सल्लाहकार नियुक्तिको विषयले माओवादी बैठकमा गरमागर्मी बहस
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_U6mF8d7adH.jpeg
)
नेपालबहस संवाददाता
माघ १३, २०७९ शुक्रबार १९:३२:२६
![](https://nepalbahas.prixacdn.net/media/albums/dahal-gajurel-_8Z7ZklvPdG.jpg)
१३ माघ, काठमाडौं । सरकार गठन भएको एक महिना बित्न लागेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफनो मुख्य सल्लाहकारका रुपमा पार्टीका उपमहासचिव हरिबोल गजुरेललाई नियुक्त गरेसँगै पार्टीभित्र असन्तुष्टि देखिएको छ । पार्टीको पदाधिकारी तथा स्थायी कमिटी बैठकमा सल्लाहकारको विषयलाई लिएर असन्तुष्टि देखिएको हो । विहीबार बसेको बैठकमा प्रधानमन्त्रीले आफ्नै किचन क्याविनेटलाई सरकारी सल्लाहकारमा नियुक्ति गरेर पार्टीलाई वेवास्ता गरेको भन्दै असन्तुष्टि देखिएको हो ।
पूर्वमन्त्री समेत रहेका गजुरेललाई मन्त्री सरहको सेवा सुविधा पाउने गरी प्रधानमन्त्री प्रचण्डले मुख्य सल्लाहकारमा नियुक्त गरेपछि अन्य सल्लाहकार पनि नियमित रुपमा प्रधानमन्त्रीको कार्यालय र वालुवाटार पुग्ने गरेको र उनीहरुले सबै प्रचण्डका यसअघिकै सल्लाहकार भएकाले नयाँ काम र सरकारी कामका लागि बाधक हुने भएकोमा पार्टीभित्र कुरा उठेको एक नेताले बताए । प्रधानमन्त्री प्रचण्डले मूख्य सल्लाहकारमा नियुक्ति दिएपछि प्रधानमन्त्रीको आधाजसो अदृष्य र अनौपचारिक जिम्मेवारी गजुरेलमा सरेको छ । ‘किचन क्याविनेटमा भन्दा माथि मूख्य सल्लाहकार छन् तर पनि सबै काम त्यही पुरानै किचन क्याविनेटबाटै हुनेछन’, माओवादीका एक नेताले भने ।
सरकारको नेतृत्व सम्हालेको ठिक एक महिना बितेको छ । पुस १० मा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले यो एक महिनाको बीचमा संसदमा असाधारण विश्वासको मत पाएपछि उनले आफ्नो किचन क्याविनेटलाई विस्तार गर्दै हरिबोल गजुरेलसम्म आइपुगेको हो । प्रधानमन्त्री प्रचण्डले आफनो परराष्ट्र सल्लाहकार, आर्थिक सल्लाहकार लगायतका अन्य केही महत्वपूर्ण सल्लाहकारहरुको नियुक्ति गरिसकेका छैनन् । यद्यपि उनले राइट प्लेस, राइट म्यानको खोजी गरिरहेको भनिरहेका छन् । यसमा अन्य नेताहरुको पनि रुची रहेकाले कसलाई जागिर खुवाउने भन्नेबारेमा अझै अन्यौल कायमै रहेको छ । ‘त्यहाँ पार्टीले सिफारिस गरेका मानिसहरुलाई लैजानुपर्ने भन्दै कुरा उठेको हो, सरकारी र निजी सल्लाहकार एकै व्यक्ति हुनु समस्या हो’, ती पदाधिकारीको दावी छ ।
प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा जनयुद्धकालका जनमुक्ति सेनाका डिभिजन कमाण्डर समेत रहेका पार्टीका पोलिटब्यूरो सदस्य सन्तु दरै ‘परवाना’लाई नियुक्त गरेका छन् । उनी दोस्रो संविधानसभामा सदस्य पनि थिए । त्यसबेला देखि नै उनी प्रचण्डको सचिवालय भित्रै रहेर काम गरिरहेका छन् । दराईपछिको मर्यादाक्रम हुने गरी स्वकीय सचिवमा प्रधानमन्त्रीले दुई जना नियुक्त गरेका छन् । पार्टीका नेता रमेश मल्ल र छोरी समेत रहेका गंगा दाहाललाई प्रधानमन्त्रीले स्वयिक सचिवका रुपमा नियुक्त गरेका छन् ।
मल्ल प्रचण्ड पहिलो पटक प्रधानमन्त्री हुँदा पनि स्वकीय सचिवको जिम्मेवारीमा रहेका थिए । गंगा भने प्रचण्डको सचिवालयमा प्रकाश दाहालको निधनपछि निरन्तर छिन् । मल्ल र दाहाल दुवै माओवादीको केन्द्रीय समितिमा पनि छन् । प्रधानमन्त्रीले ४ जनालाई स्वकीय सहसचिवको रुपमा नियुक्त गरेका छन् । त्यसमा सञ्चार विज्ञका रुपमा पार्टीका बैकल्पिक केन्द्रीय सदस्य मनहरि तिमल्सिना, प्रेस संयोजकको रुपमा सूर्यकिरण शर्मा, शिव खकुरेल र गोकर्ण भटट नियुक्त भएका छन् ।
त्यस्तै फोटोग्राफरका रुपमा प्रदीपराज वन्त नियुक्त भएका छन् । तिमल्सिना यस अगाडी प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री हुँदा पनि प्रकाश दाहालसँगै सचिवालयमा रहेर प्रेसकै भूमिकामा थिए । शर्मा भने केही समय अगाडी देखि निरन्तर प्रचण्डको प्रेस संयोजकको जिम्मेवारीमा रहेर काम गरिरहेका थिए । खकुरेलले प्रचण्ड पहिलो पटक प्रधानमन्त्री हुँदा सचिवालयमा रहेर काम गरेका थिए । उनी माओवादी पार्टीको केन्द्रीय कार्यालयमा रहेर सञ्चार र अन्य प्राविधिक विषयका काम गर्थे । भटट पनि यसपटक प्रधानमन्त्रीको सचिवालयमा रहेर काम गर्नेमा पुगेका छन् । यसैगरी अब नियुक्ति हुने सल्लाहकारमा पार्टीभित्र विशेष दख्खल भएका व्यक्तिलाई नियुक्ति गर्न प्रचण्डलाई पार्टी कमिटीले सल्लाहसमेत दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
हलेसी बजारमा लागेको आगोबाट सात करोड ३० लाख बराबरको क्षति
फागुन ५, २०८१ सोमबार
कजाकिस्तानको चिहानमा भेटियो २५ सय बर्ष पुरानो ३७० ग्रामको सुनको ब्रेसलेट
फागुन ५, २०८१ सोमबार
गभर्नर अधिकारीविरुद्ध सर्वोच्चमा परेका रिटको सुनुवाइ आज
फागुन ५, २०८१ सोमबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी बैंकक प्रस्थान
फागुन ५, २०८१ सोमबार
बेलुन पड्किएर घाइते भएका अर्थमन्त्री पौडेल अस्पतालबाट ‘डिस्चार्ज’
फागुन ५, २०८१ सोमबार