मेयर बालेनको ‘ज्यादाति’को विरोधमा २ बजे माइतीघर मण्डलामा प्रदर्शन हुँदै
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_m1GUFTIt76.jpeg
)
नेपालबहस संवाददाता
माघ १५, २०७९ आइतबार १८:४८:७
![](https://nepalbahas.prixacdn.net/media/albums/balendra-meyar_uiqEogXsqu.jpg)
१५ माघ, काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र साह ‘वालेन’ले ज्यादाति मच्चाएको भन्दै साना व्यवसायी तथा सरोकारवालाहरुले आज विरोध प्रदर्शन गर्ने भएका छन् ।
साह नेतृत्वको काठमाडौं महानगरपालिकाले विकल्प नै नदिई फुटपाथ व्यापारीलाई बल प्रयोग गरी लखेट्ने काम नछाडेपछि पनि सर्वसाधारण समेत आक्रोशमा उत्रिने संभावना बढेको छ ।
मुलतः महानगरका प्रहरीले फुटपाथ र साइकलमा सामान राखेर बिक्री गर्नेहरुमाथि बल प्रयोग गर्ने र उनीहरुको सामान खोसेर लगेर हाकिम, कर्मचारी र नातागोतालाई बाँड्ने गरिएको पाइएपछि सर्वत्र आक्रोश बढ्दै गएको हो । नगर प्रहरीले सागपात, तरकारी, फलफूल कब्जा लिएर लैजाने र सित्तैमा बाँड्ने गरिएको आरोप विरोधीहरुको छ ।
कुनैबेला साहकै सहयात्री रहेका सुमन सायमी विरोधको पक्षमा उभिएका छन् । उनले आजको खबरदारी सभा भनिएको विरोध प्रदर्शनमा सहभागिता जनाउने भएका छन् ।
भरपर्दा विकल्प नै नदिई बस्तीमा डोजर चलाउने चेष्टा गरेको भन्दै साहविरुद्ध थापाथलीका सुकुम्बासीका बस्तीका ‘पीडित’हरुले खुकुरी निकालेर खबरदारीको प्रदर्शन गरेका थिए । सोही कारण बस्तमाथि डोजर चलाउन मेयर साह असफल बन्दै आएका छन् । पछिल्लो पटक उनले गृहमन्त्रालयसँग बस्ती हटाउन सुरक्षाकर्मीको सहयोग खोजेपनि पाउन सकेनन् ।
आज दिउँसो २ बजे माइतीघर मण्डलामा डोजर ‘आतक’बाट पीडित, विस्थापित फुटपाथ व्यापारी, टुकुचा खोला उत्खनन्का पीडितहरु सहभागी हुने जनाएका छन् ।
प्राकृतिक खोला छोपेर माथिपटिट् घर बनाएको भन्दै साहले खोलामाथिका घर भत्काउने क्रममा कमलादी, जयनेपाल सिनेमा हल क्षेत्रमा डोजर चलाएका थिए । जसको विरोधमा स्थानीयले प्रतिवाद गर्दै आएका छन् । अदालतबाट समेत तत्काल डोजर चलाउने बन्द गर्न आदेश दिएको अवस्था छ ।
प्रदर्शनमा महानगरभित्रका विभिन्न टोल सुधार समिति र क्लबहरूबाट पनि प्रतिनिधित्व रहने बताएका छन् । प्रदर्शन विशाल आन्दोलनको तहमा उठाउने योजना विरोधीहरुले गरेका छन् ।
साह गएको बैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा अत्याधिक मत ल्याएर स्वतन्त्र उम्मेदबारबाट मेयर विजयी भएका थिए । उनले काठमाडौं महानगरलाई संस्कृति र सम्पदाको शहर बनाउने बताउँदै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशसभाः विधेयक छलफलका लागि समितिमा पठाइयो
माघ २६, २०८१ शनिबार
बागमती प्रदेशसभा : अत्यावश्यक योजना समयमै निर्माण गर्न माग
माघ २४, २०८१ बिहिबार
बागमती प्रदेशसभाको बैठक : चार विधेयक प्रस्तुत
माघ २३, २०८१ बुधबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
फागुन ६, २०८१ मंगलबार
कांग्रेस केन्द्रीय प्रचार विभागले फागुन ९ देखि २१ सम्म प्रचार अभियान सञ्चालन गर्ने
फागुन ६, २०८१ मंगलबार
अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन अनुमोदन
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्रीको अध्यक्षतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक सम्पन्न
फागुन ६, २०८१ मंगलबार
साउदीमा अमेरिकी र रुसी विदेशमन्त्रीबीच वार्ता, युक्रेनलाई किन सहभागी गराइएन ?
फागुन ६, २०८१ मंगलबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार