्न गठित भनिएर्को राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खनाल हालै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री नियुक्त भएका थिए । नियुक्त लगत्तै उनले कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तक छपाउने काम निजी क्षेत्रलाई दिने निर्णयमा हस्ताक्षर गरेका थिए । जनक शिक्षा सामाग्री लि. नेपाल सरकारको पूर्ण स्वामित्वको छपाईसम्बन्धी संस्थान हो । उसले विद्यालय तहका सम्पूर्ण पाठ्यपुस्तक छपाउँदै आइरहेको छ ।
संगठनको माउ पार्टी वर्तमान सरकारलाई समर्थन गरेपनि सरकारमा सहभागी भने भएको छैन । गुण र दोष हेरेर मात्र सरकारमा जाने वा नजानेबारे निर्णय लिने बताउँदै आइरहेको एकीकृत समाजवादीले विद्यार्थी संगठनमार्फत सरकारको कार्यशैलीको विरोध सुरु गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअध्यादेश ‘फास्ट ट्रयाक’बाट पारित गर्ने मन्त्रिपरिषद्को निर्णय
माघ १५, २०८१ मंगलबार
मलाई पशुपतिको सुन खायो भनियो तर उप्काएर छानबिन गर्दा पनि केही कैफियत भेटिएन्ः ओली
माघ १५, २०८१ मंगलबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार
गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा विशेष छुट
माघ १५, २०८१ मंगलबार
देशव्यापीरूपमा १६ लाख किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै, खोपदूतमा मनिषा कोइराला
माघ १५, २०८१ मंगलबार
स्वास्थ्य सेवा ऐनमा नर्सिङ पेसाको हकहित समेटिन्छ : स्वास्थ्यमन्त्री पौडेल
माघ १५, २०८१ मंगलबार
बङ्गलादेशद्वारा ‘डाटा केन्द्र’ स्थापना गर्न एडिबीसँग सम्झौता
माघ १५, २०८१ मंगलबार