तोकिएका मापदण्ड पालना नगरेका कारण हवाई दुर्घटनाः विज्ञ
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_x6Vewor94V.jpeg
)
नेपालबहस संवाददाता
माघ १३, २०७९ शुक्रबार २२:१५:१७
![](https://nepalbahas.prixacdn.net/media/albums/thumb-21_9ymS8A6gTx.jpg)
१३ माघ, काठमाडौं । विज्ञहरुले तोकिएको मापदण्ड पुरा नगर्दा हवाई दुर्घटना बढेको बताएका छन् । राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको शुक्रबार सिंहदरबारमा सम्बन्धित क्षेत्रका विज्ञ बोलाएर गरेको छलफलमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले निर्दिष्ट गरेका मादपण्डहरुको पूर्ण पालना हुन नसक्दा नेपालमा हवाई दुर्घटना बढेको बताएका हुन् ।
बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जीव गौतम, तत्कालीन हवाई विभागका महानिर्देक वीरेन्द्रबहादुर देउजा, नेपाल एयरलाइन्सका पूर्वइन्जिनियर डाइरेक्टर अच्युतराज पहाडीले उक्त धारणा राखेका थियो । उनीहरुले नेपालको हवाई क्षेत्रलाई सुरक्षित बनाउन तत्काल दक्ष जनशक्ति परिपूर्ति गर्नुपर्नेमा पनि जोड दिएका थिए ।
नेपाल एयर लाईन्सका पूर्वइन्जिनियर डाइरेक्टर पहाडीले आइकाओले निर्दिष्ट गरेका मापदण्डहरुको पूर्ण पालना गर्न सके नेपालको हवाई सेवा सुरक्षित हुने र दुर्घटना आफैं न्यूनिकरण हुँदै जाने बताए । दक्ष जनशक्ति व्यवस्थापनमा पनि नेपाल हवाई सेवा प्रदायक संस्थाहरुले विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
उनले भने,जुन आइकाओले गरेको गाइडलाइन्स छन् । युरोपियन युनियनले निर्दिष्ट गरेका गाइडलाइन्स छन् । त्यसको हामीले अक्षरशः पालना गरियो कि गरिएन त ? सम्बन्धित निकायले दिएको निर्देशनअनुसार भयो कि भएन ? त्यो महत्वपूर्ण कुरा हो । त्यसको अनुगमन कडाईका साथ हुनुपर्दछ । दक्ष म्यानपावर हायर गरेर काम गर्नु पर्छ । यसो गर्न सकियो भने भविष्यमा नेपालको हवाई उडानमा दुर्घटना कम हुँदै जान्छ ।’ उनले बाहिरबाट भए पनि दक्ष जनशक्ति झिकाउनुपर्ने भन्दै त्यसो नगरे हवाई सेवा सुरक्षित हुन नसक्ने दाबी गरे ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक गौतमले नेपालको हवाई सेवालाई सुरक्षित बनाउन नियमनकारी निकायहरुको दक्षता अभिवृद्धिमा जोड दिनुपर्ने बताए । उनले हवाई सेवा सुरक्षाका लागि संरचनागत सुधारका काममा पनि ध्यान दिन सरकारको गम्भीर ध्यानाकर्षण गराए । ‘हामीले नेपाली आकाश सुरक्षित छ भन्ने कुरा इन्स्योर गर्नका लागि कम्तीमा पनि स्ट्रक्चरल सुधारका कुराहरुमा तुरुन्तै ध्यान दिनु पर्दछ । जसले गर्दा नियमन अधिकारी अथवा मोर स्ट्रेन्थेन होस् मोर क्यापेबल होस् । जहाँबाट सेफ्टी इन्हृयान्स गर्न सकियोस्,’ पूर्वमहानिर्देशक गौतमले भने ।
यस्तै हवाई विभागका पूर्वमहानिर्देशक वीरेन्द्रबहादुर देउजाले हवाई सेवा सुरक्षित र भरपर्दो बनाउन सेवा प्रदायक संस्थाहरुलाई व्यावसायिक ढंगले अघि बढाउनुपर्ने आवश्यकता रहेको औंल्याए । उनले हवाई दुर्घटनाका प्रतिवेदनले दिएको सुझावका आधारमा अघि बढ्दा पनि दुर्घटनालाई न्यूनिकरण गर्दै लैजान सकिने बताए । देउजाले भने, ‘हवाई दुर्घटनाका रिपोर्टहरुले दिएको सुझावहरुलाई ध्यान दिएर लागू गर्नु पर्दछ । यी संस्थाहरुलाई व्यावसायिक ढंगले संचालन गर्नु पर्दछ । प्रशासनिक हस्तक्षेपभन्दा पनि यसलाई व्यावसायिक ढंगले अघि बढाउन सक्नु पर्दछ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआयल निगमद्वारा इन्धनको मूल्य समायोजनः पेट्रोलको बढ्यो, डिजेल र मट्टीतेलको घट्यो
फागुन ३, २०८१ शनिबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
कांग्रेस केन्द्रीय प्रचार विभागले फागुन ९ देखि २१ सम्म प्रचार अभियान सञ्चालन गर्ने
फागुन ६, २०८१ मंगलबार
अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन अनुमोदन
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्रीको अध्यक्षतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक सम्पन्न
फागुन ६, २०८१ मंगलबार
साउदीमा अमेरिकी र रुसी विदेशमन्त्रीबीच वार्ता, युक्रेनलाई किन सहभागी गराइएन ?
फागुन ६, २०८१ मंगलबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार