धमिलिकुवाको स्वास्थ्य चौकीको स्तरोन्नति गरेर अस्पताल बनाउने तयारी
नेपालबहस संवाददाता
माघ १५, २०७९ आइतबार १३:५५:१९
१५ माघ, लमजुङ । राइनास नगरपालिका ६, धमिलिकुवाको स्वास्थ्य चौकीको स्तरोन्नति गरेर अस्पताल बनाउने तयारी गरिएको छ । स्वास्थ्य चौकीको स्तरोन्नति संगै भौतिक पूर्वाधारले सुविधा सम्पन्न गरेर यसलाई अस्पताल बनाइने नगरपालिकाले जनाएको छ ।
हाल स्वास्थ्य चौकी रहेको उक्त ठाउँमा १५ शैय्याको अस्पताल निर्माणका लागि भवन निर्माणकार्य सुरु भएको छ । गण्डकी प्रदेश सभा सदस्य डा. टकराज गुरुङले उक्त भवनको शिलान्यास गर्दै अहिलेको स्वास्थ्य चौकी स्तरोन्नति भएर अस्पताल बनेमा राइनास नगरपालिकाका स्थानीयले गाउँघरमै राम्रो उपचार सेवा पाउने बताए ।
राइनास नगरपालिका प्रमुख खड्गबहादुर गुरुङले राइनास क्षेत्रका नागरिक स्वास्थ्य सेवा लिन टाढा जानु परेको र सरकारी सेवा सुविधासहितको स्वास्थ्य सेवा पाउन नसकेको अवस्थामा स्तरोन्नति हुने गरी धमिलिकुवा स्वास्थ्य चौकीको भवन निर्माणकार्य सुरु भएको बताए ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १८ करोड रुपैयाँ लागतमा उक्त भवन निर्माण गर्न लागिएको हो । भवनका लागि मात्रै १२ करोड रुपैयाँ बराबरको ठेक्का आह्वान गरिएकोमा भगवती निर्माण सेवा काभ्रेपलान्चोकले भ्याटसहित ७ करोड ९५ लाखमा निर्माण गर्ने सम्झौता गरेको नगरपालिका प्रमुख गोकर्णराज सुयलले बताए । उनका अनुसार २०८१ बैशाख मसान्तसम्म सक्ने गरी गत पुस २० गते निर्माण व्यवसायीले सम्झौता गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचन्द्रनिगाहपुर अस्पताललाई विभिन्न उपकरण हस्तान्तरण
पुष ३, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले भन्यो, निजी अस्पतालले नर्स र स्वास्थ्यकर्मीलाई सरकारी सरह पारिश्रमिक दिनू
मंसिर २८, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार