रसियालाई समावेश गरिए पेरिस ओलम्पिक बहिष्कार गर्ने युक्रेनको घोषणा
नेपालबहस संवाददाता
माघ १५, २०७९ आइतबार २१:४८:३६
१५ माघ, काठमाडौं । सन् २०२४ मा फ्रान्सको पेरिसमा हुने गृष्मकालीन ओलम्पिकमा रसियालाई समावेश गरेमा युक्रेनले प्रतियोगिता बहिष्कार गर्ने घोषणा गरेको हो ।
युक्रेनका खेलमन्त्री वादिम गुत्सेतले पेरिस ओलम्पिकमा रुस अथवा बेलारुसका खेलाडीले खेलेको खण्डमा आफ्नो देशले प्रतिपस्पर्धा नगर्ने बताएका छन् ।
रसियन तथा बेलारसियन खेलाडीलाई कुनै पनि किसिमको अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन दिन नहुने उनको भनाइ छ । रसियाले युक्रेनमाथि गरेको आक्रमणलाई लिएर उनको यस्तो भनाइ आएको हो ।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी ९आईओसी०ले रसियाका खेलाडीका लागि कुनै न कुनै तवरको मार्ग बनाउने भन्दै आइरहेको छ । ‘अहिले रसियन खेलाडीलाई खेल्न दिने प्रक्रियाहरु भइरहेको छ । यदि त्यो प्रक्रिया पूरा भएको खण्डमा हामी प्रतियोगिता बहिष्कार गछौं’, युक्रेन ओलम्पिक कमिटीका अध्यक्षसमेत रहेका गुत्सेतले भने ।
रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोध जनाउँदै आईओसीले कुनैपनि अन्तर्राष्ट्रिय प्रतियोगितामा रुसका खेलाडीलाई सहभागी हुन प्रतिबन्ध लगाएको थियो ।
तर आईओसीले पछिल्लो समय रसियन पासपोर्ट भएकै कारण कुनैपनि खेलाडीलाई प्रतियोगिताबाट वञ्चित गर्न नहुने भन्दै उनीहरुलाई पनि खेल्न दिने उपाय खोजिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाह युद्बबिराम रोक्न सकारात्मक, चाँडै सहमति हुन सक्ने
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार