सहकारीका सञ्चालक सम्पर्कविहीन बनेपछि विभाग गुहार्दै पीडित
नेपालबहस संवाददाता
माघ १५, २०७९ आइतबार २२:३१:४२
१५ माघ, काठमाडौं । नयाँबानेश्वरमा मुख्य कार्यालय रहेको सन्ध्या बचत तथा ऋण सहकारीका संचालकहरु बचतकर्ताको सम्पर्कबाट टाढिएका छन् ।
पुसको तेस्रो सातादेखि बचतकर्तालाई २ हजार रूपैयाँ पनि फिर्ता गर्न नसक्ने स्थिति आएपछि उनीहरु सम्पर्कबाट टाढा भएका हुन् ।
सहकारीले पुस २१ गतेबाट बचतकर्तालाई एक पटकमा जम्मा तीन हजार रूपैयाँसम्म मात्र दिन सकिने भनेको थियो । यसपछि दैनिक १५ जनाभन्दा बढी बचतकर्ता आउन थालेपछि आइतबार संस्थाको मुख्य कार्यालय बन्द गरिएको छ ।
बचत फिर्ता माग्न गएका पीडितहरू कार्यालय नै बन्द भएको पाइएपछि सञ्चालक फरार भएको भन्दै सहकारी विभाग गुहार्न पुगेका छन् । उनीहरूले संचालकविरूद्ध विभागमा उजुरी दिएका छन् ।
संचालकमध्ये एक मनबहादुर राईले फेकबुक पेजसमेत निष्क्रिय राखेर फोन नउठाइरहेको पीडितहरुले बताएका छन् ।
बचत फिर्ता नपाएर रित्तो हात फिर्ता हुनु परेको बचतकर्ताहरुले बताएका छन् ।
संस्थामा एकै व्यक्तिको लाखौं रुपैयाँसम्म बचत रहेको बताइएको छ । संस्थाका अध्यक्ष प्रदीप बराल हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार
गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा विशेष छुट
माघ १५, २०८१ मंगलबार
देशव्यापीरूपमा १६ लाख किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै, खोपदूतमा मनिषा कोइराला
माघ १५, २०८१ मंगलबार
स्वास्थ्य सेवा ऐनमा नर्सिङ पेसाको हकहित समेटिन्छ : स्वास्थ्यमन्त्री पौडेल
माघ १५, २०८१ मंगलबार
बङ्गलादेशद्वारा ‘डाटा केन्द्र’ स्थापना गर्न एडिबीसँग सम्झौता
माघ १५, २०८१ मंगलबार