डाँडागाउँमा शुद्ध खानेपानी व्यवस्थापनका लागि छुट्टै योजना
नेपालबहस संवाददाता
माघ १४, २०७९ शनिबार १६:४३:३८
१४ माघ, रसुवा । दक्षिण पश्चिम रसुवास्थित डाँडागाउँको नयाँ बस्तीमा शुद्ध खानेपानी व्यवस्थापनका लागि छुट्टै योजना सञ्चालन गरिएको छ ।
विसं २०७२ को भूकम्पले विस्थापित भई पुनर्वास गरेका ४० घर परिवारलाई केन्द्रित गरी खानेपानीको व्यवस्था मिलाइएको र भाँगेखोलादेखि अल्छीबिसौनासम्मको खानेपानी निर्माण गर्नका लागि बागमती प्रदेश सरकारले रु ३० लाख अनुदान प्रदान गरेको हो ।
भूकम्पको असरले आफ्नो पुरानास्थान छोड्न बाध्य भएका साविक डाँडागाउँ गाविसका बासिन्दा हाल उत्तरगया गाउँपालिका–२ अल्छीबिसौनामा बसोबास गर्दै आएका छन् । उत्तरगया गाउँपालिका–२ का वडाध्यक्ष टुकुप्रसाद सुवेदीका अनुसार डाँडागाउँका बासिन्दाको हितका लागि चालु आर्थिक वर्षमा सञ्चालन गरिने विकास निर्माणका काम धमाधम अगाडि बढिरहेको छ ।
सिन्दूरे ढुङ्गा मुहान गरी भुमेस्थान हुँदै डाँडागाउँ तथा सिम्ले गाउँक्षेत्रमा शुद्ध खानेपानीको व्यवस्थापन मिलाउन प्रदेश सरकारको सहयोगअन्तर्गत निर्माणको प्रक्रिया अगाडि बढेको छ । भागेखोला मुहानबाट ल्याइने पानीले सिम्लेका एक सय ५० घर परिवार र सिदुरे ढुङ्गाबाट ल्याइने पानीले डाँडागाउँ क्षेत्रका करिब तीन सय घर परिवारलाई शुद्ध खानेपानीको व्यवस्था मिलाउने लक्ष राखिएको छ ।
यी दुईमध्ये सिम्लेको योजना यसै वर्ष र सिन्दूरे ढुङ्गा डाँडागाउँको खानेपानी भने कम्रागतरूपले आगामी वर्ष सम्पन्न हुने बताइएको छ । ग्रामीण क्षेत्रका बासिन्दालाई खानेपानी निर्माणको व्यवस्थापन गर्न आवश्यक बजेट भने प्रदेश सरकारले व्यवस्थापन गरिसकेको वडा कार्यालयले जनाएको छ ।
दूरदराजका गाउँको विकासमा प्रदेश सरकारले थोरै सहयोग गरे पनि ग्रामीण बासिन्दाका लागि भने ठूलो राहत मिलेको स्थानीयले बताएका छन् । यसैगरी एकआपसी गाउँ घरमा हिँड्न सहजताको लागि सिँढी बाटो निर्माण, भाँगे गाउँमा सिँचाइ मर्मत तथा बधशाला र खेल मैदान, सिम्लेस्थित त्रिशूली नदीमा मरणपाटी निर्माणसमेतका कार्य सुरू गरीसकिएको छ ।
यसै आवमा सम्पन्न गर्ने लक्ष्यसाथ वडा कार्यालयको बजेटबाट सुरूआत भएको सिँढी तथा मरणपाटीलगायतका काम सम्पन्न गर्न रु २० लाख खर्च हुने वडाध्यक्ष सुवेदीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाढे १७ करोड अमेरिकी डलर लगानीमा मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको निर्माण सुरु
मंसिर ८, २०८१ शनिबार
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनको बिजुली
मंसिर ८, २०८१ शनिबार
रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो
मंसिर ६, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
एनपीएलमा उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने
मंसिर ११, २०८१ मंगलबार
निर्वाह भत्ता दिने निर्णय नसच्याए काम छाडेर सडकमा उत्रने आवासीय चिकित्सकहरुको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
इजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
चार महिनामा १ अर्ब ४३ करोड बराबरको सुन भित्रियो, मूल्य घटेपछि बजारमा बढ्यो चहलपहल
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार