हिमपातले खाद्यान्न ढुवानी गर्न समस्या
नेपालबहस संवाददाता
माघ १५, २०७९ आइतबार २२:४०:०
१५ माघ, बझाङ । बझाङको दुर्गम साइपाल गाउँपालिकामा हिमपातका कारण खाद्यान्न ढुवानी गर्न समस्या भएको छ । बुधबार भएको हिमपातका कारण बाटो अवरुद्ध भएपछि खाद्यान्न ढुवानी गर्न समस्या भएको हो ।
यातायातका साधन नपुगेको उक्त गाउँपालिकामा भेडा, खच्चरबाट खाद्यान्न आयात गरिएको छ । हिमपातका वडा नं १ देखि ५ सम्म बाटो अवरुद्ध भएको थियो । खाद्यान्न अभाव हुन नदिन काँडा बिक्री केन्द्रले तीन हजार क्विन्टल खाद्यान्न ढुवानीको ठेक्का लिए पनि छ महिनासम्ममा छ सय क्विन्टल मात्रै ढुवानी गरेको गाउँपालिकाले जनाएको छ । सम्झौताअनुसार बाँकी दुई हजार चार सय क्विन्टल खाद्यान्न पाँच महिनाभित्र ढुवानी गरिसक्नुपर्नेछ ।
बिक्री केन्द्रलगायत सम्बन्धित निकायले ध्यान दिन नसके खाद्यान्न अभावले भोकमरी हुनसक्ने स्थानीय बताउँछन् । खाद्यान्न ढुवानी नियमित गराउने उद्देश्यले अवरुद्ध बाटो खुलाउने प्रयास भइरहेको गाउँपालिकाका अध्यक्ष मानबहादुर बोहराले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
वर्षासँगै बैतडीसहित सुदूरपहाडमा हिमपात, जनजीवन प्रभावित
मंसिर २४, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सामुदायिक वनको सामूहिक धानखेती
पुष ५, २०८१ शुक्रबार
आइतबारदेखि मुग्लिन–नौबिसे सडक दिउँसो बन्द हुने
पुष ५, २०८१ शुक्रबार
छबीसँगै रविको पनि म्याद जोडिएकाले अदालतमा मुद्दा अभियोजन गर्ने हतारमा छ सरकारी वकिल
पुष ५, २०८१ शुक्रबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार