चर्चित लोकदोहोरी गायक भीम पौडेलको निधन
नेपालबहस संवाददाता
माघ १३, २०७९ शुक्रबार १८:५१:५९
१३ माघ, काठमाडौं । लोकदोहोरी क्षेत्रका चर्चित गायक भीम पौडेलको निधन भएको छ । राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बीजीले गायक पौडेलको निधन भएको जानकारी दिएका छन् ।
प्रत्यक्ष दोहोरी गीत गाउन माहिर उनका दर्जनौं गीत चर्चामा छन् । गीत गाएर चर्चित बनेका उनको निधन स्याङ्जास्थित घरमै गएराति १२ बजेतिर भएको हो ।
दुई महिनादेखि बिरामी भएर उपचार गराइरहेका उनी स्याङजा घरमै थिए । शरीरमा रगतको कमी हुने रक्तअल्पताको कारण उनको घरमै निधन भएको हो ।
पौडेलको पार्थिव शरिरलाई शुक्रबार नै पोखरास्थित रामघाटमा अन्तिम संस्कार गरिँदैछ । उनलाई श्रद्धाञ्जली दिन काठमाडौंबाट केही कलाकार पोखरा पुगेका छन् । प्रतिष्ठानका अध्यक्ष बीजीले फेसबुकमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै आफू स्तब्ध भएको उल्लेख गरेका छन् ।
तिमी अब छैनौ हामीसँगै भन्ने कुरा पत्यारै लाग्दैन तर सहनुको बिकल्प रहेन मेरो भाइ १ यो लोकमा परेका वाधा व्यवधान र रोगव्याधी सबै हटेर स्वर्गलोकमा तिमीले नै राज गर्नु मेरो भाइ । अलविदा ! उनले लेखेका छन् ।
यस्तै लोकदोहोरीका चर्चित गायिका टिका सानुले पनि फेसबुकमार्फत पौडेलको निधनले मर्माहित तुल्याएको बताएकी छन् । उनले शुक्रबार सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै लोकदोहोरी क्षेत्रले एक सफल गायक गुमाएको उल्लेख गर्दै श्रद्धाञ्जली व्यक्त गरेकी छन् । फेरि दोहोरी क्षेत्रले अर्को सफल गायक गुमाएको छ, भिम पौँडेल निधन को खबरले मर्माहित छु, हार्दिक श्रध्दाञ्जली भिम दाइ’ उनले लेखेकी छन् ।
सानु र पौडेलबीचको कयौं संख्यामा लोकदोहारी चर्चाको शिखरमा पुगेका छन् । पाैडेल लोकदोहोरी प्रतियोगिताबाट यस क्षेत्रमा विशिष्ठ तवरले प्रवेश भएका थिए ।
पौडेल हासिलो र मिलनसार रहेको जनाउँदै लोकदोहोरी क्षेत्रमा आवद्ध संघसंस्था र व्यक्तिहरुले पौडेलको निधनले पूरणीय क्षति पुगेको जनाएका छन् । यूट्यूबमा उनका गीत प्रशस्त सुन्न सकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार
गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा विशेष छुट
माघ १५, २०८१ मंगलबार
देशव्यापीरूपमा १६ लाख किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै, खोपदूतमा मनिषा कोइराला
माघ १५, २०८१ मंगलबार
स्वास्थ्य सेवा ऐनमा नर्सिङ पेसाको हकहित समेटिन्छ : स्वास्थ्यमन्त्री पौडेल
माघ १५, २०८१ मंगलबार
बङ्गलादेशद्वारा ‘डाटा केन्द्र’ स्थापना गर्न एडिबीसँग सम्झौता
माघ १५, २०८१ मंगलबार