एनटिभी कप : नेपाल टेलिभिजनलाई उपाधि, रासस उपविजेता
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r4uYBOLq3K.jpeg
)
नेपालबहस संवाददाता
माघ १५, २०७९ आइतबार १९:३:४३
![](https://nepalbahas.prixacdn.net/media/albums/rss-ntv-e1674977608370_OsLBtde9CA.jpg)
१५ माघ, काठमाडौं । ‘एनटिभी कप–२०७९’ फुटसल प्रतियोगिताको उपाधि नेपाल टेलिभिजनले जितेको छ । राष्ट्रिय समाचार समिति (रासस)लाई ७–० गोल अन्तरले हराउँदै नेपाल टेलिभिजनले उपाधि हात पारेको हो । राससले उपविजेतामै चित्त बुझायो ।
नेपाल टेलिभिजनको ३८औँ वार्षिकोत्सवका अवसरमा आज शान्तिनगरस्थित फुटसल कोर्टमा भएको उक्त मैत्रीपूर्ण प्रतियोगितामा नेपाल टेलिभिजनका लागि वासुदेव अवाल र सुशील अधिकारीले दुई÷दुई तथा महेश निरौला, दीप बस्नेत र प्रज्ज्वल शाक्यले एक÷एक गोल गरे ।
चार सरकारी सञ्चारमाध्यमबीच भएको उक्त प्रतियोगितामा गोरखापत्रलाई हराउँदै रेडियो नेपाल तेस्रो भयो । रेडियो नेपालले गोरखापत्रलाई ५–० गोल अन्तरले पराजित गरेको हो । त्यसअघि भएका खेलमा राससले गोरखापत्रलाई ७–० गोलअन्तरले तथा नेपाल टेलिभिजनले रेडियो नेपाललाई ६–० गोलअन्तरले हराएको थियो ।
विजेता खेडालीलाई नेपाल टेलिभिजनको ३८औँ वार्षिकोत्सव समारोहमा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने नेपाल टेलिभिजन कर्मचारी युनियनका नेता विश्वेश्वर पौडेलले जानकारी दिए। नेपाल टेलिभिजनको वार्षिकोत्सव यही माघ १७ गते मनाइँदै छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरोनाल्डोले किन लिदैनन् सन्यास ?
असार २४, २०८१ सोमबार
कोपा अमेरिकाको सेमिफाइनलको समीकरण पुरा
असार २३, २०८१ आइतबार
युरोकपको क्वाटरफाइनलमा आज राती पोर्चुगल र फ्रान्स भिड्दै
असार २१, २०८१ शुक्रबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
असार २४, २०८१ सोमबार
मोरङमा चैते धानको उत्पादन बढ्यो
असार २४, २०८१ सोमबार
पहिरोले अवरुद्ध मुग्लिन-मलेखु सडक पुन: सञ्चालन
असार २४, २०८१ सोमबार
‘विदेशी लगानीका जलविद्युत् आयोजनामा स्वदेशी बैंकले लगानी गर्नु हुँदैन’
असार २४, २०८१ सोमबार
कोरोना भाइरसविरुद्धका १६ लाख ६८ हजार मात्रा खोप आयो
असार २४, २०८१ सोमबार
बङ्लादेशकी प्रधानमन्त्री शेख हसिना चीन प्रस्थान
असार २४, २०८१ सोमबार